देशको मुहार फेर्नका लागि रास्वपा निर्वाचनमा : सभापति लामिछाने

देशको मुहार फेर्नका लागि रास्वपा निर्वाचनमा : सभापति लामिछाने

कैलाली- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशको मुहार परिवर्तनका लागि रास्वपा निर्वाचनमा उत्रिएको बताउनुभएको छ ।
रास्वपाले आज धनगढीमा आयोजना गरेकोे परिवर्तन उद्घोष सभालाई सम्बोधन गर्दै उहाँले रास्वपाले राजनीतिक विकृति र विसङ्गतिविरुद्ध आवाज उठाइ जनतालाई अधिकार सम्पन्न बनाउने बताउनुभयो ।
देशको राजनीतिक आंकाक्षा केन्द्रमा राखेर यस पटक निर्वाचनमा आएको सभापति लामिछानेको भनाइ थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टीले पाँच वर्षको स्थायी सरकारको अपेक्षा गरेकाले निर्वाचनमा स्वविवेकले मताधिकार प्रयोग गर्न जनतालाई आग्रह गर्नुभयो ।
सोही कार्यक्रममा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले सुदूरपश्चिम र देश बनाउने जिम्मा अब राष्ट्रिय स्वतन्त्र पाटीको काँधमा आएको बताउनुभयो ।
वरिष्ठ नेता शाहले गरिब तथा विपन्न वर्गले प्राप्त गर्नुपर्ने शिक्षा, स्वास्थ्यलगायतका विषयहरूनै पार्टीको एजेन्डा रहेको उल्लेख गर्नुभयो ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

प्रतिनिधिसभा तीन विधेयक प्रस्तुत – सार्वजनिक सेवा प्रसारण संस्था

प्रतिनिधिसभा तीन विधेयक प्रस्तुत – सार्वजनिक सेवा प्रसारण संस्था

संवैधानिक निकायका पदाधिकारीहरुको पारिश्रामिक सम्बन्धी विधेयक बहुमतले स्वीकृत

संवैधानिक निकायका पदाधिकारीहरुको पारिश्रामिक सम्बन्धी विधेयक बहुमतले स्वीकृत

उद्यमीको लगानीलाई सुरक्षा गर्नु सरकारको प्रमुख दायित्व हो-अर्थमन्त्री डा वाग्ले

उद्यमीको लगानीलाई सुरक्षा गर्नु सरकारको प्रमुख दायित्व हो-अर्थमन्त्री डा वाग्ले

आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर भण्डारण नगर्न उपभोक्तालाई आग्रह

आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर भण्डारण नगर्न उपभोक्तालाई आग्रह

सन्दीप लामिछानेको कप्तानीमा नेपालले एसीसी प्रिमियर कप खेल्ने

सन्दीप लामिछानेको कप्तानीमा नेपालले एसीसी प्रिमियर कप खेल्ने

नेपाल-चीन सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिबद्धता

नेपाल-चीन सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिबद्धता

सामुदायिक वनलाई हरित अर्थतन्त्रको आधार बनाइनेः मन्त्री चौधरी

सामुदायिक वनलाई हरित अर्थतन्त्रको आधार बनाइनेः मन्त्री चौधरी