उम्मेदवार टुंग्याउने अन्तिम तयारीमा काँग्रेस, संसदीय बोर्डको बैठक

उम्मेदवार टुंग्याउने अन्तिम तयारीमा काँग्रेस, संसदीय बोर्डको बैठक

काठमाडौँ- नेपाली काँग्रेसले प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारहरुको नामावली आज टुंगो लगाउँदै छ ।

काँग्रस संसदीय बोर्डको बैठकले आज बेलुकीसम्म सबै निर्वाचन क्षेत्रमा उमेदवारको टुंगो लगाउने सभापति गगनकुमार थापाले सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको छ ।

सभापति थापाले काँग्रेस उम्मेदवार छनोटको अन्तिम चरणमा रहेको र प्रक्रियागत बाध्यताकाबीच पनि समावेशी, सन्तुलित र न्यायपूर्ण निर्णय गर्ने भरपूर प्रयास भइरहेको उल्लेख गर्नुभएको छ ।

भोलि सबैजना आ-आफ्नो क्षेत्रमा गएर पार्टीको आधिकारिक उम्मेदवारको पक्षमा एकढिक्का भएर लाग्न सभापति थापाले आग्रह गर्दै निर्वाचन पार्टीको साझा अभियान भएको पुन: स्मरण गराउनुभएको छ।

विशेष महाधिवेशनपछि समय चापका कारण पार्टीभित्रको विवादमा रुमल्लिएको काँग्रेसले सकेसम्म सबै पक्षलाई मिलाएर टिकट वितरण गर्ने भन्दै आएको छ।

निवर्तमान सभापति शेरवहादुर देउवा समूहको समेत सहभागितामा काँग्रेस एक ढिक्का भएर निर्वाचनमा जाने पहल भइरहेको महामन्त्री प्रदीप पौडेलले जानकारी दिनुभयो ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

श्रम मन्त्री यादव र युएईका राजदूतबीच भेटवार्ता

श्रम मन्त्री यादव र युएईका राजदूतबीच भेटवार्ता

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरलाई विश्वासको मत प्राप्त

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरलाई विश्वासको मत प्राप्त

प्रतिनिधि सभामा भोलि प्रधानमन्त्रीसँग सांसदहरुको प्रत्यक्ष प्रश्नोत्तर

प्रतिनिधि सभामा भोलि प्रधानमन्त्रीसँग सांसदहरुको प्रत्यक्ष प्रश्नोत्तर

मनसुनयता सरदरभन्दा कम वर्षा – सार्वजनिक सेवा प्रसारण संस्था

मनसुनयता सरदरभन्दा कम वर्षा – सार्वजनिक सेवा प्रसारण संस्था

भन्सार विभाग – सार्वजनिक सेवा प्रसारण संस्था

भन्सार विभाग – सार्वजनिक सेवा प्रसारण संस्था

ड्युटीमा खटिएका प्रहरीलाई हातपात गर्नेलाई सजाय के हुन्छ ?

ड्युटीमा खटिएका प्रहरीलाई हातपात गर्नेलाई सजाय के हुन्छ ?

सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री

सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री