नेप्से परिसूचक २० अङ्कले घट्यो

नेप्से परिसूचक २० अङ्कले घट्यो

काठमाडौँ- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको छ । आज नेप्से परिसूचक २० दशमलव ७५ अङ्कले घटेर दुई हजार ६४२ दशमलव १५ मा पुगेको हो ।
आज ३५४ कम्पनीको दुइ करोड पाँच लाख ५९ हजार ५५ कित्ता शेयर ८३ हजार ७५ पटक खरिदबिक्री हुँदा आठ अर्ब ३६ करोड ४४ लाख २४ हजार २४ हजार ५५५ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

म्युचुअल फन्ड उपसमूहको सूचक शून्य दशमलव ५६ र व्यापार समूह शून्य दशमलव २२ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । बैंकिङ शून्य दशमलव ४५, विकास बैंक एक दशमलव १८, वित्त दुई दशमलव ११, होटल तथा पर्यटन एक दशमलव १९, जलविद्युत् एक दशमलव ६३, लगानी शून्य दशमलव ८१, उत्पादन तथा प्रशोधन शून्य दशमलव ७३, लघुवित्त शून्य दशमलव ५०, निर्जीवन बीमा शून्य दशमलव ७५ र अन्य समूह शून्य दशमलव ५८ प्रतिशतले घटेको छ ।

सालपा विकास बैंक लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ भने सुपर माई हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै रिडि पावर कम्पनी लिमिटेडको ५३ करोड ३६ लाख १४ हजार ८४२ रुपैयाँ बराबरको १५ लाख ९९ हजार ३८४ कित्ता शेयर कारोबार भएको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति

‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति

रुख कटानको स्वीकृति – सार्वजनिक सेवा प्रसारण संस्था

रुख कटानको स्वीकृति – सार्वजनिक सेवा प्रसारण संस्था

सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम

सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम

डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा

डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा

प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान – सार्वजनिक सेवा प्रसारण संस्था

प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान – सार्वजनिक सेवा प्रसारण संस्था

सचिवालय सदस्य श्रेष्ठले सभापति लामिछानेबाट लिए सपथ

सचिवालय सदस्य श्रेष्ठले सभापति लामिछानेबाट लिए सपथ