बाँदर-बँदेलका समस्यादेखि शान्ति सुरक्षाका विषयसम्ममा सांसदको चासो

बाँदर-बँदेलका समस्यादेखि शान्ति सुरक्षाका विषयसम्ममा सांसदको चासो

काठमाडौँ- प्रतिनिधिसभाको बैठकमा सांसदहरूले बाँदर र बँदेलबाट किसानले भोग्नुपरेका समस्यादेखि शान्ति सुरक्षासम्मका विभिन्न विषय उठाउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै उहाँहरूले मुलुकका विभिन्न स्थानमा अविरल वर्षाका कारण बाढीपहिरोबाट भएका क्षति र प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो ।

बैठकमा सांसद केपी खनालले कैलालीमा सामुदायिक वनमा ४२ वर्षीय पदम विश्वकर्माको गोली लागि हत्या भएको घटनाको सत्यतथ्य छानबिन गर्न माग गर्नुभयो ।

सांसद अरविन्द साहले बाराको जितपुरमा सिमरा उपमहानगरपालिका–१ मा तीन वर्षकी अबोध बालिकालाई तेस्रो दिनमा मृत भेटिएको घटनाको छानबिन गरी दोषीलाई तत्काल कारबाही गर्न माग गर्नुभयो । उहाँले सिसीटिभी क्यामेरा जडान गर्न र बिजुलीको पोलमा बत्तीको व्यवस्था गर्नसमेत सरकारसँग माग गर्नुभयो ।

सांसद यज्ञबहादुर बोगटी अछाम मङ्गलसेन नगरपालिका–३ मा आज बिहान जङ्गली बँदेल गाउँ पुगेर पाँच जनालाई घाइत बनाएकाप्रति सरकारको ध्यानाकर्षण गराउँदै निःशुल्क उपचार र क्षतिपूर्तिको माग गर्नुभयो । साथै उहाँले बाँदर र बँदेलको ज्यादतीले किसान मारमा परेको भनेर बारम्बार उठाउँदा पनि समस्या समाधान नभएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद रहबर अन्सारीले बारा जितपुरको तीन वर्षे बालिकाको बलात्कारपछि हत्या भएको घटनामा प्रहरीले खोजतलासमा ढिलाइ गरेको टिप्पणी गर्दै त्यस्ता घटनामा तत्काल प्रहरीले खोजी गर्नुपर्नेमा गृहमन्त्रालयको ध्यानाकर्षण गराउनुभयोे ।

सांसद पार्वती विकले गत साउन ३० गते आएको अविरल वर्षाका कारण जाजरकोटमा बाढी आएर ठूलो क्षति भएको र ८९३ जना मानिसलाई होल्डिङ सेन्टरमा राखिएको जानकारी गराउँदै बालबालिका तथा घाइतेहरू धेरै, सुत्केरी, गर्भवतीलाई गाँस, बास र कपासको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद गोपाल शर्माले रुकुम पश्चिमा अवरिल वर्षका कारण विद्यालय, बस्तीमा क्षति पुगेकोप्रति सरकारको ध्यानाकर्षण गराउँदै नागरिकलाई सुरक्षित बासको व्यवस्था गर्न माग गर्नुभयो ।

सांसद प्रशान्त उप्रेतीले हेटौँडामा विद्यालयबाट घर फर्कनले बेलामा चार बालिका मङ्गलबार खोलाले बगाएको दुईको मृत्यु भएको, एक घाइते र एकको अवस्था अज्ञात रहेकोप्रति सरकारको ध्यानार्षण गराउँदै तत्काल पुल निर्माण गर्न माग गर्नुभयो ।

सांसद वासुमाया तामाङले पछिल्लो समय सामाजिक सञ्जालमार्फत धेरै मानिसको चरित्रहत्या गर्ने काम भइरहेको भन्दै तत्काल यस्ता कार्य रोक्न सरकारसँग आग्रह गर्नुभयो ।

Source link

संबधित खबर

धेरै पढ़िएको

सङ्घीय अनुदानमा कार्यरत शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बृद्धि

सङ्घीय अनुदानमा कार्यरत शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बृद्धि

बाँदर-बँदेलका समस्यादेखि शान्ति सुरक्षाका विषयसम्ममा सांसदको चासो

बाँदर-बँदेलका समस्यादेखि शान्ति सुरक्षाका विषयसम्ममा सांसदको चासो

बागमतीको मुख्यमन्त्रीमा एमालेका किरण थापामगरको दाबी पेस

बागमतीको मुख्यमन्त्रीमा एमालेका किरण थापामगरको दाबी पेस

रौतहट र सर्लाहीमा ३ वटा पुल निर्माण कार्य अधुरै, स्थानीयलाई सास्ती

रौतहट र सर्लाहीमा ३ वटा पुल निर्माण कार्य अधुरै, स्थानीयलाई सास्ती

पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध

पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध

देशका विभिन्न सडकमा यातायात अवरुद्ध, पहिरो पन्छाएसँगै सिद्धार्थ राजमार्ग भने सञ्चालनमा

देशका विभिन्न सडकमा यातायात अवरुद्ध, पहिरो पन्छाएसँगै सिद्धार्थ राजमार्ग भने सञ्चालनमा

टोखा–छहरे सडक राति बन्द हुने

टोखा–छहरे सडक राति बन्द हुने