सुदूरपश्चिम प्रदेश सभा सदस्य प्रकाशबहादुर देउवा पदमुक्त

सुदूरपश्चिम प्रदेश सभा सदस्य प्रकाशबहादुर देउवा पदमुक्त

 कैलाली- सुदूरपश्चिम प्रदेशसभा सदस्य तथा पूर्व भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवा पदमुक्त हुनुभएको छ ।

लगातार १० भन्दा बढी बैठकमा बिना सूचना अनुपस्थित भएपछि प्रदेशसभाका सभामुख भीमबहादुर भण्डारीले देउवालाई पदमुक्त गर्नुभएको हो ।

देउवा गत वर्ष भदौ २८ गते जेनजी आन्दोलनपछि व्यक्तिगत कामका लागि  अमेरिका जानुभएको थियो।

स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि गएका देउवा करिब ११ महिनासम्म नेपाल फर्किनुभएको छैन।

संविधानको धारा १८०(घ) अनुसार सभालाई सूचना नदिई लगातार १० बैठकमा अनुपस्थित भए प्रदेशसभा सदस्यको पद रिक्त हुने व्यवस्था छ।

देउवा छैटौँ अधिवेशनका २५ मध्ये ८ बैठकमा मात्र उपस्थित हुनुभएको र त्यसपछि सातौँ र आठौँ अधिवेशनका कुनै पनि बैठकमा अनुपस्थित हुनुहुन्थ्यो ।

पछिल्ला २७ बैठकमा उहाँको हाजिरी छैन।

सुदूरपश्चिम प्रदेशसभाको दोस्रो कार्यकालमा हालसम्म १२८ बैठक बसेकामा देउवा ६० बैठकमा मात्रै उपस्थित हुनुभएको थियो।

देउवाको पद रिक्त भएको जानकारी आगामी प्रदेशसभा बैठकमा सभामुखले गराउने तयारी छ।

देउवा कैलाली क्षेत्र नम्बर ५ (२) बाट निर्वाचित प्रदेशसभा सदस्यमा नेपाली काङ्ग्रेसको तर्फबाट विजयी हुनुभएको थियो ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

प्रधानमन्त्री शाहसँग मन्त्रीहरुको कार्यसम्पादन सम्झौता

प्रधानमन्त्री शाहसँग मन्त्रीहरुको कार्यसम्पादन सम्झौता

सङ्घीय अनुदानमा कार्यरत शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बृद्धि

सङ्घीय अनुदानमा कार्यरत शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बृद्धि

बाँदर-बँदेलका समस्यादेखि शान्ति सुरक्षाका विषयसम्ममा सांसदको चासो

बाँदर-बँदेलका समस्यादेखि शान्ति सुरक्षाका विषयसम्ममा सांसदको चासो

बागमतीको मुख्यमन्त्रीमा एमालेका किरण थापामगरको दाबी पेस

बागमतीको मुख्यमन्त्रीमा एमालेका किरण थापामगरको दाबी पेस

रौतहट र सर्लाहीमा ३ वटा पुल निर्माण कार्य अधुरै, स्थानीयलाई सास्ती

रौतहट र सर्लाहीमा ३ वटा पुल निर्माण कार्य अधुरै, स्थानीयलाई सास्ती

पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध

पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध

देशका विभिन्न सडकमा यातायात अवरुद्ध, पहिरो पन्छाएसँगै सिद्धार्थ राजमार्ग भने सञ्चालनमा

देशका विभिन्न सडकमा यातायात अवरुद्ध, पहिरो पन्छाएसँगै सिद्धार्थ राजमार्ग भने सञ्चालनमा