तत्कालीन प्रमुख मालपोत अधिकृतसहित पाँच जनाविरुद्ध मुद्दा दायर

तत्कालीन प्रमुख मालपोत अधिकृतसहित पाँच जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भैरहवा, रुपन्देहीका तत्कालीन प्रमुख मालपोत अधिकृत कुमार आचार्यसहित पाँच जनाविरुद्ध गैरकानुनी लाभ वा हानी गरेको भन्दै आज विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ ।

आयोगले मालपोत कार्यालय, भैरहवा, रुपन्देहीका तत्कालीन प्रमुख मालपोत अधिकृत आचार्यसमेत पाँच जनाउपर गैरकानुनी लाभ वा हानि, गलत लिखत एवं सरकारी कागजात सच्च्याइ भ्रष्टाचार गरेकोसम्बन्धी आरोपपत्र दायर गरिएको जनाएको छ ।

आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार तत्कालीन मालपोत अधिकृत आचार्य, तत्कालीन नायब सुब्बाद्वय लक्ष्मणप्रसाद न्यौपाने, अजितकुमार साहनी (चाई), तत्कालीन खरिदार मेघबहादुर भुजेल मगर र जग्गाधनी पर्वतराजकान्त मिश्र भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१)को बमोजिमको कसुरमा बिगो रु चार करोड ५३ लाख ४१ हजार ८०० रकम कायम गरी सोही ऐनको  दफा ८ को उपदफा (१) बमोजिम कैद तथा बिगोबमोजिम जरिवाना कायम गरी आरोपपत्र दायर गरिएको हो ।

–––

Source link

संबधित खबर

धेरै पढ़िएको

भोटेकोशी-त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन

भोटेकोशी-त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन

सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ राष्ट्रिय सभाबाट पारित

सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ राष्ट्रिय सभाबाट पारित

बाढी प्रभावितको पुनःस्थापना र सामाजिक संरक्षणमा मन्त्री बादीको चासो, उत्तरगया अध्यक्षसँग छलफल

बाढी प्रभावितको पुनःस्थापना र सामाजिक संरक्षणमा मन्त्री बादीको चासो, उत्तरगया अध्यक्षसँग छलफल

पार्टीलाई नयाँ ऊर्जा र स्पष्ट मार्गसहित अघि बढाउने अध्यक्ष ओलीको भनाइ

पार्टीलाई नयाँ ऊर्जा र स्पष्ट मार्गसहित अघि बढाउने अध्यक्ष ओलीको भनाइ

स्वदेशमै स्रोत र सीपलाई सदुपयोग गर्न सके यही काम गर्न र कमाउन सकिन्छ

स्वदेशमै स्रोत र सीपलाई सदुपयोग गर्न सके यही काम गर्न र कमाउन सकिन्छ

राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन

राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन

गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह