मनास्लु आरोहका क्रममा हिउँले पुरिएर मृत्यु भएका दुईजनाको शव काठमाडौ पठाइयो

मनास्लु आरोहका क्रममा हिउँले पुरिएर मृत्यु भएका दुईजनाको शव काठमाडौ पठाइयो

गोरखा-  चुमनुब्री गाउँपालिका-१ स्थित मनास्लु हिमालको क्याम्प–३ मा हिउँले पुरिएर मृत्यु भएका जर्मनी नागरिक ध्रुवज्योति गुहा र नेपाली नागरिक फुर्सेम्बा शेर्पाको शव काठमाडौं पठाइएको छ।

जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी राजकुमार श्रेष्ठका अनुसार दुवै जनाको शव आज बिहान ६ः५२ बजे एभरेस्ट एयरको हेलिकोप्टरमार्फत काठमाडौंस्थित शिक्षण अस्पतालमा पठाइएको हो।

मनास्लु आरोहणका क्रममा चुमनुब्री गाउँपालिका–१ सामागाउँस्थित क्याम्प–३ मा यही असोज ४ गते टेन्टभित्र हिउँले पुरिएको अवस्थामा दुवै जनाको शव फेला परेको थियो। जर्मनी नागरिक गुहा मकालु एड्भेन्चर कम्पनी काठमाडौंमार्फत मनास्लु आरोहणका लागि नेपाल आएका आएका थिए ।

संखुवासभाको मकालु गाउँपालिका–२ का ४८ वर्षका नेपाली नागरिक शेर्पा ट्रेकिङ गाइड भएको प्रहरीको भनाइ छ । मौसम प्रतिकूल भएपछि तत्काल शव उद्धारमा समस्या भएको थियो। मौसम खुलेसँगै मंगलबार साँझ एभरेस्ट एयरको हेलिकोप्टरमार्फत दुवै शव उद्धार गरी सामागाउँ ल्याएर चुमनुब्री गाउँपालिका–१ स्थित वडा कार्यालयको कोठामा राखिएको थियो।

आज बिहान मौसम तथा उडानको अवस्था अनुकूल भएपछि दुवै शव हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको हो ।

Source link

संबधित खबर

धेरै पढ़िएको

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

प्रधानमन्त्री शाह र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

प्रधानमन्त्री शाह र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो

सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो

केयूका संस्थापक उपकुलपति शर्माको राजकीय सम्मानका साथ अन्त्येष्टि

केयूका संस्थापक उपकुलपति शर्माको राजकीय सम्मानका साथ अन्त्येष्टि

नेप्से परिसूचक ११ दशमलव ७७ अङ्कले बढ्यो

नेप्से परिसूचक ११ दशमलव ७७ अङ्कले बढ्यो

पूर्वराष्ट्रपति भण्डारी एमालेको वरिष्ठ नेतामा चयन

पूर्वराष्ट्रपति भण्डारी एमालेको वरिष्ठ नेतामा चयन

जोखिमयुक्त स्थान र विद्यालयहरुमा काठमाडौँ महानगरपालिकाको निगरानी

जोखिमयुक्त स्थान र विद्यालयहरुमा काठमाडौँ महानगरपालिकाको निगरानी