Notice: Function Elementor\Core\Experiments\Manager::warn_removed_or_hidden_dependency was called incorrectly. Feature mega-menu depends on hidden experiment nested-elements. Please see Debugging in WordPress for more information. (This message was added in version 4.3.4.) in /home/khabarofnepal/public_html/wp-includes/functions.php on line 6260

Warning: Cannot modify header information - headers already sent by (output started at /home/khabarofnepal/public_html/wp-includes/functions.php:6260) in /home/khabarofnepal/public_html/wp-content/plugins/post-views-counter/includes/class-counter.php on line 1053
काठमाडौँ सहित धेरै ठाउँमा वर्षा, सबैभन्दा बढी सुर्खेतमा ४३ मिमी – Khabarofnepal

काठमाडौँ सहित धेरै ठाउँमा वर्षा, सबैभन्दा बढी सुर्खेतमा ४३ मिमी

काठमाडौँ सहित धेरै ठाउँमा वर्षा, सबैभन्दा बढी सुर्खेतमा ४३ मिमी

काठमाडौँ, १४ माघः पश्चिमी न्यून चापीय प्रणाली विकास हुँदा आज काठमाडौँ उपत्यकासहित देशभरको मौसम बदली भई ठाउँठाउँमका वर्षा र हिमपात भएको छ । काठमाडौँमा २.२, ललितपुर र भक्तपुरमा समाान ४.८ मिलिमिटर वर्षा भएको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा बढी सुर्खेतमा ४३ मिलिमिटर वर्षा भएको छ । यो झण्डै भारी वर्षाको नजिक हो ।

यस्तै रुकुमको शेरागाउँमा ३८ मिलिमिटर र जाजरकोटमा ३३ मिलिमिटर वर्षा भएको छ । बैतडीमा ३५.६, डडेलधुरामा ३३.२, बाजुरमा ३०.२, मनाङमा ३२.४ र डोल्पामा ३१ मिलिमिटर वर्षा भएको छ । यो मध्यम वर्षा हो । नेपालको पश्चिम क्षेत्रका उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात पनि भएको छ ।

काठमाडौँ सहित धेरै ठाउँमा वर्षा, सबैभन्दा बढी सुर्खेतमा ४३ मिमी

जसका कारण जनजीवन प्रभावित भएको छ । बागमती प्रदेशदेखि पश्चिमका अधिकांश जिल्लामा आज वर्षा भएको र ती जिल्लाका १०० जति वर्षा मापन केन्द्रमा १० देखि ३० मिलिसिमटरबीचमा वर्षा भएको पनि विभागको अभिलेखमा उल्लेख छ । यो हल्कादेखि मध्यमसम्म वर्षा हो ।

प्रणाली विस्तारै पूर्वतर्फ सर्दै गएको जानकारी दिँदै मौसमविद् वरुण पौडेलले तराई र कोशीमा भने कम नै वर्षा हुने देखिएको बताउनुभएको छ । अहिले पछिल्लो १ घण्टामा भने गण्डकी प्रदेश र बागमती प्रदेशका जिल्लामा बढी वर्षा भएको छ । आज रातिदेखि यो प्रणाली कमजोर हुने र विस्तारै खुल्ने विभागले जनाएको छ । तर चिसो भने बढाउने र केही दिन बदली पनि रहने जनाइएको छ ।

आज राति देशको पहाडी र हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात/वर्षाको सम्भावना रहेको छ ।

भोलि बिहीबार तराई भू–भागका धेरै स्थानमा हुस्सु/कुहिरो रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बादल लाग्ने छ र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने मौसमविद् पौडेलले बताउनुभयो ।

कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात/वर्षाको सम्भावना रहेको पनि जनाइएको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

Udta Teer Day 1 Collection | Udta Teer Opening Day Collection | Udta Teer Day 2 Collection LIVE | Udta Teer Today Collection (October 24, 2026) | Udta Teer Total Collection | Udta Teer Opening Weekend Report

Box Office: Pehla Pyaar Doosri Baar opens with Rs 50 lakh, double of Tum Mere Ho’s first day collection

Why Holland Taylor Left Two and a Half Men Contract, Details Paycheck

Salaar 2 News Back on The Radar on Prabhas’s Birthday

Aura India Tour: Diljit Dosanjh Takes Jibe At Debate Around Delhi Concert After He Gets Clearance From Police

Udta Teer Opening Day Box Office Collections: Ayushmann Khurrana and Sara Ali Khan starrer spy comedy collects Rs 3.75 crore on Day 1

Knicks, MSG Respond to Championship Ring Drama, Phishing Test Backlash