महाशिवरात्रिमा पशुपतिनाथ आएका नागा बाबासहितका साधुसन्तको बिदाइ

महाशिवरात्रिमा पशुपतिनाथ आएका नागा बाबासहितका साधुसन्तको बिदाइ

काठमाडौँ- गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिका अवसरमा पशुपतिनाथको पूजा, आराधना एवं दर्शन गर्न आएका दुई हजार २०० नागा बाबासहितका साधुसन्तलाई बिदाइ गरेको छ ।

दुई हजार २०० नागाबाबासहितका साधुसन्तलाई कूल २२ लाख ५० हजार रुपैयाँ नगद दक्षिणा स्वरुप दिइएको संस्थानका प्रशासक शैलेशराज कुँवरले जानकारी दिनुभयो । संस्थानले दिएको दक्षिणाको आधा कोषले पनि ती साधु सन्तलाई दिएर बिदाइ गरेको छ । कोषले ११ लाख २५ हजार रुपैयाँ दक्षिणा स्वरुप नागा बाबासहितका साधुसन्तलाई दिएको जनाइएको छ ।

मङ्गलबार बिहान ११ बजेदेखि पशुपतिनाथको मन्दिरअघिको पश्चिम ढोकामा बिदाइ सुरु गरिएको थियो । नेपाल र भारतका विभिन्न अखडाबाट आएका नागा बाबासहितका साधु सन्तलाई ५५१ देखि ११ हजार रुपैयाँसम्म दक्षिणा दिएर बिदाइ गरिएको संस्थानका प्रवक्ता जनक पोखरेलले जानकारी दिनुभयो ।
पशुपति क्षेत्र र थापाथली क्षेत्रमा गरी यस्ता साधु सन्त चार हजारभन्दा बढी आएको अनुमान गरिए पनि पहिलो चरणमा आज दुई हजार २०० जनालाई बिदाइ गरिएको र बाँकी र रहेका साधुसन्तलाई पनि बिदाइ गरिने जनाइएको छ ।

महाशिवरात्रिमा पशुपतिनाथको पूजा, आराधना र दर्शनका लागि आएका नागा बाबासहित साधुसन्तलाई प्रत्येक वर्ष फाल्गुन कृष्ण औँसीका दिन बिदाइ गर्ने परम्परा रही आएको छ । संस्थानले दिएको दक्षिणामा आधा रकम कोषले थपेर नागा बाबासहितका साधुसन्तलाई बिदाइ गरेको कार्यकारी निर्देशक एवं प्रवक्ता सुभाषचन्द्र जोशीले बताउनुभयो ।

महाशिवरात्रिका अवसरमा फाल्गुन कृष्ण एकादशीदेखि औँसीसम्म नागा बाबासहितका साधुसन्तलाई कोषले नै खाने, बस्ने र धुनी बाल्ने दाउरा पनि उपलब्ध गराउने प्रचलन छ । आज नागा बाबासहितका साधु सन्तलाई बिदाइ गर्दा फाल्गुन कृष्ण एकादशीका दिन राष्ट्रपति रामचन्द्र पौडेलले सङ्कल्प गर्नुभएका लोटा, चम्मर, घण्टी, राडी एक सेट र दक्षिणासहित २१ प्रकारका सामग्री समावेश गरिएको संस्थानले जनाएको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

नेप्से परिसूचक ३३ अङ्कले बढ्यो

नेप्से परिसूचक ३३ अङ्कले बढ्यो

पार्टीको नक्कली लेटरप्याड बनाएर प्रयोग गरेकोमा नेता खड्कालाई ७ दिने स्पष्टीकरण सोध्ने निर्णय

पार्टीको नक्कली लेटरप्याड बनाएर प्रयोग गरेकोमा नेता खड्कालाई ७ दिने स्पष्टीकरण सोध्ने निर्णय

मातहतका कर्मचारीका लागि सञ्चार मन्त्रालयले जारी गर्‍यो नौ बुँदे आचारसंहिता

मातहतका कर्मचारीका लागि सञ्चार मन्त्रालयले जारी गर्‍यो नौ बुँदे आचारसंहिता

१० हजारभन्दा बढी अनलाइन सट्टेबाजी एप र वेबसाइट बन्द

१० हजारभन्दा बढी अनलाइन सट्टेबाजी एप र वेबसाइट बन्द

जेनजी आन्दोलनको प्रतिवेदन कार्यान्वयनबारे सुरक्षा संयन्त्रको हकमा अध्ययन गर्न समिति गठन

जेनजी आन्दोलनको प्रतिवेदन कार्यान्वयनबारे सुरक्षा संयन्त्रको हकमा अध्ययन गर्न समिति गठन

पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन

पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन

जन्मदर्ता, विवाह दर्ताजस्ता पञ्जीकरणसम्बन्धी प्रमाणपत्र पनि नागरिक एपमा उपलब्ध हुने

जन्मदर्ता, विवाह दर्ताजस्ता पञ्जीकरणसम्बन्धी प्रमाणपत्र पनि नागरिक एपमा उपलब्ध हुने