भू–राजनीतिक सन्तुलनको आवश्यकताले गोरखाबाट मेरो उम्मेदवारीः डा भट्टराई

भू–राजनीतिक सन्तुलनको आवश्यकताले गोरखाबाट मेरो उम्मेदवारीः डा भट्टराई

गोरखा– पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले  व्यक्तिगत महत्वाकाङ्क्षाभन्दा पनि राष्ट्रिय स्वाधीनता र भू–राजनीतिक सन्तुलनको आवश्यकताले आफूले गोरखा क्षेत्र नं २ बाट उम्मेदवारी दिन लागेको बताउनुभएको छ ।

गोरखा सदरमुकाममा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा पूर्वप्रधानमन्त्री डा भट्टराईले  यसअघि चुनाव नलड्ने घोषणा गरेको भए पनि पछिलो राजनीति परिस्थिति र गोरखाका जनताको अनुरोधलाई स्वीकार गरेर आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवारी दिन लागेको बताउनुभयो ।

“प्रतिनिधिसभा राज्यको जनप्रतिनिधिको सर्वोच्च थलो भएकाले त्यहाँ रहेर नै राष्ट्रिय स्वाधीनता, सर्वभौमसत्ता र सुरक्षा नीतिसम्बन्धी महत्वपूर्ण निर्णय गर्नुपर्छ,” उहाँले भन्नुभयो, “भू–राजनैतिक सन्तुलन मिलाएर देशलाई स्वाधीनताको मजबुत दिशातर्फ लैजान प्रतिनिधिसभामा सक्रिय भूमिका खेल्नुपर्छ भन्ने लागेर उम्मेदवारी दिन लागेको हुँ ।”

संसद् बाहिरबाट भन्दा संसद्भित्र बसेर राष्ट्रहितका एजेन्डा प्रभावकारी रूपमा अघि बढाउन सकिने डा भट्टराईको भनाइ थियो । लामो छलफलपछि उहाँले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बाट गोरखा–२ मा उम्मेदवारी दिने निर्णय गर्नुभएको हो ।

–––

Source link

संबधित खबर

धेरै पढ़िएको

पाँच स्रष्टालाई साहित्य सन्ध्या पुरस्कार तथा सम्मान

पाँच स्रष्टालाई साहित्य सन्ध्या पुरस्कार तथा सम्मान

गण्डकी प्रदेश सरकारमा सहभागी एमाले मन्त्रीहरु फिर्ता बोलाइयो

गण्डकी प्रदेश सरकारमा सहभागी एमाले मन्त्रीहरु फिर्ता बोलाइयो

भोजपुरमा कोदोखेती घट्दै – सार्वजनिक सेवा प्रसारण संस्था

भोजपुरमा कोदोखेती घट्दै – सार्वजनिक सेवा प्रसारण संस्था

आहा, यस्तो पो झरना ! – सार्वजनिक सेवा प्रसारण संस्था

आहा, यस्तो पो झरना ! – सार्वजनिक सेवा प्रसारण संस्था

पालिकालाई जग्गा, दातालाई घडेरीः रघुगङ्गाको आफ्नै भवन बन्दै

पालिकालाई जग्गा, दातालाई घडेरीः रघुगङ्गाको आफ्नै भवन बन्दै

पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे हप्ता

पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे हप्ता

राष्ट्रपति – सार्वजनिक सेवा प्रसारण संस्था

राष्ट्रपति – सार्वजनिक सेवा प्रसारण संस्था