Notice: Function Elementor\Core\Experiments\Manager::warn_removed_or_hidden_dependency was called incorrectly. Feature mega-menu depends on hidden experiment nested-elements. Please see Debugging in WordPress for more information. (This message was added in version 4.3.4.) in /home/khabarofnepal/public_html/wp-includes/functions.php on line 6260

Warning: Cannot modify header information - headers already sent by (output started at /home/khabarofnepal/public_html/wp-includes/functions.php:6260) in /home/khabarofnepal/public_html/wp-content/plugins/post-views-counter/includes/class-counter.php on line 1053
आगामी पाँच वर्षलाई परीक्षण नगरौँ, हामी काम गरेर देखाउने हो- काँग्रेस सभापति थापा – Khabarofnepal

आगामी पाँच वर्षलाई परीक्षण नगरौँ, हामी काम गरेर देखाउने हो- काँग्रेस सभापति थापा

आगामी पाँच वर्षलाई परीक्षण नगरौँ, हामी काम गरेर देखाउने हो- काँग्रेस सभापति थापा

सुर्खेत–  नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अबको पाँच वर्ष स्वर्णिम बनाउने बताउनु भएको छ । सुर्खेतमा भएको कांग्रेसको कर्णाली प्रदेश स्तरीय चुनावी सभालाई सम्बोधन गर्दै सभापति थापाले फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा कांग्रेसलाई जिताएर मुलुकलाई ऐतिहासिक स्वर्णिम पाँच वर्ष बनाउन सबैलाई आग्रह गर्नुभयो।

‘विगत पाँच छ वर्ष केवल सरकार बनाउने र फेर्ने कामका लागिमात्र खर्च भयो । यसले तन्नेरीलाई रुष्ट बनायो । देशले गति समात्नु पर्नेमा गठबन्धनको राजनीतिले कहीँ न कहीँ दूषित बनायो । अब ०८२ देखि ०८७ सम्मको पाँच वर्ष हामी आग्रह गरिरहेका छौँ । यो एउटा मौकालाई नेपालको इतिहासलाई स्वर्णिम बनाउने छौँ भनेर सपना बोकेर आएका छौँ । हामीलाई नेपालको सीमितता थाहा छ । हामी यसलाई सुधार्छौँ । प्रतिज्ञापत्र सार्वजनिक गरेका छौँ । पाँच वर्ष भनेर कुरेर बस्दैनौँ । बैशाख १ गते आउँछ र एक महिनामा यो काम गर्यौैँ भन्छ कांग्रेसले । जेठ १ गते आउँछ र एक महिनामा यी काम गर्यौँ भन्छौँ ।’ थापाले भन्नुभयो ।

उहाँले पाँच वर्षका योजनाबारे सबै दलसँग सामूहिक टेबलमा बस्न तयार रहेको बताउनु भयो । तर कोही पनि यसका लागि तयार नभएको भन्दै उनले कोही कसैले कुनै नाटक गर्यो भने कर्णालीले त्यसलाई पत्याउन नहुने बताउनु भयो ।

‘आओस् एमाले, आओस् नेपाली कम्युनिष्ट पार्टी र आओस् रास्वपा एउटै मञ्चमा बसेर योजना बनाउँ भन्दा कोही नआउने । हिजो कर्णालीमा माओवादीले मान्छे मारिरहेको बेलामा नक्कली शरणार्थीको कागज बनाएर मस्ती मारिरहेकाहरु आज यहाँ आएर पाँच वर्षमा केही गर्छु भनेर नाटक गर्नेहरुलाई कर्णालीबासीले नपत्याओस् ।’ सभापति थापाले भन्नुभयो ।

सभापति थापाले अब कुनै पनि निहत्था नेपालीको ज्यान जान नहुने र कुनै मुकुन्डोधारीले सिंहदरबार जलाउन पनि नहुने बताउनुभयो। उनले सम्बोधनका क्रममा भने, ‘सरकारको गोलीबाट कुनै पनि निहत्थाको ज्यान जानु हुँदैन । कुनै पनि मुकुन्डोधारीले सिंहदरबार अब जलाउनु पनि हुँदैन ।’

सभापति थापाले भदौ २३ गतेको आन्दोलनको जिम्मा लिने तर भदौ २४ गतेको विध्वंशको जिम्मा नलिने सोचले भोलि पनि मुलुकलाई दुर्घटना गराउन सक्ने धारणा राख्नु भयो ।

विदेशमा भएकाहरुलाई सम्बोधन गर्दैै थापाले भन्नुभयो, ‘सिंगो कांग्रेसको जिम्मा लिएर बोल्दैछु २०४६ सालपछि भएका भनिएका सुनिएका काण्डहरुको छानबिन गर्दै गर्दां मेरै परिवारको कोही रहेछ भने पनि छुट्दैन । पाँच वर्षमा एक जनाले पनि कुनै गलत गर्यो भनेर सुन्न पाउनु हुँदैन ।’

उहाँले यो पाँच वर्षलाई परीक्षण नगर्न पनि आग्रह गर्नु भएको छ । उनले मतदातालाई आग्रह उहाँले भन्नुभयो, ‘यो पाँच वर्षलाई परीक्षण नगरौँ । हामी काम गरेर देखाउने हो । कर्णालीका बारेमा सबै राम्रा भन्न सकिन्छ तर प्रश्नसँगसँगै देशभर १७ प्रतिशत हुँदै गर्दा करिब ४० प्रतिशत गरिबी बोकेर कर्णाली किन बसिरहेको छ ? देशभपरिका बालबालिका बचाउँदा कर्णालीका किन बनाउन सकिएन ? समस्याको जरासम्म पुग्नुपर्छ ।’

