प्रश्न उठ्नै नदिने गरी काम गर्न युवाहरुलाई रास्वपा सभापतिको आग्रह

प्रश्न उठ्नै नदिने गरी काम गर्न युवाहरुलाई रास्वपा सभापतिको आग्रह

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान सरकारले आगामी १५-२० वर्षका लागि बलियो ’जग’ खन्ने काम गरिरहेको बताउनुभएको छ ।

अन्तरराष्ट्रिय युवा दिवसका अवसरमा रास्वपाले बुधबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा सभापति लामिछानेले चार महिनाको अवधिमा सरकारले तत्काल देखिने काम नगरेको जस्तो लागे पनि आगामी १५–२० वर्षका लागि बलियो ’जग’ खन्ने काम भइरहेको बताउनुभएको हो ।

उहाँले संसदमा युवाहरूको उल्लेख्य उपस्थिति र ३५/३६ वर्षको उमेरमै युवा प्रधानमन्त्री हुनु नेपालका लागि ठूलो ऐतिहासिक उपलब्धि भएको धारणा राख्नुभयो ।

रास्वपा ’विकल्प खोज्ने’ नभई आफैँ ’विकल्प बन्ने’ र ’निर्विकल्प शक्ति’ बन्ने उद्देश्यका साथ अघि बढेको सभापति लामिछानेको भनाइ थियो ।
युवा नेतृत्वले सफलता हासिल गर्न नसके वा जिम्मेवारीबाट पन्छिए भविष्यमा “अनुभवहीन युवाहरूबाट राजनीति सम्भव छैन“ भन्ने नकारात्मक भाष्य बन्न सक्ने भएकाले गम्भीर बन्न उहाँले आग्रह गर्नुभयो ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

स्रोत नखुलेको ५१ लाखभन्दा बढी नेपाली रुपैयाँसहित सर्लाहीमा एक जना पक्राउ

स्रोत नखुलेको ५१ लाखभन्दा बढी नेपाली रुपैयाँसहित सर्लाहीमा एक जना पक्राउ

कानुन व्यवसायीले व्यावसायिक निष्ठालाई ध्यानमा राखेर काम गर्नुपर्छः प्रधान न्यायाधीश शर्मा

कानुन व्यवसायीले व्यावसायिक निष्ठालाई ध्यानमा राखेर काम गर्नुपर्छः प्रधान न्यायाधीश शर्मा

प्रश्न उठ्नै नदिने गरी काम गर्न युवाहरुलाई रास्वपा सभापतिको आग्रह

प्रश्न उठ्नै नदिने गरी काम गर्न युवाहरुलाई रास्वपा सभापतिको आग्रह

कङ्गोमा इबोला भाइरसबाट मृत्यु हुनेको सङ्ख्या दुई हजार नाघ्यो

कङ्गोमा इबोला भाइरसबाट मृत्यु हुनेको सङ्ख्या दुई हजार नाघ्यो

सांसद अधिकारी – सार्वजनिक सेवा प्रसारण संस्था

सांसद अधिकारी – सार्वजनिक सेवा प्रसारण संस्था

एनटीभी र कृषि सूचना केन्द्रबीच सहकार्य गर्ने सम्झौता

एनटीभी र कृषि सूचना केन्द्रबीच सहकार्य गर्ने सम्झौता

सौराहामा पर्यटक तान्ने नयाँ शैली – सार्वजनिक सेवा प्रसारण संस्था

सौराहामा पर्यटक तान्ने नयाँ शैली – सार्वजनिक सेवा प्रसारण संस्था