युद्ध गर्ने इजरायलको चेतावनी – सार्वजनिक सेवा प्रसारण संस्था

युद्ध गर्ने इजरायलको चेतावनी – सार्वजनिक सेवा प्रसारण संस्था

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इरानसँग हुने कुनै पनि सम्भावित सहमतिमा कडा सर्तहरू अनिवार्य रूपमा समावेश हुनुपर्ने बताउनुभएको छ।

इरानले आफ्नो आणविक सामग्री पूर्ण रूपमा हटाउनुपर्ने, युरेनियम प्रशोधन प्रक्रिया रोक्नुपर्ने तथा क्षेप्याष्त्र कार्यक्रममाथि कडा प्रतिबन्ध लगाउनुपर्ने उहाँको भनाइ थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग हालै भएको भेटपछि आयोजित एक सार्वजनिक कार्यक्रममा बोल्दै प्रधानमन्त्री नेतन्याहूले सम्भावित सहमतिका सबै विकल्पहरू प्रयोग गर्ने विषयमा अमेरिकी नेतृत्व दृढ रहेको उल्लेख गर्नुभयो। यद्यपि, उहाँले इरानसँग हुने कुनै पनि सहमतिप्रति आफू सशंकित रहेको स्पष्ट पार्नुभयो।

उहाँले इजरायल र अमेरिकाबीचको सम्बन्धलाई सहयोगबाट साझेदारीतर्फ रूपान्तरण गर्ने लक्ष्य रहेको बताउँदै स्वदेशमै आत्मनिर्भर रक्षा उद्योग विकास गर्ने योजना अघि सार्नुभयो।

गाजा क्षेत्रमा जारी सैन्य कारबाहीका विषयमा उहाँले इजरायली सेनाले करिब पाँच सय किलोमिटरमध्ये एक सय पचास किलोमिटर सुरुङ संरचना ध्वस्त पारिसकेको दाबी गर्नुभयो। “हामीले बाँकी कार्य पूरा गर्नैपर्छ,” उहाँले भन्नुभयो, “हमासले हतियार उत्पादन गर्ने वा पुनः संगठित हुने संरचनाहरू प्रयोग गर्न नपाओस् भन्ने सुनिश्चित गर्नु आवश्यक छ।”

उहाँले इजरायलले हाल कार्यान्वयनमा रहेको युद्धविरामलाई अवसर दिएको भए पनि आवश्यक परे हमासलाई पूर्ण रूपमा निष्क्रिय बनाउन युद्ध पुनः सुरु गर्न सक्ने संकेत गर्नुभयो।

गत १० अक्टोबर २०२५ देखि लागू भएको युद्धविरामपछि इजरायली कारबाहीमा छ सय एक जना प्यालेस्टिनीको मृत्यु भएको र एक हजार छ सय सात जना घाइते भएको गाजास्थित स्वास्थ्य निकायले जनाएको छ।

Source link

संबधित खबर

धेरै पढ़िएको

भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए

भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए

जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार

जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार

हेम सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार चारजना पत्रकारलाई

हेम सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार चारजना पत्रकारलाई

असोज ७ गतेदेखि मनसुन प्रणाली थप सक्रिय हुने, वर्षा गराउने गतिविधि बढ्न सक्ने

असोज ७ गतेदेखि मनसुन प्रणाली थप सक्रिय हुने, वर्षा गराउने गतिविधि बढ्न सक्ने

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

हिउँपहिरोमा पुरिएर मनास्लुमा दुई जनाको मृत्यू

हिउँपहिरोमा पुरिएर मनास्लुमा दुई जनाको मृत्यू

राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न सरकारलाई सुझाब

राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न सरकारलाई सुझाब