सार्वजनिक सेवा प्रसारण नेपालको निर्वाचन लक्षित आन्तरिक आचारसंहिता जारी

सार्वजनिक सेवा प्रसारण नेपालको निर्वाचन लक्षित आन्तरिक आचारसंहिता जारी

काठमाडौँ- सार्वजनिक सेवा प्रसारण (पीएसबी) नेपालले प्रतिनिधिसभा सदस्य निर्वाचन-२०८२ लाई लक्षित गर्दै “सार्वजनिक सेवा प्रसारण नेपाल, निर्वाचन आचारसंहिता-२०८२” जारी गरेको छ।

आचारसंहिता २०८२ साल  फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र मर्यादित वातावरणमा सम्पन्न गराउने उद्देश्यले लागू गरिएको हो।

सार्वजनिक सेवा प्रसारण नेपाल सञ्चालक समितिको आजको बैठकबाट स्वीकृत आचारसंहिता सार्वजनिक सेवा प्रसारण नेपाल अन्तर्गतका रेडियो नेपाल, नेपाल टेलिभिजन, अनलाइन तथा डिजिटल प्लेटफर्ममा कार्यरत सञ्चारकर्मी र कर्मचारीहरुलाई लागू हुनेछ।

आचारसंहिता अनुसार निर्वाचन सम्बन्धी समाचार, विचार, विश्लेषण तथा कार्यक्रम उत्पादन, प्रकाशन र प्रसारण गर्दा नेपालको संविधानद्वारा स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मूल्य-मान्यता, निष्पक्षता, तटस्थता, सन्तुलन र सत्यतामा आधारित पत्रकारिता अभ्यास गर्नुपर्ने उल्लेख छ।

त्यसैगरी, अनुमानमा आधारित वा अतिरञ्जित सामग्री, कुनै राजनीतिक दल वा उम्मेदवारको विजय-पराजयको पूर्वानुमान, मतदानपूर्वको सर्वेक्षणजस्ता सामग्री उत्पादन तथा प्रसारण गर्न नपाइने व्यवस्था गरिएको छ।

कुनै पनि राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा मत माग्ने, समर्थन वा विरोध जनाउने अभिव्यक्ति खुला रूपमा प्रकाशन र प्रसारण गर्न पनि आचारसंहिताले निषेध गरेको छ ।

सार्वजनिक सेवा प्रसारण नेपालले सबै राजनीतिक दल, उम्मेदवार र स्वतन्त्र उम्मेदवारका गतिविधिहरूलाई सन्तुलित रूपमा समेट्ने प्रतिबद्धता व्यक्त गर्दै आचारसंहिताको पूर्ण पालना गर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

सुकुमवासी समस्याको दीर्घकालीन समाधानका लागि सरकार गम्भीर छः गृहमन्त्री

सुकुमवासी समस्याको दीर्घकालीन समाधानका लागि सरकार गम्भीर छः गृहमन्त्री

मनसुनजन्य रोगको रोकथामका लागि ‘प्रतिकार्य अभियान’

मनसुनजन्य रोगको रोकथामका लागि ‘प्रतिकार्य अभियान’

अर्घाखाँचीमा मुहान संरक्षण गर्न १५ वटा रिचार्ज पोखरी निर्माण

अर्घाखाँचीमा मुहान संरक्षण गर्न १५ वटा रिचार्ज पोखरी निर्माण

सिरहामा पशु हाटबजार परिसरको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पशु हाटबजार परिसरको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सरकार–काठमाडौं महानगर र पीडित पक्षबीच ९ बुँदे सहमति

सरकार–काठमाडौं महानगर र पीडित पक्षबीच ९ बुँदे सहमति

गृहमन्त्रीसहित मन्त्रीहरू होल्डिङ सेन्टरको अवलोकनमा

गृहमन्त्रीसहित मन्त्रीहरू होल्डिङ सेन्टरको अवलोकनमा

पर्यटन मन्त्री पौडेलद्वारा मुक्तिनाथ मन्दिर क्षेत्रको अनुगमन, धार्मिक पर्यटन विकासका सम्भावनाबारे अध्ययन

पर्यटन मन्त्री पौडेलद्वारा मुक्तिनाथ मन्दिर क्षेत्रको अनुगमन, धार्मिक पर्यटन विकासका सम्भावनाबारे अध्ययन