भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री

भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री

पाटन– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्ने बताउनुभएको छ ।

नेपाल पत्रकार महासङ्घ एसोसिएट प्रदेशको आयोजनामा आज ललितपुरको महालक्ष्मीस्थानमा भएको दोस्रो राष्ट्रिय सम्मेलनमा उहाँले सञ्चारकर्मीहरु हरेक क्षेत्रमा निपुण भएकाले अब बन्ने सरकारका पनि उनीहरुको प्रतिनिधित्व हुनुपर्ने बताउनुभयो ।

पत्रकारले देश, समाज र राजनीतिका बारेमा सबै कुरा बुझेकाले राज्य सञ्चालन गर्न सञ्चारकर्मीलाई कठिन नहुने विचार व्यक्त गर्दै भन्नुभयो, “म पनि २५ वर्ष पत्रकारिता गरेको व्यक्ति हुँ, जेनजी आन्दोलनको बलमा आकस्मिक रुपमा मन्त्री भएको हुँ, राजनीतिलाई पेसा बनाउनेले मात्रै राजनीति गर्नुपर्छ भन्ने भाष्य चिरिएको छ, जेनजी जनआन्दोलनले पत्रकारितालाई गरेको सम्मानका कारण म मन्त्री भएको हुँ, देशका १४ हजारभन्दा बढी पत्रकारमध्ये धेरैमा राष्ट्रको नेतृत्व गर्ने क्षमता छ ।”

सञ्चार तथ सूचना प्रविधिमन्त्रीले जेनजी आन्दोलनको बलमा गठन भएको वर्तमान सरकारले चार महिनामा जनपक्षीय काम मात्र गरेको बताउँदै आगामी फागुन २१ गते हुने निर्वाचनलाई सफल पार्न समाजका हरेक वर्गबाट सहयोग हुनुपर्नेमा जोड दिनुभयो ।

“हामी सबै निर्वाचनमा होमिँदैछौँ, यसलाई सफल पार्न पत्रकारिता क्षेत्रबाट अझ सशक्त भूमिकाको अपेक्षा हामीले गरेका छौँ,” उहाँले भन्नुभयो ।

मन्त्री खरेलले जेनजी आन्दोलनको मर्म  परिवर्तन भएको दोहोयाउँदै आम निर्वाचनलाई सफल पार्न समाजका हरेक वर्गबाट सक्रिय भूमिका निर्वाह हुनुपर्नेमा जोड दिनुभयो ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले श्रमजीवी पत्रकारहरुको हकहितका खातिर महासङ्घ क्रियाशील रहेको बताउनुभयो । साथै उहाँले अभिव्यक्ति स्वतन्त्रता र लोकतन्त्रको रक्षाका लागि पनि महासङ्घ सक्रिय रहेको बताउनुभयो ।

चलचित्र पत्रकार सङ्घका अध्यक्ष बैकुण्ठराज पराजुलीले मूलधारका मिडियामा कार्यरत श्रमजीवी पत्रकारहरुको हकहितका लागि सबै पत्रकार एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।

Source link

संबधित खबर

धेरै पढ़िएको

समानुपातिकतर्फ ५१ दलले कटाएनन् ‘थ्रेस होल्ड’

समानुपातिकतर्फ ५१ दलले कटाएनन् ‘थ्रेस होल्ड’

यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै

यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै

नेप्से परिसूचक एक दशमलव ६४ प्रतिशतले घट्यो, कारोवार रकममा समेत गिरावट

नेप्से परिसूचक एक दशमलव ६४ प्रतिशतले घट्यो, कारोवार रकममा समेत गिरावट

कास्कीको रुपा गाउँपालिकामा एक लाख लिटर मह उत्पादन

कास्कीको रुपा गाउँपालिकामा एक लाख लिटर मह उत्पादन

निर्वाचनपश्चात् संविधानले सही बाटो समातेको छ : गृहमन्त्री

निर्वाचनपश्चात् संविधानले सही बाटो समातेको छ : गृहमन्त्री

मध्यपूर्व युद्ध र नेपालमा पर्नसक्ने आर्थिक प्रभाव

मध्यपूर्व युद्ध र नेपालमा पर्नसक्ने आर्थिक प्रभाव

रास्वपा सभापति लामिछानेविरुद्धको मुद्दामा पूर्ण सुनुवाइ हुने

रास्वपा सभापति लामिछानेविरुद्धको मुद्दामा पूर्ण सुनुवाइ हुने