१५ कार्यालयमा सेवा प्रवाह सुधारका लागि निर्देशन

१५ कार्यालयमा सेवा प्रवाह सुधारका लागि निर्देशन

काठमाडौँ– प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको राष्ट्रिय सतर्कता केन्द्रले उपत्यकाका विभिन्न सरकारी कार्यालयमा अनुगमन गरी सेवा प्रवाह सुधार, कर्मचारीको समय पालना तथा तोकिएको पोसाक र आचरण पालना गर्न निर्देशन दिएको छ ।

केन्द्रका  अनुसार भदौ ५ गते शुक्रबार काठमाडौँ, ललितपुर र भक्तपुरका १५ वटा कार्यालयमा अनुगमन गरिएको थियो । अनुगमनका क्रममा कार्यालयको सेवा प्रवाह, कर्मचारीको समयपालना, पोसाक तथा आचरणको अवस्थाबारे निरीक्षण गरिएको थियो ।

अनुगमन गरिएका कार्यालयमा यातायात व्यवस्था कार्यालय एकान्तकुना र जडीबुटी, जिल्ला खेलकुद विकास समिति भक्तपुर र ललितपुर, काठमाडौँ महानगरपालिकाका वडा नं. ७ र ८ का कार्यालय, रामघाट प्राथमिक स्वास्थ्य केन्द्र, डिभिजन वन कार्यालय सानोठिमी, मनोहरा जग्गा एकीकरण आयोजना, आन्तरिक राजस्व कार्यालय कोटेश्वर, जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्र, नेपाल गुणस्तर तथा नापतौल विभाग, राष्ट्रिय मत्स्य प्रवर्द्धन तथा संरक्षण केन्द्र, आन्तरिक राजस्व कार्यालय बालाजु र काठमाडौं दुग्ध वितरण आयोजना रहेका छन् ।

केन्द्रका अनुसार अनुगमनपछि सम्बन्धित कार्यालयलाई प्रचलित कानुन बमोजिम कर्मचारीमाथि आवश्यक कारबाही गरी केन्द्रलाई जानकारी गराउन निर्देशन दिइएको छ । कतिपय कार्यालयलाई सेवा प्रवाह थप प्रभावकारी र जनमैत्री बनाउन विशेष निर्देशनसमेत दिइएको विवरणमा उल्लेख छ ।

काठमाडौँ महानगरपालिका वडा नं. ७ र ८ का कार्यालयलाई सेवा प्रवाह थप प्रभावकारी र जनमैत्री बनाउन निर्देशन दिइएको छ । रामघाट प्राथमिक स्वास्थ्य केन्द्रलाई सेवा सम्बन्धी प्रचलित कानुन बमोजिम कारबाही गरी केन्द्रलाई जानकारी गराउन भनिएको छ । मनोहरा जग्गा एकीकरण आयोजनालाई अनिवार्य नागरिक बडापत्र राख्न र सहयात्री समितिको बैठक नबसेकोले बैठक बस्न निर्देशन दिइएको छ ।

जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्रलाई प्रचलित कानुनबमोजिम कारबाही गरी केन्द्रलाई जानकारी गराउन तथा काठमाडौं दुग्ध वितरण आयोजनालाई ई–हाजिरी व्यवस्था जडान गर्न निर्देशन दिइएको छ ।

अनुगमन विवरणअनुसार सम्बन्धित कार्यालयमा कार्यरत कर्मचारीमध्ये केहीले तोकिएको समयमा कार्यालयमा उपस्थित नभएको तथा कतिपयले तोकिएको पोसाक नलगाएको समेत पाइएको छ । केन्द्रले सेवा प्रवाहलाई प्रभावकारी, अनुशासित र नागरिकमैत्री बनाउन नियमित अनुगमन तथा आवश्यक सुधारका लागि निर्देशन दिएको हो ।

केन्द्रले सरकारी सेवालाई नागरिकमैत्री, अनुशासित र मर्यादित बनाउनका लागि सक्रियता बढाएको छ । सरकारी निकायमा भ्रष्टाचार भएको, कर्मचारीले आचारसंहिता पालना नगरेको  वा शङ्कास्पद सम्पत्ति रहेको सूचना केन्द्रको हटलाइन ०१४२००३४५ मा फोन गरेर टिपाउन सकिने केन्द्रले जनाएको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

१५ कार्यालयमा सेवा प्रवाह सुधारका लागि निर्देशन

१५ कार्यालयमा सेवा प्रवाह सुधारका लागि निर्देशन

सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच सहमति

सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच सहमति

मन्त्री पोखरेल – सार्वजनिक सेवा प्रसारण संस्था

मन्त्री पोखरेल – सार्वजनिक सेवा प्रसारण संस्था

पर्यटक लोभ्याउँदै राक्सिराङको ‘जलपरी झरना’

पर्यटक लोभ्याउँदै राक्सिराङको ‘जलपरी झरना’

उद्योगमन्त्री यादवद्वारा हेटौँडा कपडा उद्योगको अवलोकन

उद्योगमन्त्री यादवद्वारा हेटौँडा कपडा उद्योगको अवलोकन

भूमिसम्बन्धी समस्या समाधान सरकारको उच्च प्राथमिकतामा छः मन्त्री रावल

भूमिसम्बन्धी समस्या समाधान सरकारको उच्च प्राथमिकतामा छः मन्त्री रावल

पारिश्रमिक बढेपछि विद्यालय कर्मचारीको आन्दोलन स्थगित

पारिश्रमिक बढेपछि विद्यालय कर्मचारीको आन्दोलन स्थगित