प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

काठमाडौँ– प्रतिनिधिसभाको आजको बैठकबाट राष्ट्रिय सेवा दल विधेयक, २०८३ पारित भएको छ । बैठकमा प्रधानमन्त्री तथा रक्षामन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले प्रस्तुत गर्नुभएको उक्त प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो ।

विधेयक प्रस्तुत गर्दै मन्त्री गौतमले यसअघि राज्य, व्यवस्था तथा सुशासन समितिमा विधेयकमाथि बृहत् छलफल भएको बताउनुभयो । उहाँले बालबालिकाको अधिकार सर्वाेपरी राखेर विधेयक अघि बढाइएको जानकारी गराउनुभयो ।

तालिम लिन चाहने विद्यार्थीका लागि निश्चित मापदण्ड निर्धारण गरिएको उल्लेख गर्दै उहाँले विधेयकमा दूरदराजका विद्यार्थीका लागि तालिम र विकटका विषयलाई प्राथमिकतासहितका प्रावधान गरिएको बताउनुभयो ।

यसअघि विधेयकमाथिको छलफलका क्रममा सांसदहरूले भाग लिँदै आ-आफ्ना धारणा व्यक्त गर्नुभएको थियो । प्रतिनिधिसभाको अर्काे बैठक यही असोज ६ गते दिउँसो १ः०० बजे बस्नेछ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

नेपाल टेलिभिजन र सीटीइभीटीबीच सहकार्य सम्झौता

नेपाल टेलिभिजन र सीटीइभीटीबीच सहकार्य सम्झौता

भोटेकोशी बाढी प्रभावित बालबालिकाको पढाइ रोकिँदैन: शिक्षामन्त्री

भोटेकोशी बाढी प्रभावित बालबालिकाको पढाइ रोकिँदैन: शिक्षामन्त्री

राष्ट्रसंघको महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेताहरूसँग गर्नुभयो छलफल

राष्ट्रसंघको महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेताहरूसँग गर्नुभयो छलफल

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर