प्रधानमन्त्री बालेन्द्र शाह मुस्ताङमा – सार्वजनिक सेवा प्रसारण संस्था

प्रधानमन्त्री बालेन्द्र शाह मुस्ताङमा – सार्वजनिक सेवा प्रसारण संस्था

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाह निजी भ्रमणका लागि आज हिमालपारीको जिल्ला मुस्ताङ पुग्नुभएको छ । शुक्रवार कास्कीको माछापुच्छ्रे गाउँपालिका ६ अस्तामस्थित अन्नपूर्ण ईको भिलेज रिसोर्टमा बस्नुभएका प्रधानमन्त्री शाह आज पोखरा–कुश्मा–मालढुङ्गा हुँदै बेनी–जोमसोम सडकमार्ग भएर मुस्ताङ पुग्नुभएको हो ।

प्रधानमन्त्री शाहसहितको टोली मुस्ताङ सदरमुकाम जोमसोममा बास बसेको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ । प्रधानमन्त्री बालेन्द्र शाह नितान्त आफ्नो निजी भ्रमणको लागि मुस्ताङ आउनुभएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी अजिता शर्माले जानकारी दिनुभयो ।

उहाँले प्रधानमन्त्री शाहको मुस्ताङमा अन्य औपचारिक कार्यक्रमको बारेमा कुनै पनि जानकारी प्राप्त नभएको बताउँदै सुरक्षा व्यवस्था प्रभावकारी र मजबुत बनाइएको बताउनुभयो । प्रधानमन्त्री भएपछि सडकमार्ग हुँदै पहिलोपटक मुस्ताङको भ्रमणमा निस्किनुभएका प्रधानमन्त्री शाहको भ्रमणबाट निर्माणाधीन बेनी–जोमसोम सडकखण्डमा स्तरोन्नतिको कार्यले समयमै पूर्णता पाउनेमा म्याग्दी र मुस्ताङका स्थानीयले विश्वास गरेका छन् ।

Source link

संबधित खबर

धेरै पढ़िएको

मृतक बालिका चौधरीका आमा–बुबासँग गृहमन्त्रालयमा छलफल 

मृतक बालिका चौधरीका आमा–बुबासँग गृहमन्त्रालयमा छलफल 

प्रधानमन्त्री बालेन्द्र शाह मुस्ताङमा – सार्वजनिक सेवा प्रसारण संस्था

प्रधानमन्त्री बालेन्द्र शाह मुस्ताङमा – सार्वजनिक सेवा प्रसारण संस्था

१५ कार्यालयमा सेवा प्रवाह सुधारका लागि निर्देशन

१५ कार्यालयमा सेवा प्रवाह सुधारका लागि निर्देशन

सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच सहमति

सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच सहमति

मन्त्री पोखरेल – सार्वजनिक सेवा प्रसारण संस्था

मन्त्री पोखरेल – सार्वजनिक सेवा प्रसारण संस्था

पर्यटक लोभ्याउँदै राक्सिराङको ‘जलपरी झरना’

पर्यटक लोभ्याउँदै राक्सिराङको ‘जलपरी झरना’

उद्योगमन्त्री यादवद्वारा हेटौँडा कपडा उद्योगको अवलोकन

उद्योगमन्त्री यादवद्वारा हेटौँडा कपडा उद्योगको अवलोकन