कर्णालीका १२ वटै निर्वाचन क्षेत्रमा मुख्य पाँच दलको उम्मेदवारी

कर्णालीका १२ वटै निर्वाचन क्षेत्रमा मुख्य पाँच दलको उम्मेदवारी

कर्णाली प्रदेश- आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि कर्णालीमा नेपाली काँग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले उम्मेदवारी दर्ता गराएका छन् ।

१० जिल्ला रहेको कर्णालीमा १२ वटै निर्वाचन क्षेत्रमा मुख्य पाँच दलले आफ्ना उम्मेदवारको टुङ्गो लगाउँदै उम्मेदवारी दर्ता गराएका हुन् । नेपाली काँग्रेसले सुर्खेत क्षेत्र नम्बर–१, बाट विष्णुबहादुर खड्का र सुर्खेत–२, बाट नारायण कोइरालालाई उम्मेदरवार बनाएको छ । त्यस्तै हुम्लामा जयपति रोकाया, मुगमा खड्गबहादुर शाही, जुम्लामा दीपबहादुर शाही, कालीकोटमा हर्षबहादुर बमले उम्मेदवारी दर्ता गराउनु भएको हो ।

यस्तै, डोल्पाबाट कर्णबहादुर बुढा, सल्यानबाट केषबहादुर विष्ट, दैलेख–१ बाट बाषना थापा र दैलेख–२ बाट दिक्पाल शाही, जाजरकोटबाट खड्कबहादुर बुढा एवं रुकुम पश्चिमबाट राजु केसीले उम्मेदवारी दर्ता गराउनु भएको छ । यसैगरी नेकपा एमालेले दुई निर्वाचन क्षेत्र रहेको सुर्खेत–१ बाट ध्रुवकुमार शाही र सुर्खेत–२, बाट कुलमणि देवकोटालाई उम्मेदवार बनाएको छ । त्यस्तै, सल्यानबाट गुलाबजंग शाह, रुकुम पश्चिमबाट नन्दराम देवकोटालाई उम्मेदवार बनाएको हो । कालीकोटबाट नगेन्द्र शाही, जुम्लाबाट शान्तिलाल महत, मुगुबाट पूर्णबहादुर रोकाया, हुम्लाबाट दल फडेरा र डोल्पाबाट लंक रोकायाले उम्मेदवारी दर्ता गराउनु भएको छ ।

त्यस्तै, दुई निर्वाचन क्षेत्र रहेको दैलेख–१ बाट रवीन्द्रराज शर्मा र दैलेख–२ बाट लक्ष्मी पोखरेल तथा जाजरकोटबाट डम्बरबहादुर सिंहले उम्मेदवारी दर्ता गराउनु भएको छ । यता नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले सुर्खेत–१ बाट जीतबहादुर राना र सुर्खेत–२ बाट झक्कबहादुर मल्ललाई उम्मेदवार बनाएको छ । यस्तै, जुम्लाबाट नरेश भण्डारी उम्मेदवार बन्दा दैलेख–१ बाट अम्बरबहादुर थापा र दैलेख–२, बाट योगेन्द्रबहादुर शाहीले उम्मेदवारी दर्ता गराउनु भएको हो ।

डोल्पाबाट धनबहादुर बुढा, जाजरकोटबाट शक्तिबहादुर बस्नेत, सल्यानबाट रमेश मल्ल, हुम्लाबाट दिपेन्द्र रोकाय, कालीकोटबाट महेन्द्रबहादुर शाही, मुगुबाट चन्द्रबहादुर शाही र रुकुम पश्चिमबाट गोपाल शर्मालाई नेकपाकोतर्फबाट उम्मेदवारी दर्ता गराउनु भएको छ । यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि कर्णालीका सबै जिल्लाबाट उम्मेदवारी दर्ता गराएको छ । रास्वपाले सुर्खेत–१ बाट टेकबहादुर सिंह, सुर्खेत–२ बाट रमेशकुमार सापकोटालाई टिकट दिएको छ । यस्तै, दैलेख–१ बाट नन्दकिशोर बस्नेत, दैलेख–२ बाट बखतबहादुर शाही, सल्यानबाट ललित चन्द, डोल्पाबाट देबसिंह एडी, हुम्लाबाट टासी ल्हाजोम लामाले उम्मेदवारी दर्ता गराउनु भएको छ । मुगुबाट भुवन टमटा, जाजरकोटबाट रागब कार्की, रुकुम पश्चिमबाट मानबहादुर शाही र जुम्लाबाट समानुपातिक पूर्वसांसद बिनिता कठायतले उम्मेदवारी दर्ता गराउनु भएको हो । यता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सल्यानबाट अनिशा नेपाली, डोल्पाबाट हरिप्रसाद डाँगी, मुगुबाट बलबहादुर मल्ल र जुम्लाबाट ज्ञानबहादुर शाहीले उम्मेदवारी दर्ता गराउनु भएको छ ।

