चुनावी उत्साहाले मुलुकबाट अन्योल र अनिश्चितताको अन्त्य भएको छ: प्रधानमन्त्री

चुनावी उत्साहाले मुलुकबाट अन्योल र अनिश्चितताको अन्त्य भएको छ: प्रधानमन्त्री

काठमाडौँ– प्रधानमन्त्री सुशीला कार्कीले निर्धारित समयतालिकाभित्र उत्साहजनक रूपमा मनोनयन दाखिला गराउनुहुने सबै राजनीतिक दल तथा उम्मेदवारहरूमा हार्दिक आभार व्यक्त गर्नुभएको छ ।
आज सन्देश जारी गर्दै आगामी फागुन २१ गते सम्पन्न हुने निर्वाचनका लागि आज अर्को महत्त्वपूर्ण कोशेढुङ्गा मनोनयन दाखिला पार गर्न सफल भएको उल्लेख गर्नुभएको छ । उहाँले भन्नुभएको छ, “निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय वातावरणमा सम्पन्न गर्न नेपाल सरकार पूर्ण इमान र सामथ्र्यका साथ लागिपरेको यहाँहरूलाई पुनः स्मरण गराउँछु, सुरक्षा व्यवस्थामा कत्ति पनि सम्झौता गरिने छैन, हाम्रा सबै सुरक्षा संयन्त्रहरू उच्च सतर्कता र व्यावसायिक मनोबलका साथ परिचालित छन् ।”
प्रतिनिधिसभाको १६५ पदका लागि ३ हजार ४०० भन्दा बढी उम्मेदवारहरूले मनोनयन दर्ता हुनु लोकतान्त्रिक विश्वासप्रति प्रगाढ विश्वासको प्रमाण भएको उल्लेख गर्दै उहाँले नेपाली जनता लोकतान्त्रिक प्रणालीलाई सुदृढ बनाउन सचेत र सक्षम छन् भन्ने आजको राष्ट्रिय उत्साहले पुनः पुष्टि गरेको बताउनुभएको छ ।
निर्वाचन प्रक्रियामा देखिएको यस उत्साह र प्रतिबद्धताले राजनीतिक वृत्तमा मात्र नभइ निजी क्षेत्र र समग्र अर्थतन्त्रमासमेत सकारात्मक ऊर्जा सञ्चार गरेको बताउँदै उहाँले अब मुलुकबाट अन्योल र अनिश्चितताको अवस्था पूर्णतः अन्त्य भएको छ । सिङ्गो राष्ट्र निर्वाचनको महाकुम्भमा होमिएको उल्लेख गर्नुभएको छ ।
उहाँले भन्नुभएको छ, “निर्वाचन कार्यतालिका बमोजिम अहोरात्र खटिएर आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेकामा निर्वाचन आयोगलाई नेपाल सरकारको तर्फबाट धन्यवाद दिन चाहन्छु, साथै, यो लोकतान्त्रिक अभ्यासलाई सफल पार्न राजनीतिक दल, नागरिक समाज र सञ्चार माध्यमको रचनात्मक भूमिकाको अपेक्षा गर्दछु ।” प्रधानमन्त्री कार्कीले दिगो लोकतान्त्रिक स्थायित्वका लागि सबै नेपाली दिदीबहिनी तथा दाजुभाइलाई निर्वाचनमा सक्रिय र संयमसाथ सहभागी हुन हार्दिक अपिल पनि गर्नुभएको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

सुनसरीका प्रजिअसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाइयो

सुनसरीका प्रजिअसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाइयो

डा केसीसँगको सहमति अन्तिम चरणमा, प्रधानमन्त्रीको जवाफ पर्खंदै वार्ता टोली

डा केसीसँगको सहमति अन्तिम चरणमा, प्रधानमन्त्रीको जवाफ पर्खंदै वार्ता टोली

तीन लाखभन्दा बढी विस्थापित – सार्वजनिक सेवा प्रसारण संस्था

तीन लाखभन्दा बढी विस्थापित – सार्वजनिक सेवा प्रसारण संस्था

पाँच सदस्यीय छानबिन समिति गठन – सार्वजनिक सेवा प्रसारण संस्था

पाँच सदस्यीय छानबिन समिति गठन – सार्वजनिक सेवा प्रसारण संस्था

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग औपचारिक रुपमा सञ्चालन

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग औपचारिक रुपमा सञ्चालन

साउनको दोस्रो सोमबार: पशुपतिनाथमा बिहानैदेखि भक्तजनको घुइँचो

साउनको दोस्रो सोमबार: पशुपतिनाथमा बिहानैदेखि भक्तजनको घुइँचो

नागढुङ्गा-सिस्ने खोला सुरुङमार्गको आज औपचारिक उद्घाटन

नागढुङ्गा-सिस्ने खोला सुरुङमार्गको आज औपचारिक उद्घाटन