सिरहामा निर्वाचन लक्षित ६ सय ५० सेना परिचालन, सुरक्षा व्यवस्था कडा

सिरहामा निर्वाचन लक्षित ६ सय ५० सेना परिचालन, सुरक्षा व्यवस्था कडा

सिरहा-आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले सिरहा जिल्लामा ६ सय ५० जना नेपाली सेनाको परिचालन गरिएको छ ।

एकीकृत सुरक्षा योजना–२०८२ अनुसार जिल्लाभर निर्वाचन सुरक्षालाई सुदृढ बनाउन नेपाली सेना परिचालन गरिएको हो । निर्वाचन नजिकिँदै जाँदा सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउने लक्ष्यसहित सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल तथा राष्ट्रिय अनुसन्धान विभागबीच समन्वय बढाइएको जनाइएको छ ।

सुरक्षा योजनाअनुसार नेपाली सेना सिरहाका सबै निर्वाचन क्षेत्रमा बाहिरी सुरक्षा घेराको जिम्मेवारीमा रहनेछ । मतदानस्थलको भित्री घेराको सुरक्षा नेपाल प्रहरी र निर्वाचन प्रहरीले सम्हाल्नेछन् भने दोस्रो घेरामा सशस्त्र प्रहरी बल नेपाल परिचालित रहनेछ ।

नेपाली सेनाले आवश्यकताअनुसार संयुक्त गस्ती, संवेदनशील क्षेत्रको निगरानी तथा आकस्मिक प्रतिक्रिया टोलीका रूपमा भूमिका निर्वाह गर्नेछ । जिल्ला प्रशासन कार्यालय सिरहाका अनुसार निर्वाचनलाई लक्षित गर्दै सुरक्षा निकायहरूले सम्भावित जोखिमको मूल्याङ्कन गरीरणनीतिक स्थानहरूमा सुरक्षा उपस्थिति बढाएका छन् । निर्वाचन अवधिभर मतपत्र छपाइ, ढुवानी, मतदानस्थलको सुरक्षा, मतपेटिका ढुवानी तथा मतगणनास्थलसम्मको सुरक्षामा विशेष ध्यान दिइनेछ ।

सिरहा जिल्लामा रहेका मतदानस्थलहरूलाई सामान्य, संवेदनशील र अतिसंवेदनशील गरी वर्गीकरण गरिएको छ । सोहीअनुसार सुरक्षा जनशक्ति परिचालन गरिएको प्रशासनले जनाएको छ । कुनै पनि अप्रिय घटना हुन नदिन उच्च सतर्कता अपनाइएको र आवश्यक परे तुरुन्त सुरक्षा टोली परिचालन हुने व्यवस्था मिलाइएको छ ।

सुरक्षा निकायहरूले निर्वाचनलाई सफल बनाउन आम नागरिक, राजनीतिक दल र उम्मेदवारसँग सहकार्य र समन्वयको अपिल गरेका छन् । स्थानीय प्रशासनले मतदातालाई निर्धक्क भई मतदान प्रक्रियामा सहभागी हुन आग्रह गर्दै निर्वाचनको सुरक्षामा कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरेको छ

Source link

संबधित खबर

धेरै पढ़िएको

समानुपातिकतर्फ ५१ दलले कटाएनन् ‘थ्रेस होल्ड’

समानुपातिकतर्फ ५१ दलले कटाएनन् ‘थ्रेस होल्ड’

यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै

यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै

नेप्से परिसूचक एक दशमलव ६४ प्रतिशतले घट्यो, कारोवार रकममा समेत गिरावट

नेप्से परिसूचक एक दशमलव ६४ प्रतिशतले घट्यो, कारोवार रकममा समेत गिरावट

कास्कीको रुपा गाउँपालिकामा एक लाख लिटर मह उत्पादन

कास्कीको रुपा गाउँपालिकामा एक लाख लिटर मह उत्पादन

निर्वाचनपश्चात् संविधानले सही बाटो समातेको छ : गृहमन्त्री

निर्वाचनपश्चात् संविधानले सही बाटो समातेको छ : गृहमन्त्री

मध्यपूर्व युद्ध र नेपालमा पर्नसक्ने आर्थिक प्रभाव

मध्यपूर्व युद्ध र नेपालमा पर्नसक्ने आर्थिक प्रभाव

रास्वपा सभापति लामिछानेविरुद्धको मुद्दामा पूर्ण सुनुवाइ हुने

रास्वपा सभापति लामिछानेविरुद्धको मुद्दामा पूर्ण सुनुवाइ हुने