करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत आज दोस्रो चरणका विजेताको छनोट

करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत आज दोस्रो चरणका विजेताको छनोट

काठमाडौँ– करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत साउन महिनाको दोस्रो पाक्षिक पुरस्कार आज घोषणा हुने भएको छ । आन्तरिक राजस्व विभागले अर्थ मन्त्रालयमा कार्यक्रम आयोजना गरी अर्थमन्त्री डा स्वर्णिम वाग्ले र अर्थसचिव डा घनश्याम उपाध्यायमार्फत पुरस्कार घोषणा गर्न लागेको विभागले जनाएको छ ।

गत साउन १६ गतेदेखि ३१ गतेसम्म नियमसम्मत कारोबारमा संलग्न उपभोक्ता आज घोषणा हुने पुरस्कारमा सहभागी हुनेछन् । विभागका अनुसार सुरुआती पहिलो महिनामै पुरस्कारमा सहभागी हुने उपभोक्ताको सङ्ख्यामा उछाल आएको छ । उक्त अवधिमा मात्रै तीन लाख ५७ हजार १४९ वटा नगद कारोबारका बिलहरू उपहारका लागि दर्ता (अपलोड) भएका छन् ।

यसअघि साउनको पहिलो १५ दिनमा बिल अपलोड गर्ने उपभोक्ताको कारोबार सङ्ख्या ७ हजार ७७ मात्रै थियो । साथै क्यूआर कारोबारबाट उपहार योजनामा स्वतः सहभागी भएका उपभोक्ताको कारोबार सङ्ख्या २ करोड ५६ लाख ८ हजार ९४ बाट बढेर ३ करोड २० लाख ८६ हजार ३८० पुगेको छ ।

विभागका अनुसार पछिल्लो १७ दिनको उपहार योजनामा कुल कारोबार सङ्ख्या ३ करोड २४ लाख ४३ हजार २२९ पुगेको छ । यिनैमध्येबाट आज १७ जना विजेता छनोट गरिनेछ । जसमा साउन १६ गतेदेखि ३१ गतेसम्मका १७ दिनका एक–एक जनाले प्रतिव्यक्ति १ लाख ३३ हजार ३३४ रुपैयाँ जित्नेछन्। उनीहरूले कर कटाएर खुद १ लाख प्राप्त गर्नेछन् ।

यस्तै, यी सबैमध्येबाट एक जनाले बम्पर उपहारस्वरूप १० लाख रुपैयाँ जित्नेछन् । यो पुरस्कार रकममा २५ प्रतिशत कर लाग्नेछ । आजको कार्यक्रममा गत साउनको पहिलो पाक्षिकमा उपहार जित्नेहरूलाई नगद पुरस्कार प्रदान गर्ने कार्यक्रम छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

प्रधानमन्त्री शाह र भारतीय सेनापति सेठबीच भेटवार्ता

प्रधानमन्त्री शाह र भारतीय सेनापति सेठबीच भेटवार्ता

झु रोङ्जीको अन्त्येष्टिअघि चीनमा शोक

झु रोङ्जीको अन्त्येष्टिअघि चीनमा शोक

पेसा फेरियो, दलन फेरिएन – सार्वजनिक सेवा प्रसारण संस्था

पेसा फेरियो, दलन फेरिएन – सार्वजनिक सेवा प्रसारण संस्था

अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न आग्रह

अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न आग्रह

मनसुन सक्रिय भएसँगै देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना

मनसुन सक्रिय भएसँगै देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना

मकवानपुरको जुरिखेतमा ‘स्कारपियो’ दुर्घटनामा छ जना घाइते

मकवानपुरको जुरिखेतमा ‘स्कारपियो’ दुर्घटनामा छ जना घाइते

तरकारी बेचबिखनमा बिचौलियाको हालीमुहाली, किसान मर्कामा

तरकारी बेचबिखनमा बिचौलियाको हालीमुहाली, किसान मर्कामा