मनाङका केही मतदान केन्द्रको अनुगमनमा समस्या

मनाङका केही मतदान केन्द्रको अनुगमनमा समस्या

मनाङ- प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गए पनि मनाङका केही मतदान केन्द्रको अनुगमन हुन सकेको छैन ।

यहाँ फरक समयमा हिमपात भएकाले मतदान केन्द्रको अनुगमन गर्न केही समस्या भएको हो । प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले विशेष गरी हिमपातका कारण नार्पाभूमि गाउँपालिकामा रहेका मतदान केन्द्रको अनुगमनमा समस्या भएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो,“भौगोलिक अवस्था र चिसोका कारण अनुगमन प्रभावित भएको छ । समस्याका बीच मनाङ ङिस्याङ गाउँपालिकाका नौवटै मतदान केन्द्रको अनुगमन गरिएको छ । चामे र नासोँ गाउँपालिकाकामा रहेका मतदान केन्द्रको यसअघि नै अनुगमन भए पनि नार्पाभूमिका केन्द्रमा पुग्न सकिएको छैन ।”

मनाङ सदरमुकाम चामेबाट नार्पाभूमिका मतदान केन्द्र पुग्न हिँडेर दुई दिन लाग्छ । नार्पाभूमि गाउँपालिकाका वडा नं १ देखि ३ सम्म नार क्षेत्रमा तीन, वडा नं ४ र ५ को फू क्षेत्रमा दुई गरी पाँच वटा मतदान केन्द्र छन् ।

यहाँ आउजाउ गर्न समस्या भएपछि अस्थायी रूपमा मतदान केन्द्र सदरमुकाम सार्ने विषयमा पनि स्थानीय पालिकासँग छलफल भइरहेको प्रमुख जिल्ला अधिकारी पौड्यालले बताउनुभयो ।

नार्पाभूमि गाउँपालिकामा ४८८ मतदाता रहेका छन् । जिल्ला निर्वाचन अधिकारी जीवन कुँवरले पाँच वटै वडामा मतदान केन्द्र कायम गरिएका र मौसम अनुकूल नभएमा के गर्ने भन्ने विषयामा छलफल भइरहेको बताउनुभयो ।

जिल्लामा तीन हजार ६२३ महिला र तीन हजार ३७७ पुरुष गरी सात हजार मतदाता रहेका छन् । विसं २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा छ हजार ७७९ मतदाता रहेकामा यसपटक २२१ मतदाता थपिएका हुन् ।

एकमात्र निर्वाचन क्षेत्र रहेको मनाङमा प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका टेकबहादुर गुरुङ, नेपाल कम्युनिष्ट पार्टीका यशोदा सुवेदी गुरुङ र मङ्गोल नेसनल अर्गनाइजेसनका रामबहादुर गुरुङ प्रतिस्पर्धामा हुनुहुन्छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

निजामती सेवामा समावेशी समूहको दुईतिहाई प्रतिनिधित्व भएको छः अध्यक्ष रेग्मी

निजामती सेवामा समावेशी समूहको दुईतिहाई प्रतिनिधित्व भएको छः अध्यक्ष रेग्मी

बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो

बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो

परराष्ट्रमन्त्री खनाल बेइजिङमा – सार्वजनिक सेवा प्रसारण संस्था

परराष्ट्रमन्त्री खनाल बेइजिङमा – सार्वजनिक सेवा प्रसारण संस्था

दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था

दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था

लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी

लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी

परराष्ट्रमन्त्री खनाल चीन प्रस्थान – सार्वजनिक सेवा प्रसारण संस्था

परराष्ट्रमन्त्री खनाल चीन प्रस्थान – सार्वजनिक सेवा प्रसारण संस्था

बन्द हुँदै चिया उद्योग, समस्यामा किसान

बन्द हुँदै चिया उद्योग, समस्यामा किसान