लेखर्कका पहिरोपीडित त्रासमा, स्थायी समाधानका लागि सरकारसँग माग

लेखर्कका पहिरोपीडित त्रासमा, स्थायी समाधानका लागि सरकारसँग माग




रामेछाप -रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ लेखर्कका पहिरोपीडितहरू अझै त्रासमा बाँच्न बाध्य छन् । पहिरोले बस्ती नै जोखिममा परेपछि एक बर्ष अगाडि विस्थापित भएका परिवारहरू सुरक्षित र स्थायी बसोबासको व्यवस्था नहुँदा अन्योलमा परेका छन् । स्थानीयका अनुसार अहिले  वर्षा हुनेबित्तिकै पुनः पहिरो आउन सक्ने डरले राति राम्रोसँग सुत्नसमेत सक्ने अवस्था छैन ।

एक बर्ष अगाडि गाउँमा आएको पहिरोका कारण लेखर्कका ६३ परिवार विस्थापित भएका थिए  । तीमध्ये केही परिवार अहिले पनि गाउँमै आफन्त तथा छिमेकीको आश्रयमा बसिरहेका छन् भने केही परिवारलाई गाउँपालिकानजिकै निर्माण गरिएको अस्थायी जस्ताको टहरामा राखिएको छ । साँघुरा कोठा र सीमित सुविधाका कारण अस्थायी टहरामा बस्ने परिवारलाई दैनिक जीवनयापनमा समेत कठिनाइ भइरहेको ५६ बर्षकी पहिरो पिडित  बिष्णु कुमारी पहरीले बताउनु भयो ।

पहिरोले घर तथा जग्गा क्षति पु¥याएपछि आफ्नै घरमा फर्किएर बस्ने अवस्था नरहेको ६४ बर्षकी पहिरो पीडित मैया पहरीले बताउनु भयो । उहाँ अहिले अस्थाइ रुपमा बनाइएको जस्ताको टहरोको एउटा कोठमामा २ छोरा र बुहारी सहित कष्टसंग् बसिरहनु भएको छ । लेखर्क गाउँमै रहेका परिवारसमेत सुरक्षित महसुस गर्न नसकेको र सामान्य वर्षा हुँदा पनि पहिरोको त्रासले सताउने गरेको उनीहरू बताउँछन् ।

अघिल्लो बर्ष गाउँमा आएको बिनासकारी पहिरोमा एकै परिवारका चार जनासहित १० जनाको मृत्यु भएको थियो  । घटनापछि ठूलो जनधनको क्षति व्यहोरेको लेखर्कका बासिन्दा अहिले राहतभन्दा पनि दीर्घकालीन पुनस्र्थापनाको पर्खाइमा छन् । पहिरोपीडितहरूले सरकारले तत्काल सुरक्षित आवासको व्यवस्था गर्नुका साथै जोखिमयुक्त बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी स्थायी घर निर्माण गरिदिनुपर्ने माग गरेका छन् । उनीहरूले सडक, खानेपानी, विद्युत् तथा अन्य आधारभूत पूर्वाधारको समेत पुनर्निर्माण गर्न सरकारसँग आग्रह गरेका छन् ।

स्थानीयवासीका अनुसार अस्थायी टहरामा लामो समयसम्म बस्न सम्भव छैन । बालबालिका, वृद्धवृद्धा तथा महिलालाई साँघुरो टहरामा बस्न झनै समस्या भएको उनीहरूको भनाइ छ । त्यसैले सरकारले अस्थायी राहतको सट्टा स्थायी पुनस्र्थापनाको स्पष्ट योजना बनाएर काम अघि बढाउनुपर्ने पीडितहरूको माग छ । पहिरोको पीडा भोगेको लामो समय बितिसक्दा पनि त्रासपूर्ण अवस्थामा बस्नुपरेको भन्दै पीडितहरूले संघ, प्रदेश र स्थानीय तीनै तहका सरकारसँग समन्वय गरी स्थायी समाधान खोज्न आग्रह गरेका छन् । आफ्नो १० जनाको परिवार जस्ताको अस्थाइ कटेराको एउटा कोठामा बस्नु पर्दा साह्रै कठिनाइ भएको पिडित मेहरमान पहरीले बताउनु भयो ।

 

Source link

संबधित खबर

धेरै पढ़िएको

करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत आज दोस्रो चरणका विजेताको छनोट

करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत आज दोस्रो चरणका विजेताको छनोट

बागमती प्रदेशका मुख्यमन्त्री इन्दबहादुर बानियाँको राजीनामा

बागमती प्रदेशका मुख्यमन्त्री इन्दबहादुर बानियाँको राजीनामा

नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

सङ्घीय संसद्का दुवै सदनको बैठक आज

सङ्घीय संसद्का दुवै सदनको बैठक आज

देशभर मनसुनी वायुको प्रभाव, मेघगर्जनसहित चट्याङको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव, मेघगर्जनसहित चट्याङको सम्भावना

बागलुङमा विपद्ः आठ घरमा क्षति, ४० उच्च जोखिममा

बागलुङमा विपद्ः आठ घरमा क्षति, ४० उच्च जोखिममा

नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सुरू गर्दै रास्वपा

नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सुरू गर्दै रास्वपा