Thursday, 29 October 2026
ब्रेकिङ
समाचार

बागमती प्रदेशका मुख्यमन्त्री इन्दबहादुर बानियाँको राजीनामा

बागमती प्रदेशका मुख्यमन्त्री इन्दबहादुर बानियाँको राजीनामा

मकवानपुर- बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशसभालाई सम्बोधन गर्दै राजीनामा घोषणा गर्नु भएको छ ।

सरकार टिकाउन आवश्यक सांसदको समर्थन नपाउने अवस्था बनेपछि मुख्यमन्त्री बानियाँले आज दिउँसो १ बजे बसेको प्रदेशसभा बैठकमा सम्बोधन गर्दै आफ्नो एक वर्षे कार्यकालमा सरकारले गरेका काम तथा उपलब्धिबारे जानकारी गराउँदै राजीनामा दिएको घोषणा गर्नुभएको हो ।

सम्बोधनका क्रममा बानियाँले आफ्नो नेतृत्वमा प्रदेश सरकारले गरेका विकास निर्माण, जनमुखी कार्यक्रम तथा प्रदेशको समग्र विकासका लागि अघि बढाइएका योजनाबारे प्रदेशसभालाई जानकारी गराउनुभयो ।

त्यसपछि सरकार गठनका लागि मार्ग प्रशस्त गर्न आफूले राजीनामा दिने घोषणा गर्नुभएको हो ।

मुख्यमन्त्री बानियाँले अब प्रदेश प्रमुखसमक्ष पुगेर औपचारिक रूपमा राजीनामा बुझाउने तयारी गर्नुभएको छ।।

Source link

तपाईंको प्रतिक्रिया