सरकार निष्पक्ष तथा धाँधलीरहित निर्वाचन गराउन प्रतिबद्ध छ: गृहमन्त्री अर्याल

सरकार निष्पक्ष तथा धाँधलीरहित निर्वाचन गराउन प्रतिबद्ध छ: गृहमन्त्री अर्याल

धनुषा- गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारले निश्पक्ष तथा धाँधलीरहित निर्वाचन गराउने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।

जनकपुरधाममा आयोजित मधेस प्रदेश स्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्नुहुँदै गृहमन्त्री अर्यालले वर्तमान सरकार निर्वाचन गराउने म्याण्डेट लिएर बनेको सरकार रहेकाले निश्पक्ष निर्वाचन गराई छोड्ने प्रतिवद्धता व्यक्त गर्नु भएको हो ।

उहाँले सरकारको सुशासन तथा निश्पक्ष र धाँधली रहित निर्वाचन गराउने म्याण्डेट रहेको र लक्ष्य अनुरुप वर्तमान सरकारले काम गरिरहेको उल्लेख गर्नुभयो ।

देशमा निर्वाचनको माहौल निर्माण भइसकेको दावी गर्नुहुँदै गृहमन्त्री खनालले यसकालागि नागरिक तथा त्यसभित्र पनि जेनजी पुस्तासँग सहकार्य गरेर सरकार अगाडि बढिरहेको बताउनुभयो ।

गृहमन्त्री अर्यालले अपराध तथा हिंसा नियन्त्रणका लागि सरकारले सुरक्षा निकायको मनोबल बढाउने दिशामा समेत काम गरिरहेको बताउनु भयो ।

गृहमन्त्री अर्यालले अभिव्यक्ति स्वतन्त्रताको नाममा जे पायो त्यो बोल्न छुट नहुने समेत बताउनु भयो ।

उहाँले अभिव्यक्ति स्वतन्त्रताको नाममा सामुदायिक हिंसा, धार्मिक द्वन्द्व फैलाउने तथा राजनीतिक हिंसा भड्काउने खालको अभिव्यक्ति दिने छुट नहुने बताउनुभयो ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

लुम्बिनीमा तीन नयाँ मन्त्री थपिए,शपथ भोलि

लुम्बिनीमा तीन नयाँ मन्त्री थपिए,शपथ भोलि

सगरमाथा आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा सुधार आवश्यक:

सगरमाथा आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा सुधार आवश्यक:

परराष्ट्रमन्त्री खनाल सर्बिया जानुहुने – सार्वजनिक सेवा प्रसारण संस्था

परराष्ट्रमन्त्री खनाल सर्बिया जानुहुने – सार्वजनिक सेवा प्रसारण संस्था

बागमती प्रदेशसभाको बैठकमा आज मुख्यमन्त्री थापाले विश्वासको मत लिने

बागमती प्रदेशसभाको बैठकमा आज मुख्यमन्त्री थापाले विश्वासको मत लिने

बाजुराको सरकारी टोली बडीमालिका प्रस्थान

बाजुराको सरकारी टोली बडीमालिका प्रस्थान

प्रहरी महानिरीक्षक कार्की – सार्वजनिक सेवा प्रसारण संस्था

प्रहरी महानिरीक्षक कार्की – सार्वजनिक सेवा प्रसारण संस्था

भूमिसम्बन्धी समस्या समाधान गर्न तीनै तहको सरकार जिम्मेवार हुनुपर्छ: मन्त्री रावल

भूमिसम्बन्धी समस्या समाधान गर्न तीनै तहको सरकार जिम्मेवार हुनुपर्छ: मन्त्री रावल