Thursday, 29 October 2026
ब्रेकिङ
समाचार

उद्धार तथा राहतका लागि चीनको मौसमसम्बन्धी सहयोग निरन्तर

उद्धार तथा राहतका लागि चीनको मौसमसम्बन्धी सहयोग निरन्तर




काठमाडौँ- चीनले  नेपाललाई मौसम निगरानी, पूर्वानुमान, पूर्वसूचना तथा मौसमजन्य प्रभावसम्बन्धी सेवा निरन्तर उपलब्ध गराउने बताएको छ ।

चीनको मौसम विज्ञान प्रशासनका प्रवक्ता वाङ यावेईले बुधबार आयोजित पत्रकार सम्मेलनमा विपद्पछि प्रशासनले नेपालका मौसमसम्बन्धी निकायसँग तत्कालै भिडियोमार्फत मौसमसम्बन्धी परामर्श गरेको र नेपालमा जारी उद्धार तथा राहत कार्यका लागि सक्रिय रूपमा मौसमसम्बन्धी सहयोग उपलब्ध गराउँदै आएको जानकारी दिनु भएको हो।

 नेपालमा आपत्कालीन प्रतिक्रिया तथा विपद् व्यवस्थापनका लागि आवश्यक सहयोग पुर्‍याउन चीनका मौसमसम्बन्धी निकायले व्यापक मौसम सेवा सुनिश्चित गर्नुका साथै नेपालसँगको अन्तर्राष्ट्रिय सहकार्यलाई थप मजबुत बनाउने पनि उहाँले बताउनु भयो ।

Source link

तपाईंको प्रतिक्रिया