Notice: Function Elementor\Core\Experiments\Manager::warn_removed_or_hidden_dependency was called incorrectly. Feature mega-menu depends on hidden experiment nested-elements. Please see Debugging in WordPress for more information. (This message was added in version 4.3.4.) in /home/khabarofnepal/public_html/wp-includes/functions.php on line 6260

Warning: Cannot modify header information - headers already sent by (output started at /home/khabarofnepal/public_html/wp-includes/functions.php:6260) in /home/khabarofnepal/public_html/wp-content/plugins/post-views-counter/includes/class-counter.php on line 1053
पर्साका आमाहरूको निर्वाचन प्रहरी बन्ने रहर ! – Khabarofnepal

पर्साका आमाहरूको निर्वाचन प्रहरी बन्ने रहर !

पर्साका आमाहरूको निर्वाचन प्रहरी बन्ने रहर !

वीरगञ्ज (पर्सा)- पर्साको विन्दवासिनी गाउँपालिका–१ स्थायी घर भएकी सिसकुमारी देवी विनिन तेस्रो पटक निर्वाचन प्रहरी बन्ने अभिलासासहित वीरगञ्जको नारायणी रङ्गशालामा शारीरिक अभ्यासको लागि जुटिरहनुभएको छ ।

उमेरले ५३ वसन्त पार गरेकी तीन सन्तानकी आमा रहनुभएकी उहाँ रहरले भन्दा पनि परिवारको आर्थिक अवस्थाको कारणले निर्वाचन प्रहरीमा होमिनुपरेको सुनाउनुहुन्छ । “यो उमेरमा रहरले त के हुन्थ्यो र ! परिवारको बिहान–साँझको गर्जो टार्नकै लागि भए पनि निर्वाचन प्रहरीमा आएकी हुँ”, उहाँले भन्नुभयो, “यस अघिका दुई पटकको चुनावमा म्यादी प्रहरीको अनुभव भइसकेकाले पनि यो पटक पनि छनोट हुने आशा लिएकी छु ।”

तीन छोरामध्ये एक जना नौ कक्षा र अर्काे छोरी पाँच कक्षामा अध्ययनरत रहेका छन् । एउटा छोरा भने सवारी दुर्घटनामा परेर ढाड नचल्ने समस्याबाट गुज्रिरहेका छन् । उहाँको पति भने खेती किसानी गर्दै आइरहुनभएको छ । तीन सन्तानको आमासमेत रहनुभएकी विनिनको एउटा छोरा सवारी दुर्घटनामा घाइते भएर उपचारार्थ रहेकाले पनि केही रकम जोहो गर्नकै लागि भए पनि निर्वाचन प्रहरी बन्न लागेको बताउनुभयो । “अघिल्ला दुई निर्वाचनमा त छनोट भएकी थिए । यसपालि के हुने हो हेरौँ”, उहाँले भन्नुभयो, “आफू निर्वाचन प्रहरीमा छनोट भएको खण्डमा निर्वाचनलाई राम्रोसँग अघि बढाउने रहर छ ।”

अहिले पर्सा जिल्लामा निर्वाचन प्रहरी बन्ने दौडमा विनिन मात्रै नभएर ३२ वर्षे दुई सन्तानकी आमा तेतरीदेवी चमार पनि कसरत गरिरहनुभएको छ । स्थायी घर पर्साको पोखरिया नगरपालिका घर भएकी उहाँको जसरी पनि निर्वाचन प्रहरी बन्ने सपना देखेर आएको बताउनुभयो । “निर्वाचन प्रहरी भएर खटिँदा देशको सेवा पनि हुने केही रकम आम्दानी पनि हुने देखेर आएकी हुँ”, उहाँले भन्नुभयो, “निर्वाचन प्रहरी बनेर छोराछोरीको पढाइ खर्च जुटाउन केही सहज होला कि भनेर आएकी हुँ ।”

