निर्वाचनको तयारीबारे गृहमन्त्री र आयोग पदाधिकारीबीच छलफल

निर्वाचनको तयारीबारे गृहमन्त्री र आयोग पदाधिकारीबीच छलफल

काठमाडौँ– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको स्वीकृत कार्यतालिकाअनुसार भए गरेका कामबारे गृहमन्त्री ओमप्रकाश अर्याल र निर्वाचन आयोगका पदाधिकारीबीच छलफल भएको छ ।

मन्त्री अर्यालले कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहितका पदाधिकारीसँग आज आयोगको कार्यालय, बहादुर भवनमा छलफल गर्नुभएको हो । त्यस अवसरमा कार्यवाहक प्रमुख आयुक्त भण्डारीले आयोगबाट स्वीकृत कार्यतालिकाअनुसार निर्वाचनको काम नियमित र तालिका भइरहेको जानकारी गराउनुभयो ।

उहाँले निर्वाचन अधिकृतका कार्यालय स्थापना भइसकेका र अब निर्वाचन तयारीका हिसाबले करिब ८० प्रतिशतभन्दा बढी काम भएको बताउनुभयो । आयोगले यही माघ ११ गते राष्ट्रियसभाको पनि निर्वाचन गराउँदैछ । भण्डारीले निर्वाचन आचारसंहिता पालनालाई प्रभावकारी बनाउन सूक्ष्म अनुगमन गरिने जानकारी दिनुभयो ।

गृहमन्त्री अर्यालले मन्त्रालय र आयोगबीच दोहोरो समन्वय हुनुपर्ने विषय पहिचान गरी सहकार्य गरिने विश्वास दिलाउँदै सुरक्षा व्यवस्थापनमा सरकारका तर्फबाट पर्याप्त तयारी भएको बताउनुभयो । उहाँले निर्वाचन तयारी, मतदान प्रक्रिया र मतणनासम्मको एकीकृत सुरक्षा योजनाअनुसार सरकारले सुरक्षाको प्रत्याभूति गर्ने पनि स्पष्ट गर्नुभयो ।

आयोगका सचिब कृष्णबहादुर राउतले राष्ट्रियसभा सदस्य निर्वाचनको मतपत्र छपाइ सकिएको र अब मतपत्र तथा निर्वाचन सामग्री सम्बन्धित कार्यालयमा पठाउने चरणमा रहेको जानकारी दिनुभयो ।

Source link

संबधित खबर

धेरै पढ़िएको

प्रतिनिधिसभाको बैठक सूचना टाँसेर भोलिसम्मका लागि स्थगित

प्रतिनिधिसभाको बैठक सूचना टाँसेर भोलिसम्मका लागि स्थगित

परीक्षामा जफत गरिएको मोबाइल नष्ट गरेपछि विद्यार्थी आन्दोलित

परीक्षामा जफत गरिएको मोबाइल नष्ट गरेपछि विद्यार्थी आन्दोलित

बिपक्षी दलहरुको अबरोधका कारण प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित

बिपक्षी दलहरुको अबरोधका कारण प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित

रास्वपा सभापति लामिछानेले आह्वान गरेको सर्बदलीय बैठक सिंहदरवारमा

रास्वपा सभापति लामिछानेले आह्वान गरेको सर्बदलीय बैठक सिंहदरवारमा

शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो

शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

नगरपालिका भवन पुनर्निर्माण नहुँदा काममा बाधा

नगरपालिका भवन पुनर्निर्माण नहुँदा काममा बाधा