Notice: Function Elementor\Core\Experiments\Manager::warn_removed_or_hidden_dependency was called incorrectly. Feature mega-menu depends on hidden experiment nested-elements. Please see Debugging in WordPress for more information. (This message was added in version 4.3.4.) in /home/khabarofnepal/public_html/wp-includes/functions.php on line 6260

Warning: Cannot modify header information - headers already sent by (output started at /home/khabarofnepal/public_html/wp-includes/functions.php:6260) in /home/khabarofnepal/public_html/wp-content/plugins/post-views-counter/includes/class-counter.php on line 1053
भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री – Khabarofnepal

भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री

भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री

पाटन– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्ने बताउनुभएको छ ।

नेपाल पत्रकार महासङ्घ एसोसिएट प्रदेशको आयोजनामा आज ललितपुरको महालक्ष्मीस्थानमा भएको दोस्रो राष्ट्रिय सम्मेलनमा उहाँले सञ्चारकर्मीहरु हरेक क्षेत्रमा निपुण भएकाले अब बन्ने सरकारका पनि उनीहरुको प्रतिनिधित्व हुनुपर्ने बताउनुभयो ।

पत्रकारले देश, समाज र राजनीतिका बारेमा सबै कुरा बुझेकाले राज्य सञ्चालन गर्न सञ्चारकर्मीलाई कठिन नहुने विचार व्यक्त गर्दै भन्नुभयो, “म पनि २५ वर्ष पत्रकारिता गरेको व्यक्ति हुँ, जेनजी आन्दोलनको बलमा आकस्मिक रुपमा मन्त्री भएको हुँ, राजनीतिलाई पेसा बनाउनेले मात्रै राजनीति गर्नुपर्छ भन्ने भाष्य चिरिएको छ, जेनजी जनआन्दोलनले पत्रकारितालाई गरेको सम्मानका कारण म मन्त्री भएको हुँ, देशका १४ हजारभन्दा बढी पत्रकारमध्ये धेरैमा राष्ट्रको नेतृत्व गर्ने क्षमता छ ।”

सञ्चार तथ सूचना प्रविधिमन्त्रीले जेनजी आन्दोलनको बलमा गठन भएको वर्तमान सरकारले चार महिनामा जनपक्षीय काम मात्र गरेको बताउँदै आगामी फागुन २१ गते हुने निर्वाचनलाई सफल पार्न समाजका हरेक वर्गबाट सहयोग हुनुपर्नेमा जोड दिनुभयो ।

“हामी सबै निर्वाचनमा होमिँदैछौँ, यसलाई सफल पार्न पत्रकारिता क्षेत्रबाट अझ सशक्त भूमिकाको अपेक्षा हामीले गरेका छौँ,” उहाँले भन्नुभयो ।

मन्त्री खरेलले जेनजी आन्दोलनको मर्म  परिवर्तन भएको दोहोयाउँदै आम निर्वाचनलाई सफल पार्न समाजका हरेक वर्गबाट सक्रिय भूमिका निर्वाह हुनुपर्नेमा जोड दिनुभयो ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले श्रमजीवी पत्रकारहरुको हकहितका खातिर महासङ्घ क्रियाशील रहेको बताउनुभयो । साथै उहाँले अभिव्यक्ति स्वतन्त्रता र लोकतन्त्रको रक्षाका लागि पनि महासङ्घ सक्रिय रहेको बताउनुभयो ।

चलचित्र पत्रकार सङ्घका अध्यक्ष बैकुण्ठराज पराजुलीले मूलधारका मिडियामा कार्यरत श्रमजीवी पत्रकारहरुको हकहितका लागि सबै पत्रकार एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।

Source link

संबधित खबर

धेरै पढ़िएको

The Paradise: Did Nani starrer trim 24 minutes from movie after OTT release? Find out

Jennifer Lawrence Reacts to Being Connor Wood’s Celeb Crush

Devi Sri Prasad Steps Before The Camera As Yellamma Sets a March 2027 Release

Entertainment Live Updates Today (October 22, 2026): Salman Khan Residence Under Heavy Security After Tiger Shroff Firing Incident | Rajinikanth Starrer Jailer 2 Crosses Rs 300 Crore Mark | Daler Mehndi Drunk Video Controversy New Update

Scene: Suriya starrer introduces Naslen as Eeswaran, a charming villain in action comedy flick

Gigi Hadid Defends Elsa Hosk From Victoria’s Secret Walk Criticism

Akka Trailer Out: Keerthy Suresh And Radhika Apte Fight For The Throne In An Epic Gangster Saga