प्रधानमन्त्री शाह बाढीबाट प्रभावित क्षेत्रको निरीक्षण गरी काठमाडौँ फिर्ता

प्रधानमन्त्री शाह बाढीबाट प्रभावित क्षेत्रको निरीक्षण गरी काठमाडौँ फिर्ता

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाहले आज बाढीबाट अत्यधिक प्रभावित नुवाकोटको विदुर तथा आसपासका क्षेत्रको स्थलगत निरीक्षण सम्पन्न गर्नुभएको छ।

आज बिहान ९:३० बजे सडकमार्ग हुँदै पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसहित नुवाकोट प्रस्थान गर्नुभएका प्रधानमन्त्री शाह प्रभावित बस्तीहरूको भौतिक अवस्था र क्षतिको अवलोकन पश्चात् काठमाडौँ फर्कनुभएको छ।

​हिजो रसुवाको भोटेकोशी हुँदै आएको बाढीले नदी तटीय क्षेत्रहरूमा ठूलो क्षति पुर्‍याउनासाथ प्रधानमन्त्री शाह उद्धार र राहत कार्यलाई प्रभावकारी बनाउन निरन्तर सक्रिय रहनुभएको थियो। बाढीलगत्तै उच्चस्तरीय बैठकहरू आह्वान गरी मातहतका निकायहरूलाई आवश्यक निर्देशन दिनुभएका उहाँले विदुर र त्यस आसपासका बाढी प्रभावित क्षेत्रको प्रत्यक्ष जानकारी लिनुभएको हो।

भ्रमणका क्रममा प्रधानमन्त्रीको टोलीले बाढीबाट पुगेको भौतिक क्षतिको स्थलगत अनुगमन गर्नुका साथै स्थानीय प्रशासन, सुरक्षा निकाय र जनप्रतिनिधिसँग विस्तृत छलफल गरेको थियो।

सो क्रममा प्रधानमन्त्री शाहले विस्थापित परिवारका लागि तत्काल राहत उपलब्ध गराउन, अवरुद्ध सडक तथा पूर्वाधारहरू शीघ्र सञ्चालनमा ल्याउन र दीर्घकालीन पुनर्स्थापनाको कामलाई तीव्रता दिन स्थानीय प्रशासन र सम्बद्ध निकायहरूलाई निर्देशन दिनुभयो।
स्थलगत निरीक्षण र आवश्यक निर्देशन पश्चात् प्रधानमन्त्रीको टोली आजै काठमाडौँ फर्किएको छ।

Source link

संबधित खबर

धेरै पढ़िएको

प्रधानमन्त्री शाह बाढीबाट प्रभावित क्षेत्रको निरीक्षण गरी काठमाडौँ फिर्ता

प्रधानमन्त्री शाह बाढीबाट प्रभावित क्षेत्रको निरीक्षण गरी काठमाडौँ फिर्ता

उद्धार तथा राहतमा तीव्रता :बेपत्ता जीवितै भेटिने आशामा आफन्तजन

उद्धार तथा राहतमा तीव्रता :बेपत्ता जीवितै भेटिने आशामा आफन्तजन

नेपालको दुःखमा साथ दिने युएईको प्रतिबद्धता

नेपालको दुःखमा साथ दिने युएईको प्रतिबद्धता

१३ हजार २९५ जना सुरक्षाकर्मी परिचालन – सार्वजनिक सेवा प्रसारण संस्था

१३ हजार २९५ जना सुरक्षाकर्मी परिचालन – सार्वजनिक सेवा प्रसारण संस्था

अपुष्ट सूचना, तस्बिर र श्रव्यदृश्य सामग्री प्रसारण नगर्न सञ्चार मन्त्रालयको अपिल

अपुष्ट सूचना, तस्बिर र श्रव्यदृश्य सामग्री प्रसारण नगर्न सञ्चार मन्त्रालयको अपिल

४० किलोमिटर सडक र ४१ पुल क्षतिग्रस्त

४० किलोमिटर सडक र ४१ पुल क्षतिग्रस्त

राहत तथा उद्धारका लागि सम्पूर्ण संयन्त्र परिचालित छन्: प्रधानमन्त्री

राहत तथा उद्धारका लागि सम्पूर्ण संयन्त्र परिचालित छन्: प्रधानमन्त्री