उहाँले कर्णाली र काठमाडौँ महानगरपालिकाको कुनै तुलनासमेत हुन नसक्ने बताउनु भयो । थापाले भन्नुभयो, ‘कर्णालीको आय वार्षिक ५२ करोड छ । काठमाठौँमा त १० अर्ब छ । सुतीसुती मेयरले १० अर्ब खर्च गर्न पाउँछ । प्रदेश सरकारले सबैभन्दा बढी कर यातायात, सडकबाट पाउँछ । यहाँ त यातायात र सडक नै कम छ ।’

सभापति थापाले अगाडि भन्नुभयो, ‘कर्णालीको विकासको पहिलो मुद्धा संविधान पनि बदल, कानून पनि बदल । काठमाडौँबाट कर लिन पाउने हक कर्णालीले लिनुपर्छ । म संविधान र कानून बदलाब गरौँ भनेर भन्छु । तर बनाउन कति दुःख छ । कर्णालीमा पैसा कम छ मात्र हैन खर्च पनि गर्न सकिएको छैन । पहाडी र हिमाली जिल्लामा असार साउनभित्र खर्च गर्ने व्यवस्था राखेपछि कर्णालीको खर्च बजेट फ्रिज हुन्छ । अर्को वर्षको कार्तिक मंसिरसम्म नभएसम्म खर्च गर्न सकिन्न ।’

उहाँले सूचनाको अवसरमा पनि कर्णाली पछि पर्ने बताउनु भयो। सभापति थापाले तीतो सत्य अगाडि सार्दै भन्नुभयो ‘त्यो सूचनाको उद्योगमा काम गर्न विज्ञान, अग्रेजी र गणित राम्रो हुनुपर्छ । त्यसका लागि आमाको स्वास्थ्य राम्रो हुनुपर्छ । आमाको काखमा हुँदासम्म ५ वर्षमै विज्ञान, अंग्रेजी र गणितको अवस्था बच्चाले बुझेको हुन्छ । काठमाडौँलेमात्र लाभ लिने हुन्छ । त्यसैले प्रतिस्पर्धाका लागि कर्णालीकी आमा र पोषणमा काम गर्नुपर्छ ।’

सभापति थापाले कर्णालीको खर्च बाँदरले दिएको दुःखमा भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘विकास बहुआयामिक छ । यहाँ हल्ला छ । को कसरी हात हल्लाउँदै छ यसको चर्चा छ ।’उहाँले कांग्रेसको प्रतिज्ञापत्रले अझै सबै ठाउँमा चर्चा बटुल्न नसकेको बताउँदै यथास्थितिवादी र अतिवादीले मुलुक नबनाउने दाबी गरे ।

सभापति थापाले भने, ‘मैले दुई चार ओटा गालीको कुरा गरेँ भने त्यसले बेलुका भाइरल भइहाल्छ । आएको हैन माओवादी ? खै के भयो ? नयाँ नयाँ भनेर आउँदै गर्दा देखेको होइन हामीले ? फेरि पनि भुलभुलैयामा पर्ने ? नेपाली कांग्रेस यही देशको पार्टी हो । हिजोका कमीकमजोरी मिल्काउँदै फाल्दै सच्चिने ठाउँमा सच्चिएर हामी कांग्रेस बदलेर आएका छौँ । देश पनि बदल्छौँ । पाँच वर्षमा देशलाई दुर्घटनामा जान दिन्नौँ । यथास्थितिवादीले देशलाई अगाडि बढ्न दिँदैन । अर्को शक्ति आक्रोश छ आगो छध । हामी पेटको आगो पनि भर्नुपर्नेछ ।’

सुर्खेतको मैदानमा बोल्दै सभापति थापाले उपस्थित समुदायतिर हेर्दै भन्नुभयो, ‘यो उत्साह यो चौरीमा भएर हुँदैन । सबै साथीहरु गाउँ जानुस् । आफ्नो घरमा होइन मतदाताको घरमा पुग्नुस् । कांग्रेसको सन्देश दिलएर पुग्नुस् । पाँच वर्षलाई खेर जान दिन हुन्न भन्नुस् ।’

 

Source link

संबधित खबर

धेरै पढ़िएको

Bigg Boss Tamil 10: Ramya Krishnan to step in as guest host for reality show

Kim Kardashian Stuns in Leopard-Print Gown at All’s Fair Premiere in Rome

Rajinikanth Attends Jailer 2 Screening With Fans, Joins Cast And Crew For Success Celebration

Ramayana Day 1 Collection Early Prediction | Ramayana Day 1 Collection Prediction By Rohit Jaiswal | Ramayana Day 1 Collection Prediction (11 Days Before Release) | Ramayana 100cr+ Opening Day Collection Rohit Jaiswal | Ramayana (Hindi) Day 1 Collection Early Prediction | Ramayana Total Advance Booking Collection Day 1

Clayface Ending Explained: What Happens To Tom Rhys Harries’ Matt Hagen and Does He Reconcile With Caitlyn? Find Out

WWE Alum Ric Flair Hospitalized for Fall After Sharing Blood Clot Diagnosis

Fahadh Faasil’s Karate Chandran Begins Filming In Kottayam