बागमतीको मुख्यमन्त्रीमा एमालेका किरण थापामगरको दाबी पेस

बागमतीको मुख्यमन्त्रीमा एमालेका किरण थापामगरको दाबी पेस

काठमाडौँ- नेकपा एमालेका किरण थापामगरले बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएको छ।

नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठनका लागि आवश्यक ५३ सांसदको समर्थन जुटाएर थापाले बुधबार प्रदेश प्रमुख दीपक प्रसाद देवकोटासमक्ष दाबी पेस गर्नुभएको हो।

मुख्यमन्त्रीका दाबेदार थापाले एमालेका २५, नेकपाका २६ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का १२ गरी कुल ६३ सांसदको समर्थनसहित सरकार गठनका लागि दाबी पेस गर्नुभएको हो।

थापाको दाबी पेसका लागि एमालेका संसदीय दलका नेता जगन्नाथ थपलिया, राप्रपाका सम्सदीय दलका नेता उद्धव थापा र नेकपा संसदीय दलका नेता शालिकराम जम्कट्टेलले समर्थनपत्रमा हस्ताक्षर गर्नुभएको छ । मुख्यमन्त्रीको शपथ बिहीबार अपराह्न ४ बजे हुने भएको छ।

Source link

संबधित खबर

धेरै पढ़िएको

बाँदर-बँदेलका समस्यादेखि शान्ति सुरक्षाका विषयसम्ममा सांसदको चासो

बाँदर-बँदेलका समस्यादेखि शान्ति सुरक्षाका विषयसम्ममा सांसदको चासो

बागमतीको मुख्यमन्त्रीमा एमालेका किरण थापामगरको दाबी पेस

बागमतीको मुख्यमन्त्रीमा एमालेका किरण थापामगरको दाबी पेस

रौतहट र सर्लाहीमा ३ वटा पुल निर्माण कार्य अधुरै, स्थानीयलाई सास्ती

रौतहट र सर्लाहीमा ३ वटा पुल निर्माण कार्य अधुरै, स्थानीयलाई सास्ती

पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध

पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध

देशका विभिन्न सडकमा यातायात अवरुद्ध, पहिरो पन्छाएसँगै सिद्धार्थ राजमार्ग भने सञ्चालनमा

देशका विभिन्न सडकमा यातायात अवरुद्ध, पहिरो पन्छाएसँगै सिद्धार्थ राजमार्ग भने सञ्चालनमा

टोखा–छहरे सडक राति बन्द हुने

टोखा–छहरे सडक राति बन्द हुने

सप्तधारा संरक्षणसँगै जोगिँदै भोजपुर बजारको ‘ऐतिहासिक पहिचान’

सप्तधारा संरक्षणसँगै जोगिँदै भोजपुर बजारको ‘ऐतिहासिक पहिचान’