बागमतीमा मुख्यमन्त्री थापामगरसहित ६ मन्त्रीको शपथ

बागमतीमा मुख्यमन्त्री थापामगरसहित ६ मन्त्रीको शपथ

हेटौँडा-  बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापामगरसहित ६ जना मन्त्रीले बिहीबार पद तथा गोपनीयताको शपथ लिनुभएको छ।

प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा मुख्यमन्त्री थापामगर तथा नवनियुक्त मन्त्रीहरूलाई शपथ गराउनुभएको हो।

मुख्यमन्त्री थापामगरको नेतृत्वमा गठन भएको नयाँ मन्त्रिपरिषदमा नेकपाका सरल सहयात्री पौडेलले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ।

त्यस्तै, राप्रपाका गिरबहादुर तामाङ स्वास्थ्य तथा सामाजिक विकासमन्त्री, राजेन्द्र प्रजापति उद्योग, पर्यटन, श्रम तथा यातायातमन्त्री र राजु विष्ट खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री नियुक्त हुनुभएको छ।

यस्तै, नेकपा एमालेका भरत केसी भौतिक पूर्वाधार विकासमन्त्री नियुक्त हुनुभएको छ भने ज्ञानबहादुर तामाङले बिना विभागीय मन्त्रीका रूपमा शपथ लिनुभएको छ।

नयाँ सरकार नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को समर्थनमा गठन भएको हो । बागमती प्रदेशको स्वास्थ्य मन्त्रालय दुई पटक सम्हालिसक्नुभएका थापामगर प्रदेशको सातौँ मुख्यमन्त्री बन्नुभएको हो।।

Source link

संबधित खबर

धेरै पढ़िएको

सुनको मुल्य तोलामा ९ हजार ३०० रुपैँयाले बढ्यो

सुनको मुल्य तोलामा ९ हजार ३०० रुपैँयाले बढ्यो

बागमतीमा मुख्यमन्त्री थापामगरसहित ६ मन्त्रीको शपथ

बागमतीमा मुख्यमन्त्री थापामगरसहित ६ मन्त्रीको शपथ

कर्णाली नदीमा पाैडी खेल्ने क्रममा २ जना बालबालिका बेपत्ता

कर्णाली नदीमा पाैडी खेल्ने क्रममा २ जना बालबालिका बेपत्ता

ह्यारी-मेघन बेलायत फर्कने – सार्वजनिक सेवा प्रसारण संस्था

ह्यारी-मेघन बेलायत फर्कने – सार्वजनिक सेवा प्रसारण संस्था

सञ्चारमन्त्री तिमिल्सिना – सार्वजनिक सेवा प्रसारण संस्था

सञ्चारमन्त्री तिमिल्सिना – सार्वजनिक सेवा प्रसारण संस्था

डोटीको केआईसिंहमा अटो दुर्घटना, एक महिलाको मृत्यु

डोटीको केआईसिंहमा अटो दुर्घटना, एक महिलाको मृत्यु

बागमती प्रदेशको मुख्यमन्त्रीमा एमालेका किरण थापा मगर नियुक्त

बागमती प्रदेशको मुख्यमन्त्रीमा एमालेका किरण थापा मगर नियुक्त