चेपाङ्ग बालबालिकाको विद्यालय शिक्षामा अझै सुधार आएन

चेपाङ्ग बालबालिकाको विद्यालय शिक्षामा अझै सुधार आएन

धादिङ- भौगोलिक विकटताका कारण शिक्षा र स्वास्थ्य क्षेत्रमा आवश्यक पूर्वाधार विकास गर्न नसक्दा अति सिमान्तकृत चेपाङ्ग समुदायमा अपेक्षा गरे अनुसार सुधार अझै आउन सकेको छैन ।

बिशेषगरी, यस समुदायका बालावालिका अझै विद्यालय शिक्षाबाट टाढा छन् । गरिवीका कारण नेपालमा चेपाङ्ग समुदायका मानिसहरु शिक्षामा भन्दा पनि जीविकोपार्जनमा प्रमुख प्राथमिकता दिने गरेका कारण यस्तो अवस्था आएको हो ।

चेपाङ्ग बस्तिहरुमा रहेका बालवालिकाहरुलाई विद्यालयसम्म ल्याउन धादिङका स्थानीय तहहरुले अथक प्रयास गरेको भए पनि अझै सोचेजस्तो सफलता प्रप्त नभएको उनीहरुको बुझाइ छ।

भीरपाखा र वन जंगल नजिक बस्न रुचाउने यस समुदायका मानिसहरुका बालवालिकाहरु अध्यानका लागि विद्यालय टाढा हुनु, मातृभाषामा लेखिएका पुस्तकहरु र चेपाङ्ग भाषी शिक्षकहरु नहुनुले गर्दा पनि चेपाङ्ग समुदायका बालवालिकाहरु विद्यालय शिक्षाबाट टाढा भएका हुन् ।

पछिल्लो समय केही अभिभावकहरुमा आफ्ना बालवालिकाहरुलाई पढाउनु पर्छ भन्ने चेतना रहेको भए पनि विचैमा विद्यालय छाड्ने दर उस्तै छ ।

चितवन, धादिङ,मकवानपुर र गोर्खामा प्रमुख बसोवास रहेको यस समुदायका बालवालिकाहरु अहिले पनि ५५ देखि ६० प्रतिशत मात्रै विद्यालय जाने गरेको नेपाल चेपाङ्ग संघको एक अध्ययनले देखाएको छ ।

देशभरका आठ जिल्लामा बसोवास गर्दै आएका चेपाङ्ग समुदायका मानिसहरु ८४ हजारको हाराहारीमा रहेका छन् ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

सुकुमवासी समस्याको दीर्घकालीन समाधानका लागि सरकार गम्भीर छः गृहमन्त्री

सुकुमवासी समस्याको दीर्घकालीन समाधानका लागि सरकार गम्भीर छः गृहमन्त्री

मनसुनजन्य रोगको रोकथामका लागि ‘प्रतिकार्य अभियान’

मनसुनजन्य रोगको रोकथामका लागि ‘प्रतिकार्य अभियान’

अर्घाखाँचीमा मुहान संरक्षण गर्न १५ वटा रिचार्ज पोखरी निर्माण

अर्घाखाँचीमा मुहान संरक्षण गर्न १५ वटा रिचार्ज पोखरी निर्माण

सिरहामा पशु हाटबजार परिसरको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पशु हाटबजार परिसरको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सरकार–काठमाडौं महानगर र पीडित पक्षबीच ९ बुँदे सहमति

सरकार–काठमाडौं महानगर र पीडित पक्षबीच ९ बुँदे सहमति

गृहमन्त्रीसहित मन्त्रीहरू होल्डिङ सेन्टरको अवलोकनमा

गृहमन्त्रीसहित मन्त्रीहरू होल्डिङ सेन्टरको अवलोकनमा

पर्यटन मन्त्री पौडेलद्वारा मुक्तिनाथ मन्दिर क्षेत्रको अनुगमन, धार्मिक पर्यटन विकासका सम्भावनाबारे अध्ययन

पर्यटन मन्त्री पौडेलद्वारा मुक्तिनाथ मन्दिर क्षेत्रको अनुगमन, धार्मिक पर्यटन विकासका सम्भावनाबारे अध्ययन