वीरगञ्जको नारायणी रङ्गशालाको मैदानमा विनिन र तेतरीदेवी मात्रै नभएर पर्साको बहुदरमाई नगरपालिका–९ मा बसोबास गर्ने दुई छोराकी आमा चन्द्रमा देवी पनि निर्वाचन प्रहरी बन्ने सपना बोकेर वीरगञ्जको नारायणी रङ्गशालामा उत्रिनुभएको छ । “आर्थिक अवस्था कमजोर भएकाले नै नर्सरीमा पढ्ने छोरालाई छाडेर निर्वाचन प्रहरी बन्ने दौडमा लागेकी छु” उहाँले भन्नुभयो, “निर्वाचन प्रहरी भएर देशको सेवाको साथसाथै केही अर्थोपार्जन पनि हुने भएकाले आएकी हुँ ।” उहाँले आफ्नो एउटा छोरो कक्षा आठ र अर्को छोरो नर्सरीमा अध्ययनरत रहेको बताउनुभयो । उहाँले आफ्नो पति भने फोहोरमैला व्यवस्थापनसम्बन्धी काम गर्दै आइरहेको सुनाउनुभयो ।

सन्तानको आमा मात्रै नभएर अन्य विभिन्न उमेर समूहका पुरुष तथा महिलाहरू निर्वाचन प्रहरी बन्ने सपना बोकेर वीरगञ्जको नारायणी रङ्गशालामा शारीरिक अभ्यासको परीक्षामा १९ वर्षे युवती कुशुकुमारी पनि निर्वाचन प्रहरी बन्न कसरत गरिहनुभएको छ । “फागुन २१ गतेदेखि हुने चुनावलाई सफल गराउन र केही रकम भए पनि कमाउनको लागि निर्वाचन प्रहरी बन्न आएकी हुँ”, उहाँले भन्नुभयो, “हामीजस्तै जेनजी उमेर समूहका साथीहरू आन्दोलन सहादत प्राप्त गर्नुभयो । हामी भने निर्वाचन सफल गराउ भनेर सहभागी भएका हौँ ।”

पर्साको बहुदरमाई नगरपालिका–७ विश्रामपुरका २४ वर्षे युवा अमृत महतो पनि निर्वाचन प्रहरी बन्ने अभिलासा बोकेर शारीरिक छनोटमा जुट्नुभएको छ । “म यसअघि वन रक्षक, नेपाल प्रहरी र सशस्त्र प्रहरीमा जवान बन्नका लागि दुई–तीन पटक प्रतिस्पर्धा गरिसके । तर, अहिलेसम्म सफलता हात पार्न सकेको छैन”, उहाँले भन्नुभयो, “एकातर्फ निर्वाचन प्रहरी बनेर देशको सेवा पनि गरौँ । अर्काेतर्फ प्रहरी जवान बन्नका लागि पनि केही सहयोग होला कि भनेर आएको हुँ ।” निर्वाचन प्रहरी बन्ने रहर बोकेका महतोले आफू निर्वाचन प्रहरी बनेर स्वच्छ र पारदर्शी निर्वाचन गराउन प्रयत्न गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले जेनजीको सरकार रहेको छ । पक्कै पनि पहिलाको सरकारले भन्दा पनि भयरहित र शान्तिपूर्ण निर्वाचन गराओस् भनेर नै यसमा सहभागी बनेको हुँ ।”

पर्साको छिमेकी जिल्ला बाराको परवानीपुर गाउँपालिकाका राजपुरका १८ वर्षे विदेशप्रसाद यादव पनि केही काम नभएको बेला समयको सदुपयोग गर्न भन्दै निर्वाचन प्रहरी बन्न लागेको बताउनुभयो । “त्यसै घरमा बस्नुभन्दा केही अनुभव पनि हासिल गर्न पाइन्छ कि भनेर निर्वाचन प्रहरीमा सहभागी भएको हुँ”, उहाँले भन्नुभयो, “देशको सेवा पनि हुने र पैसा पनि कमाइने भएकाले पनि यसमा लागेको हुँ ।”

सरकारले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि आवश्यक सुरक्षा प्रबन्धको लागि निर्वाचन प्रहरी आवश्यक परेको भन्दै आवेदन खुलाएसँगै निर्वाचन प्रहरी बन्नेहरूको घुइँचो लागेको हो । पर्सामा निर्वाचन प्रहरीमा भर्ना छनोट तथा नियुक्ति समिति पर्साले यहाँ जिल्लामा नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवैतर्फ गरेर दुई हजार ८५२ जना आवेदन माग गरेको थियो । नेपाल प्रहरीतर्फ भने पाँच हजार ३९९ जनाको आवेदन परेको छ भने सशस्त्र प्रहरीतर्फ ३८५ जनाको आवेदन माग भएकोमा ५७१ जनाको आवेदन परेको छ ।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी तथा निर्वाचन प्रहरीमा भर्ना छनोट तथा नियुक्ति उपसमिति पर्साका संयोजक सुमनकुमार कार्कीले निर्वाचन प्रहरीमा विभिन्न उमेर समूहका महिला तथा पुरुषमा उत्साहजनक सहभागिता देखिएको बताउनुभयो । “सबै उमेर समूहका महिला तथा पुरुष निर्वाचन प्रहरी बन्नको लागि उपस्थित हुनुहुन्छ,” उहाँले भन्नुभयो, “कतिपय सन्तान जन्माइसकेका महिलाहरू पनि सरिक हुनुभएको छ । यसले छोटो अवधिको लागि भएपनि रोजगारीको अवसर सिर्जना गर्ने भएकाले पनि सहभागिता जनाएका हुन् ।”

