Notice: Function Elementor\Core\Experiments\Manager::warn_removed_or_hidden_dependency was called incorrectly. Feature mega-menu depends on hidden experiment nested-elements. Please see Debugging in WordPress for more information. (This message was added in version 4.3.4.) in /home/khabarofnepal/public_html/wp-includes/functions.php on line 6260

Warning: Cannot modify header information - headers already sent by (output started at /home/khabarofnepal/public_html/wp-includes/functions.php:6260) in /home/khabarofnepal/public_html/wp-content/plugins/post-views-counter/includes/class-counter.php on line 1053
‘ब्रेकअप’ पछिको कथामा ‘रमिताको पिरती’ – Khabarofnepal

‘ब्रेकअप’ पछिको कथामा ‘रमिताको पिरती’

‘ब्रेकअप’ पछिको कथामा ‘रमिताको पिरती’

काठमाडौँ- नेपाली चलचित्र ‘रमिताको पिरती’ ‘ब्रेकअप स्टोरी’ मा तयार भएको निर्देशक सुदिप्ताले बताउनुभएको छ । चलचित्रको श्रव्यदृश्य (ट्रेलर) सार्वजनिक भएपछि बुधबार नेपाल चलचित्र क्याम्पसमा आयोजना गरिएको पत्रकार सम्मेलनमा निर्देशक सुदिप्ताले चलचित्रमा रमिता नामक पात्रको ‘ब्रेकअप’ भएपछिको कथालाई देखाइएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “नेपालमा यस्तो विषयमा चलचित्र बनेको छैन जस्तो लाग्छ । यो एउटा युवतीले प्रेममा ‘ब्रेकअप’ भएपछि के गर्छिन् वा साचो प्रेम खोज्दा आउने परिस्थितिमा आधारित रहेर तयार गरिएको हो । मलाई यस्तै कथामा चलचित्र तयार गर्नु थियो, यसको कथासँग अहिलेको नव पुस्ताले जोडिएको महसुस गर्छन् जस्तो लाग्छ ।”

निर्देशक सुदिप्ताले चलचित्रको कथा ‘रमिता’ नामक पात्रकै वरिपरि घुम्ने बताउनुभयो । चलचित्रमा ‘रमिता’ को भूमिका अभिनेत्री आना शर्माले निर्वाह गर्नुभएको छ । यस चलचित्रमा उहाँ अभिनयसँगै कार्यकारी निर्मात्रीका रूपमा पनि हुनुहुन्छ ।

“मैले महिला केन्द्रित पहिलो चलचित्रमा काम गर्दैछु । यसको कथासँग अपनत्व महसुस गरेकीले नै कार्यकारी निर्मात्रीका रुपमा जोडिएकी हुँ । हामीले चलचित्रमा नयाँ कथालाई स्थान दिने ऊर्जावान् समूहसँग मिलेर काम गरेमा मात्र नयाँ विषय र चलचित्रकर्मीको आगमन हुन्छ । यो चलचित्र नियमितभन्दा फरक भन्ने तथ्यलाई यसको सार्वजनिक प्रचार सामग्रीले पनि प्रस्ट्याउँछ,” अभिनेत्री शर्माले भन्नुभयो ।

यसै चलचित्रमार्फत गायनमा स्थापित हुनुभएका गायक समीर श्रेष्ठ अभिनेताका रूपमा प्रस्तुत हुनुभएको छ । प्रायः आफ्नै गीतको श्रव्यदृश्य (म्युजिक भिडिओ) मा देखिनुहुने गायक श्रेष्ठले यसपटक अभिनेताको नयाँ परिचय थप्नुभएको छ ।

उहाँले भन्नुभयो, “मैले अभिनय गर्ने सोच बनाएको थिएँ, तर सही समय र पटकथा पाउन सकेको थिइनँ । मलाई अभिनेता बन्ने प्रस्ताव आउँदा पहिलो कुरा टोली राम्रो लाग्यो अनि विषयवस्तु पनि । सबै कुरा भने जस्तो भएपछि किन पर्खिने भनेर अभिनय यात्रा प्रारम्भ गरेको हुँ ।”

श्रेष्ठले आगामी समयमा गायन र अभिनयलाई सँगै अगाडि बढाउने बताउनुभयो । उक्त चलचित्रमा धीरज मगर, विनय श्रेष्ठ, गौमाया गुरुङ, पशुपति राई, रेनु योगित, थिन्ले लामोलगायत कलाकारले पनि अभिनय गर्नुभएको छ । चलचित्रको पटकथा निर्देशक सुदिप्ताले नै तयार पार्नुभएको हो भने शिशिर विशङ्खेले छायाङ्कन, सुनिल सिवाकोटीले सम्पादन र कृतिका बरालले नृत्य निर्देशन गर्नुभएको छ । उक्त चलचित्र आगामी माघ २३ गतेदेखि प्रदर्शन हुने निर्माण पक्षले जानकारी दिएको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

Inside Alexander Skarsgård, Tuva Novotny’s Private Relationship

Mammootty, Adoor Gopalakrishnan’s Padayaatra Locks Theatrical Release

Ramayana Ticket Price Update | Ramayana Ticket Price Today (October 23, 2026) | Ramayana Ticket Prices In Delhi, Mumbai, Bengaluru | Ramayana Highest Ticket Price

Udta Teer Review: Ayushmann Khurrana’s spy comedy serves a major laugh riot; Late Mukul Dev gets memorable swansong

Julia Roberts, Picket Fences Costars Pay Tribute

Drishyam: The Conclusion Day 21: Ajay Devgn’s Thriller Holds Steady, Eyes Rs 365 Crore Mark

Udta Teer First Review | Udta Teer First Review Rating | Udta Teer Censor Report | Udta Teer Special Screening Review | Udta Teer Full Movie First Review | Is Udta Teer Worth Watching | Ayushmann Khurrana Udta Teer First Review