Wednesday, 28 October 2026
ब्रेकिङ
शेयर मार्केट

यि हुन सेयर बजारका १० ठूला कम्पनी

यि हुन सेयर बजारका १० ठूला कम्पनी

कुल सूचीकृत सेयर संख्याको बजार मूल्य (पूँजीकरण)का आधारमा सेयर बजारको ठूलो कम्पनी हो – विशाल बजार । बुधबारसम्म यस कम्पनीको सबै सेयरको कुल मूल्य २ खर्ब २२ अर्ब रुपैयाँ पुगेको छ । पूँजीकरण धेरै भएका कम्पनीले समग्र बजारलाई बढी प्रभाव पार्दछन् ।

विशाल बजारपछि दोस्रो ठूलो कम्पनीमा नेपाल पुनर्बीमा आएको छ । एक वर्षअघिसम्म पहिलो स्थानमा रहेको नेपाल टेलिकम अहिले तेस्रो स्थानमा छ । नेपाल पुनर्बीमाले पनि टेलिकमलाई जितेको छ ।
बुधबारसम्म नेपाल पुनर्बीमाको पूँजीकरण रकम २ खर्ब १२ अर्ब रुपैयाँ छ भने नेपाल टेलिकमको १ खर्ब ६५ अर्ब रुपैयाँ छ । बजारको चौथो ठूलो कम्पनी हो– नबिल बैंक ।

बुधबारसम्म यस बैंकको पूँजीकरण रकम १ खर्ब ४९ अर्ब रुपैयाँ छ । पाँचौंमा रहेको नागरिक लगानी कोषको १ खर्ब ३२ अर्ब रुपैयाँ छ । त्यसपछि बजारका ठूला कम्पनीमा क्रमशः हिमालयन रिइन्स्योरेन्स, ग्लोबल आईएमई बैंक, एभरेस्ट बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र एचआईडीसीएल हुन् ।
बुधबारसम्म हिमालयन रिइन्स्योरेन्सको पूँजीकरण १ खर्ब १७ अर्ब, ग्लोबल आईएमईको ९९ अर्ब ८९ करोड, एभरेष्ट बैंकको ९९ अर्ब, नेपाल इन्भेस्टमेन्ट मेगाको ८० अर्ब तथा एचआईडीसीएलको ७९ अर्ब रुपैयाँ छ ।

तपाईंको प्रतिक्रिया