अन्तिम अभ्यास खेलमा क्यानाडालाई हराउँदै नेपाल विजयी

अन्तिम अभ्यास खेलमा क्यानाडालाई हराउँदै नेपाल विजयी

काठमाडौँ- आइसिसी टी–२० विश्वकप २०२६ को अन्तिम अभ्यास खेलमा नेपालले क्यानडालाई ६ विकेटले हराएको छ ।

चेन्नईस्थित एमए चिदाबरम मैदानमा क्यानडाले दिएको १ सय ६२ रनको लक्ष्य नेपालले ४ विकेटको क्षतिमा १८ ओभरमा पुरा गरेको हो ।

नेपालका लागि आसिफ सैखले सर्वाधिक ५८ रन बनाउदा सन्दिप जोराले ४४ रन बनाए । टस जितेर पहिले ब्याटिङ रोजेको क्यानडाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ६१ रन बनाएको थियो ।

क्यानडाका लागि नवनित ढलिवालले ४१ रन बनाए । बलिङमा नेपालका सन्दीप लामिछाने र कुशल भुर्तेलले २/२ तथा सोमपाल कामी र नन्दन यादवले १/१ विकेट लिए । नेपालले विश्वकपका लागि क्यानडासँग दोस्रो अभ्यास खेल खेलेको हो ।

यसअघि मङ्गलबार नेपालले पहिलो अभ्यास खेल सोही मैदानमा संयुक्त अरव इमिरेट्स युएई माथि ७ विकेटको जित निकालेको थियो ।

नेपालले लगातार दोस्रो र समग्रमा तेस्रो पटक टी–२० विश्वकप खेल्दैछ । पहिलो पटक सन् २०१४ मा विश्वकप खेलेको नेपालले सन् २०२४ को अघिल्लो संस्करण पनि खेलेको थियो ।

भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म आयोजना हुने आइसिसी टी–२० विश्वकपमा २० देशबिच प्रतिस्पर्धा हुँदैछ ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान – सार्वजनिक सेवा प्रसारण संस्था

प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान – सार्वजनिक सेवा प्रसारण संस्था

सचिवालय सदस्य श्रेष्ठले सभापति लामिछानेबाट लिए सपथ

सचिवालय सदस्य श्रेष्ठले सभापति लामिछानेबाट लिए सपथ

भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए

भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए

जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार

जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार

हेम सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार चारजना पत्रकारलाई

हेम सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार चारजना पत्रकारलाई

असोज ७ गतेदेखि मनसुन प्रणाली थप सक्रिय हुने, वर्षा गराउने गतिविधि बढ्न सक्ने

असोज ७ गतेदेखि मनसुन प्रणाली थप सक्रिय हुने, वर्षा गराउने गतिविधि बढ्न सक्ने

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान