सुदूर पहाडमा हिमपात – सार्वजनिक सेवा प्रसारण संस्था

सुदूर पहाडमा हिमपात – सार्वजनिक सेवा प्रसारण संस्था

बैतडी- सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा शुक्रबार बेलुकादेखि हिमपातसहित हिउँदे वर्षा भइरहेको छ ।

बैतडीको उच्च लेकाली भेग खोड्पे, श्रीभावर, ढोल्यामोड, मुस्याचोर, सतबाँझ, देहिमाडौँलगायतका क्षेत्रमा हिमपात भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिनुभयो ।

वर्षासँगै हिमपात भइरहे पनि राजमार्गहरूमा कुनै समस्या नरहेको प्रहरी निरीक्षक सिंहले बताउनुभयो । दार्चुलाको व्यास र अपिहिमाल क्षेत्रमा हिमपात भएको छ । डडेल्धुरा सदरमुकामका साथै हगुल्टे, साहुखर्क, भातकाँडा क्षेत्रमा हिमपात भएको प्रहरीले जनाएको छ ।

यो वर्ष पहिलोपटक हिउँदे वर्षा र हिमपात भएपछि यहाँका किसान खुसी भएका छन् । गएको चार महिनादेखि वर्षा नहुँदा यहाँ गहुँबालीलगायतका हिउँदे बाली सुक्दै गएका थिए । हिमपात र वर्षा भएपछि किसानहरू बाली सप्रिने भन्दै खुसी भएका छन् । हिमपातका कारण अत्यधिक चिसो बढेको छ । चिसोबाट बच्न स्वास्थ्यकर्मीले आग्रह गरेका छन् ।

Source link

संबधित खबर

धेरै पढ़िएको

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

देशभरका सबै ओपिडी सेवा बन्द, नारायणी अस्पतालका स्वास्थ्यकर्मीले दिए सामुहिक राजीनामा

देशभरका सबै ओपिडी सेवा बन्द, नारायणी अस्पतालका स्वास्थ्यकर्मीले दिए सामुहिक राजीनामा

सुर्खेतको लेकवेशीमा जीप दुर्घटना, १२ जना घाइते

सुर्खेतको लेकवेशीमा जीप दुर्घटना, १२ जना घाइते

लमजुङमा पहिरोले धन्सार भत्किँदा दुई जनाको मृत्यु, २ जना घाइते

लमजुङमा पहिरोले धन्सार भत्किँदा दुई जनाको मृत्यु, २ जना घाइते

सुनुवाइ समितिको बैठक आज बस्दै

सुनुवाइ समितिको बैठक आज बस्दै

देवानगञ्जमा कर्फ्यु हट्यो, बिहान ७ देखि साँझ ७ बजेसम्म निषेधाज्ञा भने यथावत

देवानगञ्जमा कर्फ्यु हट्यो, बिहान ७ देखि साँझ ७ बजेसम्म निषेधाज्ञा भने यथावत

सुनसरीका पाँच स्थानमा कर्फ्यु जारी, स्थिति नियन्त्रणमा लिन सेना परिचालन

सुनसरीका पाँच स्थानमा कर्फ्यु जारी, स्थिति नियन्त्रणमा लिन सेना परिचालन