बाढीपहिरोबाट पृथ्वी राजमार्गसहित मुख्यसडक अवरुद्ध

बाढीपहिरोबाट पृथ्वी राजमार्गसहित मुख्यसडक अवरुद्ध

काठमाडौँ– बाढी पहिरोले देशका विभिन्न राष्ट्रिय राजमार्ग र मुख्यसडक अवरुद्ध भएका छन्।

सडक विभागका अनुसार काठमाडौँ उपत्यका जोड्ने पृथ्वी राजमार्ग, बिपी राजमार्ग र कान्ति राजमार्गसहित सात राष्ट्रिय राजमार्गमा यातायात पूर्णरुपमा अवरुद्ध भएको छ ।

पूर्व–पश्चिम राजमार्गसहित छ सडक खण्डमा एकतर्फी र आंशिकरुपमा यातायात सञ्चालनमा आएको छ । विभागका अनुसार पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको रजैयामा पहिरो गएकाले हाल एकतर्फी सञ्चालनमा आएको छ । पहिरो पन्छाएर पूर्णरुपमा सडक सञ्चालनका लागि मेसिन परिचालन गरिएको छ ।

पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर, तिङ्ग्राङखानी, बाङ्गे र चालिसेमा पहिरो खसेको छ । पहिरोका कारण दुईतर्फी सडक अवरुद्ध भएको छ । पहिरो पन्छाउने काम भइरहेको छ ।

नारायणघाट–मुग्लिन सडकखण्डको नाम्सी खोला पुलमा लेदोसहितको पहिरो खस्दा सडक अवरुद्ध भएको छ । सो पहिरो हटाउने क्रम जारी छ ।

बिपी राजमार्गको माम्ती, पिप्ले, दाउन्ने–कालोपुल, चारसयबेँसी, कटुन्जे, चौकीडाँडालगायत स्थानमा पहिरो तथा बाढीले डाइभर्सन बगाउँदा यातयात सेवा अवरुद्ध भएको छ । निरन्तरको वर्षा र पहिरो खस्ने क्रम नरोकिएकाले आज सडक सञ्चालन गर्न नसकिने विभागले जनाएको छ ।

यसैगरी, कान्ति राजमार्गको चपली र तकुर्चेलायत स्थानमा पहिरो झरेका कारण सवारी आवागमन बन्द रहेको छ । सिद्धिचरण राजमार्गअन्तर्गत ओखलढुङ्गा–सल्लेरी, सोलु खोला नजिक सडक भासिदा भित्तो कटान गरी अस्थायी रुपमा सञ्चालन भएको छ ।

मध्यपहाडी राजमार्गस्थित बागलुङको घोडाबाँधे–हटिया खण्ड, नरेठाँटी, काफलठुटा, झाँक्रीस्थान, चौराहलगायत स्थानमा पहिरो तथा ढलेका रुख हटाइ सडक एकतर्फी सञ्चालनमा ल्याइको छ ।

कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दीको रघुगङ्गा–२ बैसेरी सिरुवारीमा झरेको पहिरो वर्षा कारण पन्छाउन कठिनाइ भएको छ । यस्तै जैमिनी–८, बेलबगरमा स्थानीय यातायातका लागि एकतर्फी खुला गरिएको छ भने लामा दूरीका सवारीलाई हाल अनुमति दिइएको छैन ।

तमोर करिडोरको मुलघाट–फिदिम खण्डको छरुवा खोला, नवा खोला र रानीगाउँमा सडक आंशिक अवरुद्ध भएको छ । नदीको बहाव बढ्दा सडक अवरुद्ध हुने र घटेपछि सञ्चालन हुने अवस्था रहेको विभागले जनाएको छ ।

राप्ती राजमार्गको कपुरकोट–खारखोला–टुनीकोटमा पहिरो झेरपछि सडक पूर्णरुपमा बन्द भएको छ ।

कर्णाली राजमार्गको गगने खोला, राँका तथा बाङ्गेसिमल–दहीखोला खण्डमा पहिरो कारण यातायात प्रभावित भएको छ । पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउने काम भइरहेको छ ।

भालुवाङ–चकचके–लिवाङ सडकको विभिन्न स्थानमा पहिरो खसेपछि आंशिक अवरोध भएको छ । साना सवारीसधान सावधानीपूर्व सञ्चालनमा ल्याएको छ भने पहिरो तथा ढुङ्गा हटाउने काम भइरहेको छ ।

यस्तै बेसीसहर–चामे सडकअन्तर्गत मनाङको नासो गाउँपालिकाको खोत्रोमा ढुङ्गा खसेकाले पहिरो पन्छाउन कठिनाइ हुँदा सडक पूर्णरुपमा बन्द भएको छ ।

विभागका प्रवक्ता शुभराज न्यौपानेका अनुसार सडक अवरोध हटाउन तथा यातायात सेवा यथाशीघ्र सञ्चालन गर्न उपकरण तथा प्राविधिक प्रभावित क्षेत्रमा परिचालन भएका छन् ।

Source link

संबधित खबर

धेरै पढ़िएको

India’s Got Latent 2 Ayushmann Khurrana Episode Dailymotion: Who Are The Panelists Of YouTube Bonus Episode 4 Members Only | Where To Watch India’s Got Latent 2 Ayushmann Khurrana Episode Online? | When Will India’s Got Latent 2 Ayushmann Khurrana Episode September 27 Episode Drop On Dailymotion

लालबकैया नदीको कटान तीव्र,जोखिमयुक्त क्षेत्रको निरन्तर निगरानी

लालबकैया नदीको कटान तीव्र,जोखिमयुक्त क्षेत्रको निरन्तर निगरानी

Hanuman Ansh Box Office Collections: Biggest 8th week of all time surpassing Gadar, on track to Rs 300 crore club

Hanuman Ansh Box Office Collections: Biggest 8th week of all time surpassing Gadar, on track to Rs 300 crore club

बाढीपहिरोबाट पृथ्वी राजमार्गसहित मुख्यसडक अवरुद्ध

बाढीपहिरोबाट पृथ्वी राजमार्गसहित मुख्यसडक अवरुद्ध

Heart of the Beast: Brad Pitt Takes A New Adrenaline Rush In His Survival Adventure Thriller

Heart of the Beast: Brad Pitt Takes A New Adrenaline Rush In His Survival Adventure Thriller

Jacob Elordi Cheers On Kendall Jenner at Bottega Veneta Runway Show

Jacob Elordi Cheers On Kendall Jenner at Bottega Veneta Runway Show

Ranbir Kapoor, Sai Pallavi And MrBeast Pose With Team Ramayana

Ranbir Kapoor, Sai Pallavi And MrBeast Pose With Team Ramayana