यि हुन सेयर बजारका १० ठूला कम्पनी

कुल सूचीकृत सेयर संख्याको बजार मूल्य (पूँजीकरण)का आधारमा सेयर बजारको ठूलो कम्पनी हो – विशाल बजार । बुधबारसम्म यस कम्पनीको सबै सेयरको कुल मूल्य २ खर्ब २२ अर्ब रुपैयाँ पुगेको छ । पूँजीकरण धेरै भएका कम्पनीले समग्र बजारलाई बढी प्रभाव पार्दछन् ।

विशाल बजारपछि दोस्रो ठूलो कम्पनीमा नेपाल पुनर्बीमा आएको छ । एक वर्षअघिसम्म पहिलो स्थानमा रहेको नेपाल टेलिकम अहिले तेस्रो स्थानमा छ । नेपाल पुनर्बीमाले पनि टेलिकमलाई जितेको छ ।
बुधबारसम्म नेपाल पुनर्बीमाको पूँजीकरण रकम २ खर्ब १२ अर्ब रुपैयाँ छ भने नेपाल टेलिकमको १ खर्ब ६५ अर्ब रुपैयाँ छ । बजारको चौथो ठूलो कम्पनी हो– नबिल बैंक ।

बुधबारसम्म यस बैंकको पूँजीकरण रकम १ खर्ब ४९ अर्ब रुपैयाँ छ । पाँचौंमा रहेको नागरिक लगानी कोषको १ खर्ब ३२ अर्ब रुपैयाँ छ । त्यसपछि बजारका ठूला कम्पनीमा क्रमशः हिमालयन रिइन्स्योरेन्स, ग्लोबल आईएमई बैंक, एभरेस्ट बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र एचआईडीसीएल हुन् ।
बुधबारसम्म हिमालयन रिइन्स्योरेन्सको पूँजीकरण १ खर्ब १७ अर्ब, ग्लोबल आईएमईको ९९ अर्ब ८९ करोड, एभरेष्ट बैंकको ९९ अर्ब, नेपाल इन्भेस्टमेन्ट मेगाको ८० अर्ब तथा एचआईडीसीएलको ७९ अर्ब रुपैयाँ छ ।

संबधित खबर

धेरै पढ़िएको

प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी सङ्कलन

प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी सङ्कलन

बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भनेपछि…

बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भनेपछि…

भोटेकोशी बाढीपछि नेपाल–चीन सीमा क्षेत्रमा राष्ट्रिय झण्डा पुनर्स्थापित

भोटेकोशी बाढीपछि नेपाल–चीन सीमा क्षेत्रमा राष्ट्रिय झण्डा पुनर्स्थापित

रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी

रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी

प्रधानमन्त्री – सार्वजनिक सेवा प्रसारण संस्था

प्रधानमन्त्री – सार्वजनिक सेवा प्रसारण संस्था

नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति

रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति