जाजरकोेट पहिरोः तीन जनाको मृत्यु, दुई जना बेपत्ता

जाजरकोेट पहिरोः तीन जनाको मृत्यु, दुई जना बेपत्ता

काठमाडौँ- अविरल वर्षापछि भेरी नगरपालिका–२ जाजरकोट रिसाङमा पहिरोमा परी तीन जनाको मृत्यु भएको छ भने अन्य दुई जना हराइरहेका छन् ।

पहिरोमा परी घाइते भएका सोही नगरपालिका–२ साल्धाराका ५२ वर्षीय केदार कार्कीको उपचारको क्रममा मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको छ । बेपत्ता चार जनामध्ये सोही ठाउँकी ५४ वर्षीया उमासिंह खत्री र ८३ वर्षीया रति खत्रीको शव फेला परेको सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता शैलेन्द्र थापाले राससलाई जानकारी दिनुभयो ।

सोही नगरपालिकाको चिसापानीका ७० वर्षीय भमीबहादुर कार्की र गैरीगाउँका  १४ वर्षीय हरिस विकको अवस्था अज्ञात छ ।

उक्त पहिरोमा पुरिएका ६२ वर्षीय रामबहादुर शाही, ४५ वर्षीय सिद्धिबहादुर कामी, ५८ वर्षीया कमला कार्की, २३ वर्षीया अनिता कार्की, १० वर्षीय युनिस शाही, ४५ वर्षीया सुन्तली चदरा र ६१ वर्षीया भद्रकला कार्की घाइते भएका छन् । घाइतेमध्ये रामबहादुर र भद्रकलाको अवस्था गम्भीर छ । उनीहरूलाई उपचारका लागि नेपालगञ्ज र सुर्खेत पठाइएको छ ।

 पहिरोमा बेपत्ता भएकाको खोजी गर्न नेपाली सेनासहित सशस्त्र प्रहरी निरीक्षक कमल कार्कीको नेतृत्वमा विपद् व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली आज बिहानै त्यसतर्फ परिचालन भएका छन् । उक्त पहिरोबाट आठ  घरमा क्षति भएको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

लेखर्कका पहिरोपीडित त्रासमा, स्थायी समाधानका लागि सरकारसँग माग

लेखर्कका पहिरोपीडित त्रासमा, स्थायी समाधानका लागि सरकारसँग माग

जाजरकोेट पहिरोः तीन जनाको मृत्यु, दुई जना बेपत्ता

जाजरकोेट पहिरोः तीन जनाको मृत्यु, दुई जना बेपत्ता

सुरु भयो मिथिलामा झुलनोत्सव – सार्वजनिक सेवा प्रसारण संस्था

सुरु भयो मिथिलामा झुलनोत्सव – सार्वजनिक सेवा प्रसारण संस्था

दाजुभाइको दीर्घायुको कामना गर्दै मनाए रानाथारू महिलाले तिज

दाजुभाइको दीर्घायुको कामना गर्दै मनाए रानाथारू महिलाले तिज

मण्डनदेउपुरमा ‘टिबी स्क्रिनिङ’ अभियानः तीन जनामा पहिचान

मण्डनदेउपुरमा ‘टिबी स्क्रिनिङ’ अभियानः तीन जनामा पहिचान

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

स्वतन्त्रता दिवसको अवसरमा भारतीय दूतावासमा विशेष समारोह

स्वतन्त्रता दिवसको अवसरमा भारतीय दूतावासमा विशेष समारोह