मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि

मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि

ढोरपाटन (बागलुङ)- यस वर्ष बागलुङमा २६ करोड ९० लाख रुपैयाँको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण बढेसँगै उत्पादन बढेको हो । गतवर्षको तुलनामा यस वर्ष ४४ लाख रुपैयाँ बढीको सुन्तला उत्पादन भएको छ । यस वर्ष औंसा किराको समस्या नहुँदा उत्पादन वृद्धि भएको हो ।

कृषि ज्ञान केन्द्रका अनुसार गत वर्ष २६ करोड ४६ लाख रुपैयाँको सुन्तला उत्पादन भएको थियो । पछिल्लो समय बाँझो खेतबारीमा किसानले सन्तला खेती गर्न थालेपछि बर्सेनी उत्पादन बढ्न थालेको ज्ञान केन्द्रका प्रमुख कुमार पुन मगरले जानकारी दिनुभयो । बसाइँसराइले रित्तिदै गएका गाउँमा राम्रो सुन्तला उत्पादन भएको उहाँको भनाइ छ ।

पहिले कादो, मकै र गहुँलगायतका खाद्यन्न बाली लगाउने बारीमा हिजोआज सुन्तला खेती गर्न थालिएको प्रमुख पुन मगरले बताउनुभयो । कम मेहनतमा राम्रो उत्पादन गर्न सकिने हुँदा कृषक सुन्तला खेतीप्रति आकर्षित उहाँ बताउनुहुन्छ । यस वर्ष चार हजार १६९ मेट्रिकटन सुन्तला उत्पादन भएको पुन मगरले जानकारी दिनुभयो । किसानले न्यूनतम प्रति किलो ६५ रुपैयाँले बिक्री गरेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “पछिल्लो समय सुन्तला खेतीप्रति धेरै किसान आकर्षित हुनुभएको छ, पहिले बाँझो रहेको जमिनमा पनि अहिले सुन्तला फल्न थालेका छन्, हरेक वर्ष सुन्तला खेती हुने क्षेत्रफल बढ्दै गएको छ, कोदो, मकै, गहुँ र फापर फल्ने बारी हिजोआज सुन्तलाका बोटले ढाकिएका छन्, धेरै झन्झट नहुने, कम मेहनतमा धेरै उत्पादन गर्न सकिने हुँदा सुन्तला खेतीतर्फ आकर्षण बढ्दो छ ।”

विसं २०७६ मा ५८५ हेक्टर क्षेत्रफलमा सुन्तला खेती भएकोमा हालसम्म आउँदा बढेर ६६४ हेक्टर पुगेको छ । अहिले ३८१ हेक्टरमा सुन्तला उत्पादन भइरहेको ज्ञान केन्द्रले जनाएको छ । जिल्लाको काठेखोला गाउँपालिकाको बिहुँ, बागलुङ नगरपालिकाको सिगाना, तित्याङ, भकुण्डे, जैमिनी नगरपालिकाको बिनामारे र दमेकमा बढी सुन्तला उत्पादन हुन्छ ।

काठेखोला गाउँपालिका–६ का किसान पशुपति कँडेलले अघिल्लो वर्ष रु छ लाखको सुन्तला बिक्री गरेकोमा यस वर्ष उत्पादन बढेको हुँदा आठ लाख रुपैयाँमा बगाननै व्यापारीलाई दिएको बताउनुभयो । सुन्तलाका लागि समयमै वर्षा हुँदा उत्पादन राम्रो भएको उहाँको भनाइ छ । अघिल्लो वर्ष औसा किराले झण्डै एक लाख रुपैयाँको सुन्तला नष्ट गरि दिएको किसान कँडेल बताउनुहुन्छ ।

सोही गाउँका अर्का किसान लोकनाथ कँडेलले गत वर्ष १३ लाख रुपैयाँको सुन्तला बिक्री गरेकोमा यस वर्ष १५ लाखमा बेचेको जानकारीदिनुभयो । फल दिने बोट बढेको र मौसमले राम्रो साथ दिँदा उत्पादनमा वृद्धि भएको उहाँको भनाइ छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

सुकुमवासी समस्याको दीर्घकालीन समाधानका लागि सरकार गम्भीर छः गृहमन्त्री

सुकुमवासी समस्याको दीर्घकालीन समाधानका लागि सरकार गम्भीर छः गृहमन्त्री

मनसुनजन्य रोगको रोकथामका लागि ‘प्रतिकार्य अभियान’

मनसुनजन्य रोगको रोकथामका लागि ‘प्रतिकार्य अभियान’

अर्घाखाँचीमा मुहान संरक्षण गर्न १५ वटा रिचार्ज पोखरी निर्माण

अर्घाखाँचीमा मुहान संरक्षण गर्न १५ वटा रिचार्ज पोखरी निर्माण

सिरहामा पशु हाटबजार परिसरको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पशु हाटबजार परिसरको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सरकार–काठमाडौं महानगर र पीडित पक्षबीच ९ बुँदे सहमति

सरकार–काठमाडौं महानगर र पीडित पक्षबीच ९ बुँदे सहमति

गृहमन्त्रीसहित मन्त्रीहरू होल्डिङ सेन्टरको अवलोकनमा

गृहमन्त्रीसहित मन्त्रीहरू होल्डिङ सेन्टरको अवलोकनमा

पर्यटन मन्त्री पौडेलद्वारा मुक्तिनाथ मन्दिर क्षेत्रको अनुगमन, धार्मिक पर्यटन विकासका सम्भावनाबारे अध्ययन

पर्यटन मन्त्री पौडेलद्वारा मुक्तिनाथ मन्दिर क्षेत्रको अनुगमन, धार्मिक पर्यटन विकासका सम्भावनाबारे अध्ययन