कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माण कार्य सम्पन्न

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माण कार्य सम्पन्न

कर्णाली- नेपाल विद्युत् प्राधिकरण कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको निर्माण कार्य सम्पन्न भएको छ । नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्माणाधीन कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत कोहलपुर–सुर्खेत खण्डको निर्माण सम्पन्न भएको हो ।

नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालले अब उक्त प्रसारण लाइन तत्कालै राष्ट्रिय प्रणालीमा समाहित गरिने जानकारी दिनुभयो । त्यसका लागि बाँकेको कोहलपुर सबस्टेसनदेखि सुर्खेत जिल्लाको सुब्बाकुनामा निर्माण भएको सबस्टेसनसम्म १३२ केभी डबल सर्किट प्रसारण लाइनबाट १३२ किलोभोल्ट क्षमताको विद्युत् प्रवाह गरी यही माघ १६ गतेदेखि परीक्षण गरिने उहाँले बताउनुभयो ।

प्रवक्ता ढकालका अनुसार परीक्षणपश्चात् प्रसारण लाइन सञ्चालनमा ल्याइने भएकाले सतर्कता अपनाउन आग्रहसमेत गरेको छ । त्यसक्रममा प्रसारण लाइनका टावरमा नचढ्न, कुनै पनि वस्तुले नछुन, टावर वरिपरि नजान, गाईवस्तुलाई टावर नजिक जान नदिन, खतराका सङ्केत देखाइएका विद्युत्का संरचनालाई नछुन र बालबालिकालाई समेत टावर नछुन र नजिक जान नदिन आग्रह गरिएको उहाँले बताउनुभयो ।

परीक्षणका क्रममा कुनै ठाउँमा झिल्का आएमा वा खतरा देखिएमा प्राधिकरण वा नजिकैको प्रहरीमा जानकारी दिन आग्रह गरिएको प्रवक्ता ढकालले बताउनुभयो ।

Source link

संबधित खबर

धेरै पढ़िएको

स्याङ्जा-२ मा रास्वपाका डुम्रे निर्वाचित

स्याङ्जा-२ मा रास्वपाका डुम्रे निर्वाचित

काठमाडौँमा प्रदूषण बढ्यो – सार्वजनिक सेवा प्रसारण संस्था

काठमाडौँमा प्रदूषण बढ्यो – सार्वजनिक सेवा प्रसारण संस्था

स्ववियु सभापतिदेखि पालिका अध्यक्ष हुँदै सांसदसम्म

सिराहा–४ बाट रास्वपाका तपेश्वर यादव विजयी

सिराहा–४ बाट रास्वपाका तपेश्वर यादव विजयी

दोलखाबाट रास्वपाका जगदीश खरेल विजयी

दोलखाबाट रास्वपाका जगदीश खरेल विजयी

कैलाली-२ मा रास्वपाका खनाल विजयी

कैलाली-२ मा रास्वपाका खनाल विजयी

जेनजी आन्दोलनको जाँचबुझ आयोगले सरकारलाई बुझायो प्रतिवेदन

जेनजी आन्दोलनको जाँचबुझ आयोगले सरकारलाई बुझायो प्रतिवेदन