Notice: Function Elementor\Core\Experiments\Manager::warn_removed_or_hidden_dependency was called incorrectly. Feature mega-menu depends on hidden experiment nested-elements. Please see Debugging in WordPress for more information. (This message was added in version 4.3.4.) in /home/khabarofnepal/public_html/wp-includes/functions.php on line 6260

Warning: Cannot modify header information - headers already sent by (output started at /home/khabarofnepal/public_html/wp-includes/functions.php:6260) in /home/khabarofnepal/public_html/wp-content/plugins/post-views-counter/includes/class-counter.php on line 1053
निर्वाचन आचारसंहिताको पालना गर्ने उम्मेदवारको प्रतिबद्धता – Khabarofnepal

निर्वाचन आचारसंहिताको पालना गर्ने उम्मेदवारको प्रतिबद्धता

निर्वाचन आचारसंहिताको पालना गर्ने उम्मेदवारको प्रतिबद्धता

म्याग्दी (बेनी)- आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा म्याग्दीका उम्मेदवारहरुले निर्वाचन आचार संहिताको पालना गर्ने र जिल्लाको समग्र विकासमा सबै दलहरुबीच एकताबद्ध भएर लाग्ने प्रतिबद्धता जनाएका छन् ।

म्याग्दी जेसीजद्वारा शुक्रवार बेनीमा आयोजित प्रतिनिधि सभा सदस्य उम्मेदवारहरुसंग पत्यक्ष संवाद कार्यक्रममा विभिन्न राजनीतिक दलबाट उम्मेदवारका प्रत्यासीले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

कार्यक्रममा नेपाली कांग्रेसका उम्मेदवार कर्णबहादुर भण्डारीले म्याग्दीको विकाससंगै शिक्षा, स्वास्थ्य र रोजगारीलाई मुख्य एजेण्डा बनाएर आफु चुनाबमाहोमिएको बताउनुभयो । उहाँले मुलुकमा बदलिँदो अवस्थाअनुरुप काँग्रेस बदलिएको जनाउँदै मुलुक बदल्ने अभियानको नेतृत्व पनि काँग्रेसले गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘ हामी विकास, समृद्धि र सुशासनलाई एकैसाथ अघि बढाउन चाहन्छौँ, पार्टीभित्रको समस्या हल गरेर हामी मुलुकको समस्या समाधानमा केन्द्रित भएका छौँ, आगामी संसदमा नीतिनिर्माण गर्ने कार्यमा सक्रियतापूर्वक लाग्न र जिल्लाको विकासलाई थप गतिदिन हामीलाई जनताले मतदानगर्ने अपेक्षा गरेका छौँ । ’’

कार्यक्रममा नेकपा (एमाले) म्याग्दीबाट उम्मेदवार हरिकृष्ण श्रेष्ठले म्याग्दीको विकासका सवालहरुलाई चुनाबी घोषणापत्रमा समेटेर अघि बढ्न विज्ञ सहितको टिमबाट चुनाबी घोषणापत्र तयार गरेको बताउनुभयो । उहाँले कानुन निर्माण, सरकार गठन र बजेट तथा कार्यक्रम निर्माणको क्षेत्रमाआफुले सक्रियभुमिका खेल्ने प्रतिबद्धता जनाउँदै जिल्लाको कृषि, शिक्षा, सडक, पूर्वाधार लगायतको क्षेत्रमा आबश्यक सुधारको लागि मुख्य एजेण्डा तय गरेको बताउनुभयो ।

कार्यक्रममा, नेकपा (माओवादी)का क्षेत्रबहादुर घिमिरेले जिल्लामा एकीकृत गुरुयोजना बनाएर विकास निर्माण गर्न, शिक्षा, स्वास्थ्यउपचार लगायतलाई राज्यको मातहत राख्र्दै भष्ट्राचार निवारण र सुशासनका लागि आफुलाई मतदानगर्न आह्वानगर्नुभएको छ ।
कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार युवराज रोका, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार डम्मरबहादुर सुवेदी, प्रगतिशिल लोकतान्त्रिक पार्टीका देवेन्द्र कामी, श्रम संस्कृति पार्टीका विनोद राना, राष्ट्रिय जनमोर्चाका छेमबहादुर विश्वकर्माले समेत जिल्लाको पूर्वाधार निर्माण, सुशासन र मुलुकको आबश्यकताअनुसारको कानुन निर्माणका लागि संसदमा प्रभाबकारी भूमिका खेल्न आफूहरु उम्मेदवार बनेर आएकोमा जोड दिनुभएको थियो ।

कार्यक्रममा उम्मेदवारहरुले सहभागीहरुले उठाएका प्रश्न र जिज्ञासाहरुको उत्तर दिनुभएको थियो । म्याग्दी जेसीजका शाखाअध्यक्ष दिनेशकुमार विश्वकर्माले उम्मेदवारहरुबिच मैत्रिपूर्ण प्रतिस्पर्धाको वातावरण सिर्जना, निर्वाचन आचार संहिताको पालना, जनताका प्रश्नप्रति उत्तरदायी बनाउँदै जिल्ला र मुलुकको विकास र समृद्धिमा उम्मेदवारहरुका प्रतिबद्धता खोज्न कार्यक्रमले रचनात्मक भूमिका खेल्ने बताउनुभयो ।

म्याग्दीमा एक जना स्वतन्त्र र १२ जना राजनीतिक दलको उमेदवारी कायम रहेको छ । निर्वाचनकालागि एक निर्वाचन क्षेत्र र छ स्थानीय तह रहेको जिल्लामा ८६ हजार तीन सय ९७ जनामतदाता छन् । बयासी मतदान स्थल र एक सय २० वटा मतदान केन्द्र कायम छन् ।

Source link

संबधित खबर

धेरै पढ़िएको

Highest Grossing Kollywood Films Overseas: Superstar Rajinikanth starrer Jailer 2 tops, First to USD 25 million

Ciara Miller and Kyle Cooke Kiss in Shocking Summer House Sneak Peek

10 Biopics We Love: From Rajkummar Rao’s Prahaar to Aamir Khan’s Dangal

Shilpa Rao Mumbai Show Controversy: Did Singer Interrupt Another Artist’s Set? Blame Game Erupts Online | Shilpa Rao Concert Bollywood Music Project | Bollywood Music Project 2026 Controversy What Really Happened | Shilpa Rao Instagram Mumbai Concert Bollywood Music Project

Drishyam The Conclusion Box Office Collections: Ajay Devgn’s thriller registers good growth on 4th Saturday, nets Rs 353 crore in 23 days

Inside Katy Perry, Justin Trudeau’s Surprising Relationship

Pocket Novel: Dubbing Begins for Vijay Sethupathi, Raj B Shetty-starrer