संयोजक कार्कीले चुलोचौकामा सीमित हुने भनिएका मधेसी समुदायका महिलाहरू पनि अवसर पाउँदा आफ्नो जिम्मेवारी निभाउन सफल हुन्छन् भन्ने गतिलो उदाहरण बन्न सकेको बताउनुभयो । “यसले यहाँका महिलाहरू अवसर पाएको खण्डमा जस्तोसुकै जिम्मेवारी पनि पूरा गर्न सक्षम हुनुहुन्छ भन्ने देखाएको छ”, उहाँले भन्नुभयो, “निर्वाचन प्रहरी छनोट प्रक्रियालाई निष्पक्ष र पारदर्शी बनाउनको लागिपरिरहेका छौँ ।” पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल, पर्साका चारवटै सुरक्षा निकायका प्रमुखहरूले पनि निर्वाचन प्रहरीलाई पारदर्शी बनाउनको लागि नियमित अनुगमन तथा निरीक्षण गर्दै आइरहनुभएको छ ।

पर्साका प्रहरी प्रवक्ता हरिबहादुर बस्नेतले निर्वाचन प्रहरीमा महिला र पुरुषको सहभागिता उत्साहजनक रहेको बताउनुभयो । “यहाँबाट निर्वाचन प्रहरीमा आवेदन दिनेको सङ्ख्या दोब्बरभन्दा धेरै छ”, उहाँले भन्नुभयो, “एकातर्फ निर्वाचनमा सेवा गर्न चाहने युवापुस्ताको आकर्षण बढिरहेको छ । अर्कातर्फ ४० दिनमा आम्दानी पनि राम्रो हुने देखेर होलाजस्तो लाग्छ  ।”

पर्सा प्रहरीका अनुसार निर्वाचन प्रहरीमा पहिलोपटक आवेदन दिने पुरुषको सङ्ख्या तीन हजार १४७ जना रहेका छन् । नयाँ आवेदन दिने महिलाको सङ्ख्या भने ६०३ जना रहेका छन् । निर्वाचन प्रहरीमा विगतमा म्यादी प्रहरीको रूपमा खटिएका ६८७ जना पुरुष र विगतको म्यादी प्रहरीको रूपमा खटिएका १५३ जना महिलाको आवेदन परेको छ ।

त्यस्तै गरी पूर्वसूरक्षाकर्मीको तर्फबाट भने १२ जना पुरुष रहेका छन् भने विदेशी सैनिकबाट अवकाश प्राप्त गरेका एक जना रहेका छन् । सशस्त्र प्रहरी बल पर्साका सूचना अधिकारी मोहन निरौलाले निर्वाचन प्रहरीमा युवादेखि अन्य उमेर समूहको आकर्षण रहेको बताउनुभयो ।

Source link

संबधित खबर

धेरै पढ़िएको

Ramayana Advance Booking: Ranbir Kapoor & Yash starrer crosses 50,000 pre-sales at National chains, 13 days ahead release

Inside Alexander Skarsgård, Tuva Novotny’s Private Relationship

Mammootty, Adoor Gopalakrishnan’s Padayaatra Locks Theatrical Release

Ramayana Ticket Price Update | Ramayana Ticket Price Today (October 23, 2026) | Ramayana Ticket Prices In Delhi, Mumbai, Bengaluru | Ramayana Highest Ticket Price

Udta Teer Review: Ayushmann Khurrana’s spy comedy serves a major laugh riot; Late Mukul Dev gets memorable swansong

Julia Roberts, Picket Fences Costars Pay Tribute

Drishyam: The Conclusion Day 21: Ajay Devgn’s Thriller Holds Steady, Eyes Rs 365 Crore Mark