टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो

काठमाडौँ– रसुवाको टिमुरेमा डिजेल जेनेरेटरबाट सञ्चालन हुँदै आएको नेपाल टेलिकमको टेलिफोन टावरमा सोलार प्रणाली जडान गरिएको छ । नेपाल विद्युत् प्राधिकरणको विद्युत् सेवा लामो समयसम्म अवरुद्ध हुने भएपछि टिमुरेको टेलिफोन सेवा निरन्तर राख्न नेपाल टेलिकमले १२ किलोवाट क्षमताको सोलार प्रणाली सञ्चालनमा ल्याएको हो ।

गत भदौ १० गतेको रसुवा भोटेकोशीमा आएको बाढीपछि विद्युत् आपूर्ति बन्द हुँदा टिमुरेमा रहेको टेलिफोन टावर डिजेल जेनेरेटर चलाएर सञ्चालनमा राखिएको थियो । तर, टावर सञ्चालनका लागि आवश्यक डिजेलसमेत हेलिकप्टरमार्फत ढुवानी गर्नुपर्ने अवस्था थियो । सोलार प्रणाली सञ्चालनमा आएसँगै टावरका लागि नियमित रूपमा डिजेल ढुवानी गर्नुपर्ने बाध्यता हटेको छ ।

नेपाल टेलिकमले टिमुरे–खैदीमा आवश्यक उपकरण तथा सामग्री हेलिकप्टरमार्फत ढुवानी गरी १२ किलोवाट क्षमताको सोलार सिस्टम जडान गरेको जनाएको छ । यससँगै विद्युत् सेवा उपलब्ध नभएको अवस्थामा पनि टिमुरे क्षेत्रमा नेपाल टेलिकमको टुजी तथा फोरजी सेवा सहज रूपमा सञ्चालन हुने भएको छ ।

भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवासहित विभिन्न जिल्लाका दूरसञ्चार पूर्वाधार तथा सेवा प्रभावित भएका थिए । टिमुरे क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध भएपछि टेलिफोन सेवा सञ्चालनका लागि जेनेरेटरमा निर्भर हुनुपरेको थियो ।

सोलार प्रणाली सञ्चालनमा आएपछि टेलिफोन तथा मोबाइल इन्टरनेट सेवा सञ्चालनका लागि आवश्यक ऊर्जा वैकल्पिक रूपमा उपलब्ध भएको छ । यसबाट स्थानीय बासिन्दा, यात्रु तथा सीमावर्ती क्षेत्रमा रहेका सेवाग्राहीलाई दूरसञ्चार सेवा निरन्तर उपलब्ध गराउन सहज हुने नेपाल टेलिकमले जनाएको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

Srikanth Makers Tushar Hiranandani and Nidhi Parmar Hiranandani Announce Ragda 25

Entertainment News Live Updates Today (Sept 28): Salman Khan Calls Out AI Misuse; The Vvaan Records Weekend Jump | Top Entertainment News Today In India | Trending News Bollywood, TV, OTT, Hollywood, South Today | Salman Khan Slams AI Misuse On Bigg Boss 20 Weekend Ka Vaar Episode | The Vvaan Weekend Box Office Day 3 Collection India

Drishyam The Conclusion Box Office Collections: Ajay Devgn’s thriller sells 76,000 tickets in National Chains for Day 1, three days to go

नेप्से परिसूचक १६ दशमलव ४७ अङ्कले घट्यो

नेप्से परिसूचक १६ दशमलव ४७ अङ्कले घट्यो

The Love Hypothesis In Hindi Dubbed | The Love Hypothesis Full Movie In Hindi | Where To Watch The Love Hypothesis Movie In Hindi | How To Watch The Love Hypothesis In Hindi On Prime Video | The Love Hypothesis On Prime Video | The Love Hypothesis Cast, Plot, Streaming Platform In India | Who Is Playing What In The Love Hypothesis

The Love Hypothesis In Hindi Dubbed | The Love Hypothesis Full Movie In Hindi | Where To Watch The Love Hypothesis Movie In Hindi | How To Watch The Love Hypothesis In Hindi On Prime Video | The Love Hypothesis On Prime Video | The Love Hypothesis Cast, Plot, Streaming Platform In India | Who Is Playing What In The Love Hypothesis

टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो

टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो

Jersey Shore’s Pauly D, Nikki Hall’s Romance