गोसाइँकुण्डको महत्वसँग जोडिएको गोसाइँस्थान – सार्वजनिक सेवा प्रसारण संस्था

गोसाइँकुण्डको महत्वसँग जोडिएको गोसाइँस्थान – सार्वजनिक सेवा प्रसारण संस्था

काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकको बनेपास्थित गोसाइँस्थान, महत्त्वपूर्ण धार्मिकस्थल रसुवाको गोसाइँकुण्ड–तिर्थाटनसँग जोडिएको मानिँदै आइएको छ ।

गोसाइँस्थानमा साउन शुक्ल पूर्णिमाको दिन अर्थात् आज भव्य मेला लाग्दैछ । आज जनैपूर्णिमा अर्थात् रक्षाबन्धनका अवसरमा स्थानीयवासी एवं छिमेकका विभिन्न जिल्लाबाट आएका भक्तजन जात्रामा सामेल भएका छन् ।

बनेपा नगरपालिका–६ स्थित गोसाइँस्थानमा बर्सेनि जनैधारण गर्ने तथा शिव मन्दिरमा दर्शन तथा पूजाअर्चना गर्न दर्शनार्थीको भीडभाड हुने गर्दछ । विभिन्न छिमेकी जिल्लाबाट यहाँ आउने भक्तजन पैदलयात्रा गरेरै त्यहाँ पुग्न रुचाउँछन् । उक्त स्थानमा हिन्दू र बोनधर्म परम्पराअनुसार पूजा र दर्शन गर्ने गरिन्छ । हिन्दू धर्म–संस्कारअनुसार त्यहाँ रहेको शिव मन्दिरमा पूजा गर्ने र ब्राह्मणबाट रक्षाबन्धन र टीका लगाइन्छ ।

यस्तै तामाङ समुदायका मानिस तथा ‘झाँक्री’ले ढ्याङ्ग्रो बजाउँदै विभिन्न तरिकाले पूजा र दर्शन गर्ने गर्दछन् । नेवार समुदायले अन्तपात चढाउने, ब्राम्हण समुदायले जनै लगाउने र हातमा रक्षाबन्धन (डोरो) बान्ने प्रचलन छ । जात्रामा महिला र पुरुषबीचमा तामाङ सेलो गाएर आफ्ना मनका भावना साटासाट गरेर रमाइलो गर्ने प्रचलन रहँदै आएको छ ।

धार्मिक आस्थाका हिसाबले निकै महत्त्वपूर्ण मानिएको उक्त मेलामा काभ्रेपलाञ्चोकलगायत काठमाडौँ, ललितपुर, भक्तपुर, सिन्धुपाल्चोकका भक्तजन आउने गर्दछन् । गत वर्षभन्दा यस वर्ष गोसाइँस्थान क्षेत्र थप व्यवस्थित बनाइएको गोसाइँस्थान संरक्षण समितिका अध्यक्ष भेषराज शाहले बताउनुभयो । उहाँका अनुसार ‘लकडाउन’यता बर्सेनि भक्तजनको उल्लेख्य वृद्धि भइरहेको छ । जात्रा अवधिभर बनेपाको बुडोलदेखि नै सडक दायाँबायाँ व्यापारिक चहलपहल निकै बढ्ने गर्दछ ।

रसुवाको गोसाइँकुण्ड पुग्न नसक्नेले बनेपाको गोसाइँस्थानमा गएर दर्शन गर्ने प्रचलन रहँदै आएको स्थानीय बूढापाका बताउँछन् । “गोसाइँकुण्ड पुग्न नसक्नेले यहाँको गोसाइँस्थानमा गएर दर्शन गरी स्नान गर्नाले मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ”, स्थानीय भैरव केसीले भन्नुभयो ।

बजार बनेपाबाट उत्तर–पूर्वतर्फ हरियाली भएर उभिएको गोसाइँस्थान डाँडा धार्मिक र पर्यापर्यटनको दृष्टिकोणले प्रसिद्ध मानिँदै आइएको छ । व्यापारिक क्षेत्र बनेपा र पर्यटकीयस्थल धुलिखेलको बीचमा रहेको गोसाइँस्थान आफैँमा मनमोहक छ । यस्तै, त्यसमाथिको अग्लो डाँडामा रहेको दृश्यावलोकन स्तम्भले सो डाँडालाई थप लोकप्रिय बनाएको छ । यस्तै, संस्कृत गुरुकूल विद्यालय सञ्चालनले थप चहलपहल बढाएको छ ।

हरेक शुक्रबार र शनिबार दृश्यावलोकनस्तम्भ तथा त्यहाँका प्राकृतिक मनमोहकस्थल घुम्नका लागि धेरै मानिस आउने गरेका छैनन् । “गोसाइँस्थान र दृश्यावलोकनस्तम्भ क्षेत्र जाने सडक, सिँढी र अन्य थप भौतिक संरचना निर्माणले घुम्न जानेको सङ्ख्या वृद्धि हुँदै गएको छ”, स्थानीय दीपक कार्कीले भन्नुभयो ।

उक्त स्थानमा हाल नयाँ मुक्तिनाथ मन्दिर, हनुमान मन्दिर निर्माणसँगै घण्टासमेत राखिएको छ भने रामायण भजन गर्ने भवन, पक्की शौचालय निर्माण गरिएको छ । उद्यान निर्माणको तयारी भइरहेको समितिले जनाएको छ । त्यहाँबाट हाइकिङ गर्दै अर्को चर्चित पर्यटकीयस्थल नगरकोट पुग्न सकिन्छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

विद्युत् आपूर्ति नियमित हुँदै – सार्वजनिक सेवा प्रसारण संस्था

विद्युत् आपूर्ति नियमित हुँदै – सार्वजनिक सेवा प्रसारण संस्था

गोसाइँकुण्डको महत्वसँग जोडिएको गोसाइँस्थान – सार्वजनिक सेवा प्रसारण संस्था

गोसाइँकुण्डको महत्वसँग जोडिएको गोसाइँस्थान – सार्वजनिक सेवा प्रसारण संस्था

प्रधानमन्त्री शाह बाढीबाट प्रभावित क्षेत्रको निरीक्षण गरी काठमाडौँ फिर्ता

प्रधानमन्त्री शाह बाढीबाट प्रभावित क्षेत्रको निरीक्षण गरी काठमाडौँ फिर्ता

उद्धार तथा राहतमा तीव्रता :बेपत्ता जीवितै भेटिने आशामा आफन्तजन

उद्धार तथा राहतमा तीव्रता :बेपत्ता जीवितै भेटिने आशामा आफन्तजन

नेपालको दुःखमा साथ दिने युएईको प्रतिबद्धता

नेपालको दुःखमा साथ दिने युएईको प्रतिबद्धता

१३ हजार २९५ जना सुरक्षाकर्मी परिचालन – सार्वजनिक सेवा प्रसारण संस्था

१३ हजार २९५ जना सुरक्षाकर्मी परिचालन – सार्वजनिक सेवा प्रसारण संस्था

अपुष्ट सूचना, तस्बिर र श्रव्यदृश्य सामग्री प्रसारण नगर्न सञ्चार मन्त्रालयको अपिल

अपुष्ट सूचना, तस्बिर र श्रव्यदृश्य सामग्री प्रसारण नगर्न सञ्चार मन्त्रालयको अपिल