यस्तै, कालीकोटबाट सुर्यबहादुर शाह, जाजरकोटबाट कृष्णविक्रम शाह, दैलेख–१ बाट कुन्तीकुमारी शाही र दैलेख–२ बाट बबिता शाही, सुर्खेत–१ बाट रविकिरण हमाल, सुर्खेत–२ बाट कविराम पुरी र रुकुम पश्चिमबाट गोपाल खड्काले राप्रपाका तर्फबाट उम्मेदवारी दर्ता गराउनु भएको हो । प्रतिनिधिसभा सदस्य निर्वाचन सुर्खेत क्षेत्र नम्बर–२, बाट १७ जनाले उम्मेदवारी मनोनयन दर्ता गराउनु भएको छ ।

प्रदेश निर्वाचन कार्यालय सुर्खेतका सूचना अधिकारी नन्दराम चौलागाईका अनुसार नेपाली काँग्रेसका नारायण कोइराला, नेकपा एमालेका कुलमणि देवकोटा, नेकपाका झक्कबहादुर मल्ल, राष्ट्रिय प्रजातन्त्र पार्टीका कविराम पुरी, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेशकुमार सापकोटा, उज्यालो नेपाल पार्टीका गम्भीर सिंह भूल, विप्लव नेतृत्वको नेकपा (माओवादी) बाट धर्मराज देवकोटा, नेकपा संयुक्तबाट प्रेमबहादुर तारामी थापामगर तथा मितेरी पार्टी नेपालका प्रकाश बुढामगरलगायतले उम्मेदवारी दर्ता गराउनु भएको हो । यसैगरी रमेश परियार, कृष्ण खत्री र उदिराम चुनाराले स्वतन्त्र उम्मेदवारका रुपमा मनोनयन दर्ता गराउनु भएको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

Nani confirms love story film in lineup after wrapping up Sujeeth’s Bloody Romeo: ‘A very subtle and sweet movie’

Nani confirms love story film in lineup after wrapping up Sujeeth’s Bloody Romeo: ‘A very subtle and sweet movie’

Jin from BTS Is the Face of Laneige Bouncy & Firm Eye Patches

Jin from BTS Is the Face of Laneige Bouncy & Firm Eye Patches

Karan Johar To Join Forces With Abhishek Varman To Create The Story of Gadadhari Bheem

Karan Johar To Join Forces With Abhishek Varman To Create The Story of Gadadhari Bheem

Mitta Ror Teams Up with Zee Music Company for New Single ‘Chehra’

Mitta Ror Teams Up with Zee Music Company for New Single ‘Chehra’

7 South OTT Releases to Watch This Week: Soori starrer Mandaadi to Prithviraj Sukumaran’s Khalifa, Eyes

7 South OTT Releases to Watch This Week: Soori starrer Mandaadi to Prithviraj Sukumaran’s Khalifa, Eyes

The Social Reckoning India Release Date, Trailer, Cast And Plot: All You Need To Know

The Social Reckoning India Release Date, Trailer, Cast And Plot: All You Need To Know

Lala Kent’s Go-to Eye Patches for a “Little Lift” Are on Sale for Prime Day

Lala Kent’s Go-to Eye Patches for a “Little Lift” Are on Sale for Prime Day