गृहमन्त्री अर्यालसँग युएनओडिसी क्षेत्रीय प्रतिनिधिको शिष्टाचार भेट

गृहमन्त्री अर्यालसँग युएनओडिसी क्षेत्रीय प्रतिनिधिको शिष्टाचार भेट

काठमाडौँ- गृहमन्त्री ओमप्रकाश अर्यालसँग संयुक्त राष्ट्र सङ्घीय लागुऔषध तथा अपराध नियन्त्रण कार्यालय (यूएनओडिसी) को दक्षिण एसिया हेर्ने क्षेत्रीय प्रतिनिधि क्रिस्टियन होल्जले शिष्टाचार भेट गर्नुभएको छ ।

भेटमा मन्त्री अर्यालले यूएनओडिसीले लागुऔषध नियन्त्रणलगायत क्षेत्रमा नेपाललाई पुर्‍याउँदै आएको सहयोगको लागि धन्यवाद व्यक्त गर्नुभयो । साथै यूएनओडिसीसँगको सहकार्य अझै बढाउँदै लैजान सकिने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

यूएनओडिसी क्षेत्रीय प्रतिनिधि होल्जले नेपाल सरकारसँगको सहकार्यलाई निरन्तरता प्रदान गरिने बताउँदै सरकारको तर्फबाट यूएनओडिसीका कार्यक्रम सञ्चालनमा प्रदान हुँदै आएको सहयोग र तदारुकताको प्रशंसा गर्नुभयो ।

गृह मन्त्रालयमा भएको शिष्टाचार भेटमा मन्त्रालयका नीति, योजना अनुगमन तथा मूल्याङ्कन महाशाखा प्रमुख, परराष्ट्र मन्त्रालयका प्रतिनिधि, यूएनओडिसी नेपालका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

Source link

संबधित खबर

धेरै पढ़िएको

गोसाइँकुण्ड मेला तयारी पूरा, निर्धक्क भएर यात्रा गर्न अनुरोध

गोसाइँकुण्ड मेला तयारी पूरा, निर्धक्क भएर यात्रा गर्न अनुरोध

स्याङ्जाको गल्याङमा जीप दुर्घटना, दुई जनाको मृत्यु

स्याङ्जाको गल्याङमा जीप दुर्घटना, दुई जनाको मृत्यु

जेन–जीका माग सम्बोधन गर्न विशेष कार्यदल

जेन–जीका माग सम्बोधन गर्न विशेष कार्यदल

टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित

टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित

बालिका हत्याका आरोपीको बयानको भिडियो सार्वजनिक गर्ने पक्राउ

बालिका हत्याका आरोपीको बयानको भिडियो सार्वजनिक गर्ने पक्राउ

लुम्बिनीमा तीन नयाँ मन्त्री थपिए,शपथ भोलि

लुम्बिनीमा तीन नयाँ मन्त्री थपिए,शपथ भोलि

सगरमाथा आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा सुधार आवश्यक:

सगरमाथा आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा सुधार आवश्यक: