हुम्लामा काँचाे स्याउ बिक्रीमा राेक, गुलियोपनको परीक्षणपछि मात्र बेच्न पाइने

हुम्लामा काँचाे स्याउ बिक्रीमा राेक, गुलियोपनको परीक्षणपछि मात्र बेच्न पाइने

हुम्ला- यस वर्षबाट हुम्ला जिल्लामा उत्पादन हुँदै  आएकाे स्याउ विक्रीवितरण गर्न सम्बन्धित गाउँपालिकाको कृषि शाखाकाे सिफारिस अनिवार्य चाहिने भएको छ ।

जिल्लामा उत्पादित स्याउ जिल्ला बाहिर निर्यात गर्दा रसयुक्त गुणस्तरीय स्याउकाे निर्यातका लागि भदाै पहिलाे साता भन्दा पछि मात्रै विक्री गर्न पाउने नियम लागू  भएको कृषि विकास कार्यालय हुम्लाले जनाएको छ।

कृषि प्राविधिककाे सल्लाह अनुसार गुलियाेपनाकाे आधारमा पाकेकाे स्याउ निर्यात गर्नुपर्ने कृषि विकास कार्यालय हुम्लाका कार्यालय प्रमुख चुडामणी पन्तले जानकारी दिनुभयो ।

जिल्लाका सबै पालिका, कृषि, उद्यमी र स्याउ व्यापारी सूचना गरिने कृषि विकास कार्यालय हुम्लाका कार्यालय प्रमुख पन्तको भनाइ छ।

स्याउ निर्यातका लागि सिफारिस गर्दा गुलियाेपना प्रमाणिकरणका आधारमा सम्बन्धित पालिका,कृषि विकास शाखाले ताेकेकाे फर्मेटमा सिफारिस गर्नुपर्नेछ ।

काँचाे स्याउ बेचेकाे भेटिएमा स्याउ नियन्त्रण गरिने त्यसका लागि नाकाहरु जस्तै ताजाँकाेट कुवाडी नाका र  चंखेलीकाे दार्मा नाका प्रहरीसँग समन्वय गर्ने व्यवस्था मिलाइएको छ।

व्यावसायिक प्रयोजनका लागि कृषकलाई आवश्यक पर्ने स्याउको कार्टुन कृषकको माग बमोजिम कृषि विकास कार्यालय, हुम्ला वा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यन्वयन एकाई कार्यालय, हुम्लाले उपलब्ध गराउने भएको छ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

हुम्लामा काँचाे स्याउ बिक्रीमा राेक, गुलियोपनको परीक्षणपछि मात्र बेच्न पाइने

हुम्लामा काँचाे स्याउ बिक्रीमा राेक, गुलियोपनको परीक्षणपछि मात्र बेच्न पाइने

पहिरोमा परी मृत्यु भएका चार जनाको सनाखत, ९ जना अझै बेपत्ता

पहिरोमा परी मृत्यु भएका चार जनाको सनाखत, ९ जना अझै बेपत्ता

दशौँ राष्ट्रिय खेलकुद आगामी मङ्सिर १६देखि २९ गतेसम्म सुर्खेतमा गर्ने निर्णय

दशौँ राष्ट्रिय खेलकुद आगामी मङ्सिर १६देखि २९ गतेसम्म सुर्खेतमा गर्ने निर्णय

अर्थमन्त्री वाग्ले – सार्वजनिक सेवा प्रसारण संस्था

अर्थमन्त्री वाग्ले – सार्वजनिक सेवा प्रसारण संस्था

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहको राजीनामा

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहको राजीनामा

चीनको आर्थिक रूपान्तरणका सूत्रधार झु रोङ्जीको निधन

चीनको आर्थिक रूपान्तरणका सूत्रधार झु रोङ्जीको निधन

‘उडान परियोजना’ मार्फत ४५ हजार युवालाई निःशुल्क डिजिटल सीप दिइने

‘उडान परियोजना’ मार्फत ४५ हजार युवालाई निःशुल्क डिजिटल सीप दिइने