रास्वपाले बोलायो केन्द्रीय समिति बैठक,यस्ता छन् बैठकका एजेन्डा

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक,यस्ता छन् बैठकका एजेन्डा

काठमाडौं –  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ ।

बैठक पार्टी केन्द्रीय कार्यालय घन्टी घर, वनस्थलीमा आगामी शुक्रबार  बिहान ११ बजे बस्ने बताइएको छ।

पार्टी महामन्त्री विपिन कुमार आचार्यका अनुसार बैठकमा स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट रूपरेखा २०८३ अनुमोदन गर्नेदेखि पार्टीका विभिन्न तहमा मनोनयन गर्ने विषयसम्मका एजेन्डा तय गरिएको छ।

बैठकमा स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट रूपरेखा अनुमोदन गर्ने तथा ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण गर्ने विषयमा छलफल हुने छ।

यस्तै, केन्द्रीय समिति सदस्य, पदाधिकारी, सचिवालय सदस्य र विभागीय प्रमुखहरूको मनोनयन गर्ने विषय पनि बैठकको कार्यसूचीमा छ। स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समितिका सदस्य मनोनयन गर्ने प्रस्तावसमेत बैठकमा प्रस्तुत बताइएको ५ ।

त्यसैगरी, केन्द्रीय समिति र प्रतिनिधि सभा सदस्यको नेतृत्वमा स्थानीय तहमा ‘उम्मेदवार छनोट रूपरेखा’ सम्बन्धी अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने विषयमा पनि छलफल हुने रास्वपाले जनाएको छ।

पार्टीको मुखपत्रका रूपमा ‘स्वतन्त्र’ नामक मासिक डिजिटल पत्रिका प्रकाशन गर्ने प्रस्तावसमेत बैठकमा पेस हुने छ।

Source link

संबधित खबर

धेरै पढ़िएको

राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री शाह नजाने,परराष्ट्रमन्त्री खनालले नेतृत्व गर्ने

राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री शाह नजाने,परराष्ट्रमन्त्री खनालले नेतृत्व गर्ने

प्रधानमन्त्री शाहसँग मन्त्रीहरुको कार्यसम्पादन सम्झौता

प्रधानमन्त्री शाहसँग मन्त्रीहरुको कार्यसम्पादन सम्झौता

सङ्घीय अनुदानमा कार्यरत शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बृद्धि

सङ्घीय अनुदानमा कार्यरत शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बृद्धि

बाँदर-बँदेलका समस्यादेखि शान्ति सुरक्षाका विषयसम्ममा सांसदको चासो

बाँदर-बँदेलका समस्यादेखि शान्ति सुरक्षाका विषयसम्ममा सांसदको चासो

बागमतीको मुख्यमन्त्रीमा एमालेका किरण थापामगरको दाबी पेस

बागमतीको मुख्यमन्त्रीमा एमालेका किरण थापामगरको दाबी पेस

रौतहट र सर्लाहीमा ३ वटा पुल निर्माण कार्य अधुरै, स्थानीयलाई सास्ती

रौतहट र सर्लाहीमा ३ वटा पुल निर्माण कार्य अधुरै, स्थानीयलाई सास्ती

पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध

पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध