पहिरोमा परी मृत्यु भएका चार जनाको सनाखत, ९ जना अझै बेपत्ता

पहिरोमा परी मृत्यु भएका चार जनाको सनाखत, ९ जना अझै बेपत्ता

रोल्पा- रोल्पाको थवाङ गाउँपालिकाकोटलबारा गाउँमा पहिरोमा परेर मृत्यु भएका चार जनाको सनाखत भएको छ ।

मृत्यु हुनेमा थवाङ गाउँपालिकाका १८ वर्षीया शान्ती पुन मगर, ६० वर्षीय कमलबहादुर पुन मगर, ७५ वर्षीय दलबहादुर पुन मगर र ८० वर्षीया मनखना पुन मगर रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।

यसैगरी, पहिरोमा परेर घाइते भएका थवाङ गाउँपालिका५ का २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय सञ्जय घर्ती मगरलाई थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएको छ ।

प्रहरी निरीक्षक श्रेष्ठका अनुसार पहिरोमा परेर थवाङ गाउँपालिका५ का ३८ वर्षीया जुनकुमारी पुन मगर, नौ वर्षीय अशिम पुन मगर, पाँच वर्षीय अशोक पुन मगर, ८० वर्षीय अजम्बर पुन मगर, ८० वर्षीय बलबहादुर पुन मगर, ६१ वर्षीय लिलबहादुर पुन मगर, ६६ वर्षीया मनी पुन मगर, ८५ वर्षीया हस्तकला रोका मगर र ३४ वर्षीय महेन्द्र घर्ती बेपत्ता छन् । उनीहरुको खोजी कार्य जारी छ ।

बेपत्ताको खोजीमा नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीयवासी खटिएका प्रहरी निरीक्षक श्रेष्ठले बताउनुभयो । थवाङ गाउँपालिकाकोटलबारा गाउँमा बुधबार राति पहिरो गएको हो ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

हुम्लामा काँचाे स्याउ बिक्रीमा राेक, गुलियोपनको परीक्षणपछि मात्र बेच्न पाइने

हुम्लामा काँचाे स्याउ बिक्रीमा राेक, गुलियोपनको परीक्षणपछि मात्र बेच्न पाइने

पहिरोमा परी मृत्यु भएका चार जनाको सनाखत, ९ जना अझै बेपत्ता

पहिरोमा परी मृत्यु भएका चार जनाको सनाखत, ९ जना अझै बेपत्ता

दशौँ राष्ट्रिय खेलकुद आगामी मङ्सिर १६देखि २९ गतेसम्म सुर्खेतमा गर्ने निर्णय

दशौँ राष्ट्रिय खेलकुद आगामी मङ्सिर १६देखि २९ गतेसम्म सुर्खेतमा गर्ने निर्णय

अर्थमन्त्री वाग्ले – सार्वजनिक सेवा प्रसारण संस्था

अर्थमन्त्री वाग्ले – सार्वजनिक सेवा प्रसारण संस्था

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहको राजीनामा

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहको राजीनामा

चीनको आर्थिक रूपान्तरणका सूत्रधार झु रोङ्जीको निधन

चीनको आर्थिक रूपान्तरणका सूत्रधार झु रोङ्जीको निधन

‘उडान परियोजना’ मार्फत ४५ हजार युवालाई निःशुल्क डिजिटल सीप दिइने

‘उडान परियोजना’ मार्फत ४५ हजार युवालाई निःशुल्क डिजिटल सीप दिइने