Thursday, 29 October 2026
ब्रेकिङ
समाचार

बैतडीको पुर्चौडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको घटनास्थलमै मृत्यु

बैतडीको पुर्चौडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको घटनास्थलमै मृत्यु

बैतडी- बैतडीको पुर्चौडी नगरपालिका–७ को भौनीबाट जन्ती लिएर बझाङको सुनकुडातर्फ फर्किरहेको बस पुचौँडी नगरपालिका-७ बढ्गाउँ मोडमा दुर्घटना हुदा ८ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

बिहीबार राती ९:१० बजेको समयमा १८ जना महिला र २७ जना पुरुष गरी जम्मा ४५ सवार बस दुर्घटनामा परेकाे हाे ।

मृतकहरुको नामावली:

१) बझाङ बित्थडचिर गाउँपालिका- ७ बस्ने वर्ष ४० को केशब राज जोशी

२) बझाङ बित्थडचिर गाउँपालिका- ७ बस्ने वर्ष १३ को अशोक राज जोशी

३) बझाङ बित्थडचिरगाउँपालिका- ७ बस्ने वर्ष ३५ को बसन्त जोशी

४) बझाङ बित्थडचिर गाउँपालिका- ७ बस्ने वर्ष ४१ को बिष्णु दत्त जोशी (उपचारको क्रममा)

५) बझाङ बित्थडचिर-७ बस्ने वर्ष ४२ को नरेश राज जोशी(उपचारको क्रममा)

६) बझाङ केदारस्यु गाउँपालिका बस्ने वर्ष ६० को मोहन देव भट्ट

७) बझाङ जयपृथ्बी नगरपालिका- ७ बस्ने वर्ष ४० को बसन्त राज रतला

८) बैतडी पुर्चौडी नगरपालिका- ७ बस्ने वर्ष ४० की पुष्पा अवस्थी

दुर्घटनामा घाइते भएका ३२ जना अहिले काेटीला स्वास्थ्यचाैकीमा रहेकाे र उनीहरुमध्ये ३ जनाकाे अवस्था चिन्ताजनक रहेको छ ।

पवनदुत यातायातको सुप प्र ०२ ००१ ख १११९ नम्बरको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीका डीएसपी दिपक कुमार रायले जानकारी दिनुभयाे ।

दुर्घटना भएको जानकारी पाएपछि पुर्चौडी र ढोल्यामोडबाट प्रहरीको टोली खटिएको छ भने पाटनबाट सशस्त्र प्रहरीका डिएसपी शंकर धामी नेतृत्वको टोली समेत घटनास्थलमा खटिएको छ ।

स्थानीयहरूले पनि उद्धारमा सहयोग गरिरहेका छन् ।

बेहुली लिएर बझाङको सुनकुडातर्फ फर्कने क्रममा जन्ती बोकेको बस दुर्घटनामा परेको हो ।

बस सडकबाट करिब २ सय मिटर तल खसेकाले मृतककाे संख्या अझै बढ्नसक्ने आकलन गरिएको छ ।

घाइतेहरूलाइ स्कुल बसमार्फत छिटाे डडेल्धुरा अस्पताल लग्ने तयारी भइरहेकाे सशस्त्र प्रहरीबल ५१ नम्बर गुल्मका गुल्मपती डिएसपी जंगबहादुर कुँवरले बताउनुभयाे ।।

Source link

तपाईंको प्रतिक्रिया