प्रतिनिधिसभा निर्वाचनः आजदेखि घरदैलो अभियान सुरु, जनचासोमा भक्तपुर-२

प्रतिनिधिसभा निर्वाचनः आजदेखि घरदैलो अभियान सुरु, जनचासोमा भक्तपुर-२

भक्तपुर- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनको प्रचारप्रसारमा जटेका दलहरुले आजबाट घरदैलो अभियान सुरु गरेका छन् ।

प्रतिनिधिसभाको निर्वाचनका लागि भक्तपुर क्षेत्र नं. १ र क्षेत्र नं. २ मा उम्मेदवारी दिएका मुख्य दलहरुले आजबाट घरदैलो कार्यक्रम सुरु गरेका हुन् । आज बिहान नेकपा (एमाले), नेपाली कांगे्रस, नेमकिपा, राप्रपा, रास्वपालगायतका दलहरुले निर्वाचनका दुवै क्षेत्रमा घरदैलो अभियान सुरु गरिसकेका छन् भने अन्य दल र स्वतन्त्र उम्मेदवारले पनि प्रचारप्रसार तीव्र पारेका छन् ।

भक्तपुर क्षेत्र नं. २ मा चुनावी सरगर्मी बढेको छ । मुख्य प्रतिस्पर्धी दलहरुलाई चुनावी माहोलले तताएको छ । निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारहरु जनता माझ पुगिरहनुभएको छ भने विकासका एजेण्डा बोकेर उम्मेदवारहरु घरघर टोलटोल पुग्न थालेका हुन् ।

भक्तपुर क्षेत्र नं. २ यस वर्षको निर्वाचनमा निकै चासोको क्षेत्र बनेको छ । नेकपा (एमाले)का सचिव महेश बस्नेतको उम्मेदवारी रहेको यस क्षेत्रको निर्वाचन के हुन्छ भन्नेमा मतदाताबीच अड्कलबाजी गर्न व्यस्त छन् । बस्नेतले यस क्षेत्रबाट लगातार चौथो पटक प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिनुभएको छ ।

यसअघि विसं २०७० को निर्वाचनमा रामेश्वर ढुङ्गेलसँग पराजित हुनुभएका उहाँ २०७४ सालमा नेपाली कांग्रेसका उम्मेदवार दमननाथ ढुङ्गाना पराजित गर्नुभएको थियो । साथै २०७९ सालको निर्वाचनमा नेपाली कांग्रेसका दुर्लभ थापाले २४ हजार २३८ मत ल्याएर निर्वाचित हुँदा एमालेका महेश बस्नेतले भने २३ हजार २७९ मत ल्याएर बस्नेत पराजित हुनुभएको थियो ।

यसपटकको निर्वाचनमा बस्नेतसँगै नेपाली काँग्रेसको तर्फबाट पत्रकार कबिर राणा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट पत्रकार राजीव खत्री र नेकपाका दिपशिखा प्रतिष्पर्धामा हुनुहुन्छ ।

यस क्षेत्रमा २०४८ सालमा नेपाली काँग्रेसका जगन्नाथ आचार्य, २०५१ सालमा नेमकिपाका आशाकाजी बासुकला, २०५६ सालमा कांग्रेसका लेखनाथ न्यौपाने, २०६४ सालमा नेमकिपाका सुनिल प्रजापति, २०७० सालमा नेपाली काँग्रेसका रामेश्वर ढुंगेल, २०७४ सालमा नेकपा एमालेका महेश बस्नेतले र २०७९ सालमा नेपाली कांग्रेसका दूर्लभ थापाले निर्वाचित हुनुभएको थियो ।

एमालेका बस्नेत सम्बृद्ध र सुखी भक्तपुरको मुद्दा लिएर अगाडि बढ्नुभएको छ । नेपाली कांग्रेसका राणा भक्तपुरको सेरोफेरो विकास गर्ने एजेण्डा बोकेर जनतामाझ गएको बताउनुहुन्छ । भक्तपुर क्षेत्र नं. २ मा कांग्रेसको बलियो आधार रहेको, यसअघि पनि तीन पटक कांग्रेस विजयी भइरहेको क्षेत्र भएकाले आफ्नो जितको आधार भएको बताउनुभयो ।

चुनावी प्रचारमा तिव्रगतिमा लाग्दै टोलटोल मतदातामाझ पुग्नु भएका रास्वपाका उम्मेदवार एवं पत्रकार राजिव खत्री मतदाताले यस पटक नयाँलाई अवसर दिन माग गर्नुभएको छ । उहाँले भक्तपुरदेखि देशभरको समस्या संसदमा उठाउने र भक्तपुरको विकासमा लाग्ने प्रतिवद्धता जनाउनुभएको छ ।

नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट उम्मेदवार हुनु भएका रामप्रसाद सापकोटा (दिपशिखा) ले पनि भक्तपुरको विकासलाई पहिलो प्राथमिकतामा राख्ने बताउदै बिभिन्न दलहरुसंगको एकता र मतदाताको विश्वासले यस पटक क्षेत्र नं. २ मा पहिलो पटक आफू निर्वाचित हने दाबी गर्नुहुन्छ ।

भक्तपुर क्षेत्र नं. २ मा यसपटक नेपाल मजदुर किसान पार्टीबाट रमेश वैद्य, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट विक्रम थापा, उज्यालो नेपाल पार्टीबाट जितराम लामा, श्रम संकृति पार्टी अर्जुन बासु, त्रीमुल नेपालबाट राकेश श्रेष्ठ, नेपाल जनसेवा पार्टी जानुका पाठक, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट पत्रकार जन्मदेव जैसी, नेपाल कम्युनिस्ट पाटी संयुक्त लोककृष्ण दाहाल, जनता समाजवादी पार्टी नेपालबाट नवीन श्रेष्ठ, नेकपा माओवादीबाट प्रकाशराज ढुङ्गेल, मंगोल नेशनल अर्गनाइजेसनबाट पेम्वा घले, नेपालका लागि नेपाली पार्टीबाट राजेश बाडे पनि मतदाताको घरदैलोमागएर मत माग्न थाल्नु भएको छ ।

यस क्षेत्रबाट सविन महत, प्रदिपकुमार रूपाखेती, आनन्द कार्की, मधु प्रकाश साहुखल, श्यामकृष्ण धुख्वा, लक्ष्मि बास्तोला पौडेल, बालकृष्ण थापा, ओमकृष्ण कुटु, नवीनकुमार महत, साजन ढकाल, सुवर्ण थापा, रेणु श्रेष्ठ, अर्चना भट्टराई, अनिता भट्टराईले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

दुई वर्षमा सक्नुपर्ने सडक १० वर्षमा पनि उस्तै

दुई वर्षमा सक्नुपर्ने सडक १० वर्षमा पनि उस्तै

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

मोहम्मद जयन्तीका अवसरमा बुधबार मुस्लिम समुदायलाई सार्वजनिक बिदा

मोहम्मद जयन्तीका अवसरमा बुधबार मुस्लिम समुदायलाई सार्वजनिक बिदा

सेयर कारोबार सुस्ताउँदा पुँजीगत लाभकर घट्यो

सेयर कारोबार सुस्ताउँदा पुँजीगत लाभकर घट्यो

सगरमाथा आरोही संघमा नयाँ नेतृत्व

सगरमाथा आरोही संघमा नयाँ नेतृत्व

उच्च शिक्षा सुधारका लागि विश्वविद्यालयका उपकुलपतिसँग छलफल

उच्च शिक्षा सुधारका लागि विश्वविद्यालयका उपकुलपतिसँग छलफल